- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरनदीजन्य पदार्थ अनुगमन गर्न समिति

नदीजन्य पदार्थ अनुगमन गर्न समिति

- Advertisement -spot_img

प्रदेश टुडे
लमही, २७ फागुन ।

लमही नगरपालिकाभित्र उत्खनन् हुने नदीजन्य पदार्थको अनुगमनका लागि समिति गठन गरिएको छ । लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी संयोजक रहेको समिति गठन गरिएको हो ।
जसको सदस्यहरूमा उपप्रमुख देवका बेल्वासे, नेपाल कम्युनिस्ट पार्टीबाट बसन्तराज शर्मा, नेपाली काँग्रेसबाट गिरिजादेवी न्यौपाने, संघीय समाजवादी पार्टीका प्रतिनिधि, नेपाल पत्रकार महासंघका दाङका उपाध्यक्ष लिला शाह, ईलाका प्रशासन कार्यालयका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, डिभिजन वन कार्यालय देउखुरीका प्रतिनिधि, सम्बन्धित वडाका वडा अध्यक्ष, नागरिक समाजसमेत गरी १३ सदस्यीय समिति गठन गरिएको हो ।
राप्ती नदीको तटिय क्षेत्रमा दैनिकजसो ढुंगाजन्य पदार्थ चोरी हुने गरेको भन्दै अनुगमन समिति गठन गरिएको हो । स्थानीयले घर बनाउने प्रयोजनका लागि ल्याउन खोज्दा विभिन्न नीति, नियम र कानुन खोज्ने तर क्रसर ब्यवसायीहरूले मनपर्दी चोरी गर्ने गरेको गुनासो बढेको छ । १२ वटा स्थानबाट नदीजन्य पदार्थ संकलनका लागि टेण्डर भैसकेको
छ । उत्खनन् गर्नलाई अनुमति दिएको स्थानदेखि अन्यत्रबाट उठाउने गरेको स्थानीयको व्यापक गुनासो बढ्न थालेपछि जिल्ला समन्वय समिति र लमही नगरपालिकाले यस्तो पहल थालेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here