- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरसल्यान महोत्सवको बचत रकम अक्षयकोषमा

सल्यान महोत्सवको बचत रकम अक्षयकोषमा

- Advertisement -spot_img

आशिष के.सी.
सल्यान, २५ फागुन ।

गत माघ २९ देखि फागुन १३ गतेसम्म सञ्चालन भएको सल्यानमा प्रादेशिक महोत्सवको आयव्यय सार्वजनिक भएको छ । सल्यान उद्योग वाणिज्य संघको आयोजनामा भएको भएको महोत्सवको शनिबार आयव्यय सार्वजनिक भएको हो ।

महोत्सव मुल आयोजक समितिका संयोजक एवं सल्यान उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष वीरबहादुर चलाउनेले प्रस्तुत गरेको आयव्ययमा ५६ लाख ६६ हजार आम्दानी भएको देखिएको छ । उनका अनुसार महोत्सवमा करिब ५४ लाख खर्च भएको छ ।

३ देखि ४ लाख रूपैयाँ सहयोगी दाताबाट आउने अपेक्षा गरिएको अध्यक्ष चलाउनेले जानकारी दिए । सहयोगी दाताबाट आएमा महोत्सवमा करिब ६ लाख बचत हुने भएको छ ।

महोत्सवमा सबैभन्दा बढी साँस्कृतिक कार्यक्रममा खर्च भएको छ भने सबैभन्दा कम खानेपानी व्यवस्थापनमा भएको प्रस्तुत आयव्ययमा उल्लेख छ । साँस्कृतिक कार्यक्रममा १७ लाख खर्च भएको छ भने सबैभन्दा कम खानेपानी व्यवस्थापनमा ८ हजार खर्च भएको छ ।

११ दिनसम्म सल्यानको श्रीनगरमा चलेको महोत्सवमा विभिन्न औद्योगिक वस्तुहरूसँगै कृषिजन्य सामाग्रीहरूको दुई सय स्टलहरू रहेका थिए ।

महोत्सवमा ३ करोडभन्दा बढीको आर्थिक कारोबार भएको र महोत्सवमा ८५ हजार भन्दा बढी दर्शकहरूले अवलोकन गरेको वाणिज्य संघ सल्यानका वरिष्ठ उपाध्यक्ष कुमार बुढाथोकीले जानकारी दिए ।

महोत्सवमा आम्दानी भएको रकम संघले स्थापना गर्ने अक्षयकोषमा राखिने र त्यो रकम सामाजिक कार्यमा खर्चिने वाणिज्य संघ सल्यानका निवर्तमान अध्यक्ष सुधन श्रेष्ठले बताए ।

महोत्सवबाट सल्यानको घरेलु औद्योगिक प्रवद्र्धनसँगै, ब्यापारीहरू हकहितको लागि काम गर्ने र पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धन, प्रचारप्रसार महत्वपूर्ण भूमिका रहेको वाणिज्य संघ सल्यानका महासचिव भरत बस्नेतले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here