- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsडायलासिस गर्न ‘लाइनमा’

डायलासिस गर्न ‘लाइनमा’

- Advertisement -spot_img

सपना बोहरा
घोराही, २६ फागुन ।

‘पालो अझै २४ जनापछि रहेछ, अन्त कतै खाली छ कि बुिझदिनुन’ आइतबार दिउँसो नारायणपुरका प्रविण घर्तीमगरले फोनमा कसैसँग डायलासिसको लागि अनुरोध गर्दै थिए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको पालोको नाम लिष्ट हेरिसकेपछि उनले अरू कोहीलाई सोर्स लगाईरहेका थिए । उनका भाइ किड्नीका बिरामी छन् ।

उनलाई हप्ताको दुईपटक डायलाइसिस गर्नुपर्छ । शुरूमा उनले बुटवलमा किडनीको जाँच गराउँदै आएका घर्ती अहिले राप्ती स्वास्थ्य विज्ञान प्रष्ठिानमा डायलासिस गराउने योजनामा छन् । उनले एक महिनादेखि डायलासिस गराउनको लागि नाम दर्ता गराएका छन्, तर अझै २४ जना डायलाइसिस गराउने बिरामी पछाडीको उनको नाम छ ।

नाम दर्ता गराएको एक महिनाको अवधीमा उनी कहिले कोहलपुर त कहिले बुटवल गएर डायलासिस गराए । उनी एक वर्षदेखि डायलासिस गराउँदै आएका छन् ।

तर आफ्नै ठाउँमा रहेको प्रतिष्ठानमा उनले अझै त्यो सेवा लिन पाएका छैनन् । ‘डायलासिस सेवा लिनको लागि अस्पतालमा नाम दर्ता गराएको महिना दिन बितिसक्यो’ उनले भने ‘अझै २४ जनाको पछि पालो छ ।’

अस्पतालमा भाइलाई डायलासिसको सेवा लिन भनेर जाँदा जहिले कुनै न कुनै बिरामीले सेवा लिइरहेको हुन्छ, त्यस्तो अवस्था केही नभनेर फर्केर आउनुपर्नेको विकल्प हुँदैन्’ उनले भने ।

डायलासिस सेवा लिनकै लागि कहिले कोहलपुर त कहिले बुटवल अनि काठमाडौँसम्म जानुपर्ने बाध्यता भएको उनले बताए ।

किड्नीको उपचार गराउँदा गराउँदै पैसा खर्च भईसकेको हुन्छ, डायलासिस गराउदा निःशुल्क भनिए पनि औषधीको मूल्य निकै नै महंगो पर्छ’ उनले भने– ‘त्यस्तो अवस्थामा जिल्ला बाहिर सेवा लिन जाँदा निकै पीडादायी महशुस हुन्छ ।’

त्यस्तै लमहीकी मनिषा शर्मा यो सेवा लिनको लागि धेरै समय पखर्नु परेको छ । जेठ महिनादेखि डायलासिसको सेवा लिइरहेको उनलाई पनि हप्तामा दुईपटक डायलासिस गराउनुपर्छ ।

त्यो भन्दा पहिले काठमाडौँ, बुटवल र कोहलपुरमा डायलासिसमार्फत उपचार गराएको उनले बताइन् । ‘मेरो नाम दर्ता गराउनुभन्दा पहिला धेरैको नाम थियो’ उनले भनिन् ‘धेरै समय नै पालो पर्खनुप¥यो ।’

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा किड्नीका समस्या भएका बिरामीहरू धेरै नै आउन थालेका छन् । तर सहजरूपमा आफूले चाहेको समयमा भने सेवा लिन पाएका छैनन् ।

किड्नीमा समस्या भएका बिरामीको संख्या बढ्न थालेपछि र मेसिन र जनशक्तिको अभाव हुने गरेको छ । किडनीमा समस्या देखिएका बिरामीहरूको लागि डायलासिस अति महत्वपूर्ण हो ।

अझै पनि अस्पतालमा जनशक्ति र मेसिनको अभाव भएपछि किड्नीका बिरामीहरू नेपालगंज, बुटवललगायत राजधानीसम्म धाउनुपर्ने बाध्यता रहेको छ ।

प्रतिष्ठानमा जम्मा दुईवटा डायलासिस गराउने मेसिन छ, तर त्यो सेवा लिनको लागि अझै २४ जना डायलासिस गराउनुपर्ने बिरामीहरूको लाइनमा रहेको प्रतिष्ठानका डायलासिस फाँटका व्यवस्थापक शेरबहादुर चौधरीले बताए ।

‘एउटा किड्नीको बिरामीलाई डायलासिस गराउन चार घण्टाको समय अवधि लाग्छ’ उनले भने– ‘अस्पतालमा जम्मा दुईवटा मात्रै मेसिन छ, दिनमा छजना बिरामीलाई सेवा दिईरहेका छाँै ।’ त्यसमा इमरजेन्सीका बिरामीहरू पनि आउने गरेको उनले बताए ।

२०७४ साल बैशाख ११ गतेदेखि प्रतिष्ठानमा किड्नीको बिरामीहरूको लागि डायलासिस सेवा सञ्चालनमा आएको थियो । एक वर्षको अवधिमा ५७ जनाले सेवा लिएको उनले बताए ।

त्यसमा पनि सेवा लिनेमा पुरूषको संख्या बढी छ । स्वास्थ्य मन्त्रालयले अस्पतालमा दुईवटा मेसिनमात्रै दिएको र त्यसमा आवश्यक पर्ने जनशक्ति अस्पतालको आन्तरिक स्रोतमार्फत सेवा दिईरहेको प्रतिष्ठानले जनाएको छ  ।

किड्नीले काम गर्न नसक्ने अवस्था भएपछि डायलासिसको माध्यमबाट उपचार गरिने उनले बताए । सरकारले डायलासिसको निःशुल्क सेवा दिने घोषणासमेत गरेको छ । प्रेसर, सुगरका बिरामीहरूमा किड्नीको समस्या देखिने उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here