- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरवडा अध्यक्षले माफी मागे

वडा अध्यक्षले माफी मागे

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, २७ फागुन ।

कार्यालय सहयोगी कुट्ने घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भिमबहादुर सार्कीले माफी मागेका छन् ।

जिल्ला प्रहरी कार्यालय घोराहीमा सोमबार भएको छलफलमा वडा अध्यक्ष सार्कीले आफ्नो गल्ती स्वीकार गरेपछि वडा अध्यक्ष र कार्यालय सहयोगी पतिराम चौधरीबीचको झगडा मिलेको हो ।

छलफलका क्रममा वडा अध्यक्ष सार्कीले आफू आवेगमा आएर घटना भएको भन्दै आगामी दिनमा त्यस्तो गल्ती नदोहोरिने प्रतिवद्धता जाहेर गरे । जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले दुबै पक्षको छलफलमा वडा अध्यक्षले गल्ती स्वीकार गरेपछि कार्यालय सहयोगी चौधरी मिलापत्र गर्न राजी भएको जानकारी दिए ।

चौधरीमाथि कुटपिट गर्ने वडा अध्यक्ष सार्कीमाथि कारवाहीको माग गर्दै वडा नं. ४ का वडाबासीले सोमबार घोराहीमा प्रदर्शन गरेका थिए । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि उनीहरूले प्रदर्शन गरेका थिए ।

गत शुक्रबार कार्यालय सहयोगी चौधरीले वडा अध्यक्ष सार्कीले आफूमाथि कुटपिट गरेको भन्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए । त्यसमा उनले आफूमाथि कार्यालयमै वडा अध्यक्षले घोक्राएको तथा कुटपिट गरेको भन्दै वडा अध्यक्षलाई कानुनी कारवाहीको माग गरेका थिए । चौधरी उक्त वडामा विगत २५ वर्षदेखि कार्यरत स्थायी कर्मचारी हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here