- Advertisement -spot_img
Friday, June 18, 2021
Homeमुख्य खबरसिमेन्ट उद्योग कामदारको स्वास्थ्य जाँच

सिमेन्ट उद्योग कामदारको स्वास्थ्य जाँच

- Advertisement -spot_img

प्रदेश टुडे

घोराही, २६ फागुन ।

कोरोना भाईसरबाट बच्ने उपायका विषयमा चौतर्फि सजकता अपनाईएको छ । नेपाल–भारत नाका क्षेत्र कोइलाबासमा स्वास्थ्य जाँच गर्ने स्थल खडा गरिएको छ भने विभिन्न औद्योगिक प्रतिष्ठानहरूमा पनि नियमित स्वास्थ्य जाँच गर्ने क्रम बढेको छ ।

यसैक्रममा घोराही सिमेन्ट उद्योग प्रालिले कामदार र आगन्तुक जो कोहीको स्वास्थ्य जाँच गर्न सुरू गरेको छ ।

उद्योगले चारजना स्वास्थ्यकर्मीहरू खटाएर कामदारसहित काम लिएर उद्योगमा प्रवेश गर्नेहरूको ज्वरो नाप्नुका साथै स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिने र परामर्श दिने गरेको छ ।

स्वास्थ्यकर्मीहरू सुदर्शन आचार्य, जीवलाल ज्ञवाली, नारायण आचार्य र प्रह्लाद अधिकारीले उद्योगका कामदारसँगै उद्योगमा प्रवेश गर्ने जो कोहीको नियमित स्वास्थ्य जाँच र परामर्श दिने गर्दै आएको जनसम्पर्क अधिकृत अमर सुवेदीले जानकारी दिए ।

उच्च ज्वरोसहित रूघाखोकी मुख्य लक्षण हुने भन्दै स्वास्थ्यकर्मीहरूले सरसफाईमा ध्यान दिदै साबुन पानीले हात धुने, अनिवार्य रूपमा मास्क लगाउने, खाने वस्तुहरू राम्रोसँग पकाएर खाने, नियमित तातो पानी पिउने,

खोक्दा वा हाँछ्यु गर्दा मुख छोप्ने र स्वास्थ्यकर्मीहरूसँग निरन्तर स्वास्थ्य जाँच गराई राख्नुपर्ने सुझावहरू दिएका छन् । घोराही सिमेन्ट उद्योगले उद्योग आसपासका स्थानीयहरूको समेत स्वास्थ्य जाँच गर्दै आएको जनाएको छ ।

यसैबीच कोइलावास नाकाबाट आठजना भारतीय नागरिकलाई फिर्ता गरिएको छ । भारतबाट नेपाल आउने क्रममा स्वास्थ्य जाँच गर्दा आठजना नागरिकलाई फिर्ता गरिएको हो ।

स्थलमार्ग हुँदै कोरोना भाइरसको संक्रमण फैलन नदिन भन्दै कोइलाबास नाकाक्षेत्रमा स्थापना गरिएको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गर्दा आठजनामा ज्वरो देखिएपछि फिर्ता पठाइएको हो । हेल्थ डेस्कमा तीन दिनको अवधिमा ५ सय ८४ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।

स्वास्थ्य जाँच गर्ने क्रममा पहिलो दिन एकजनामा, दोस्रो दिन तीनजना र तेस्रो दिन चारजनामा ज्वरोको मात्रा बढी भएपछि नाकाक्षेत्रबाटै फिर्ता गरिएको गढवा गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख कैलाश चौधरीले जानकारी दिए ।

कोइलाबास नाकामा बिहीबार स्वास्थ्य कार्यालय, गढवा गाउँपालिका र कोइलाबास स्वास्थ्य चौकीको संयुक्त प्रयासमा हेल्थ डेस्क स्थापना गरिएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here