- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरप्रदेशको नामाकरणगर्न माग

प्रदेशको नामाकरणगर्न माग

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, २६ फागुन ।

दाङका आदिवासी जनजातीहरुले जातीय पहिचानका आधारमा प्रदेशको नामाकरण गर्न माग गरेका छन् ।

नेपाल मगर संघ दाङले दाङको आइतबार घोराहीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागी वक्ताहरुले प्रदेशमा मगर तथा थारुको बसोबास धेरै रहेको भन्दै उनीहरुले थारु र मगरको पहिचानलाई अस्तित्वमा राख्दै नामाकरण गर्न माग गरेका हुन् ।

थारु कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष भुवन चौधरीले जातीय पहिचान र सिमांकनसहित पहिचानका आधारमा राजधानी र प्रदेशको नामाकरण हुनुपर्ने माग राखे ।

नेपाल लोकतान्त्रिक मगर राष्ट्रिय मुक्ति मोर्चाका प्रदेश सहइञ्चार्ज भिमकुमारी बाठा मगरले बिगतदेखि मगरात क्षेत्रको आन्दोलनमा सरिक रहेको स्मरण गर्दै सरकारले माग पूरा गर्नुपर्ने बताइन् । कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य दरजित रोका मगरले विभिन्न माग राख्दै संघले आन्दोलनका कार्यक्रम जारी राखेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here