- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsश्रमको मूल्य कानुनमै सीमित

श्रमको मूल्य कानुनमै सीमित

- Advertisement -spot_img

जीतसागर जी.एम.
अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस …
दाङ, २५ फागुन ।

 

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का सरीता चौधरी श्रीमानसँगै घर बनाउने काम गर्छिन् ।

दैनिक तीन सयबाट शुरूवात गरेकी सरीताले अहिले दैनिक पाँच सयसम्म कमाउने गरेकी छन् । घरको जिम्मेवारीसँगै दैनिक मजदुरी गरिरहेकी सरीतालाई श्रीमानजस्तो काम गर्न सजिलो छैन् ।


साँझ, बिहान घरको काम र दिउँसोमा घर बनाउने काममा ज्याला मजदुरी गर्दै आएकी सरीता आफूले पाउँदै आएको पारिश्रमिकमा पनि सन्तोष छैनन् ।

‘दैनिक रूपमा पाउने पारिश्रमिक पहिलेको तुलनामा बढेको त छ, तर श्रमअनुसारको अझै पनि अपुग छ’ उनले भनिन्– ‘आफूजस्तै काम गर्ने पुरूषले छसय भन्दा बढी पाउँछन्,

तर मैले पाँच सयमा सीमित हुनुपरेको छ ।’ उनले समान कामको समान ज्याला पाउने कुरा आफूले सुनेको तर व्यवहारमा लागू नभएको बताइन् ।

‘महिला भएकै कारण एक सय रूपैँया कम काम पाउने गरेको छु’ उनले भनिन्– ‘महिलाले पुरूषसरह काम गर्न सक्दैनन् भन्ने परम्परावादी सोंच कायमै छ ।’

यस्तै तुलसीपुरकै कैलाशपति चौधरी पनि जीवन चलाउन दैनिक ज्यालादारी गर्दै आएकी छन् । उनलाई पनि पुरूषलाई जस्तो सहज छैन् ।

उनले पनि घरको कामसँगै दैनिकी मजदुरी गर्ने गरेकी छन् । उनलाई पनि कामभन्दा पनि आफूले पाउने ज्यालामा दुःख लाग्ने गरेको छ । ‘काम गर्न गाह्रो होइन, हामी पनि पुरूषसरह काम गर्दै आएका छौँ तर पनि समान कामको समान ज्याला पाउन सकिरहेका छैनौँ’ उनले भनिन्– ‘महिलाका बारेमा कानुनमा धेरै कुरा छन् रे !

तर खै व्यवहारिक रूपमा पाउन सकेनौँ ।’ सरीता र कैलाशपतिजस्तै अहिले पनि धेरै महिला श्रमिकले समान कामको समान ज्याला पाउन सकिरहेका छैनन् । नेपालको संविधानमा लिंगका आधारमा परिश्रमिकमा विभेद गर्न नहुने उल्लेख भएपनि अझै पनि अधिकांश महिला श्रमिकको ज्यालामा विभेद हुने गरेको छ ।
महिलाहरूले पुरूषसरह दिनभरी बराबरी काम गर्दै आएता पनि पुरूषसरह पारिश्रमिक पाउन सकिरहेका छैनन् । समान काम गर्दा पनि महिला र पुरूषलाई दिइने ज्यालामा निकै अन्तर हुने गरेको छ । महिलाले पनि पुरूष बराबर काम गर्न सक्छन्,

तर महिलालाई भने पुरूषले जति काम गर्न सक्दैनन् भनेर पुरूषको तुलनामा महिलालाई दिने पारिश्रमिक थोरै छ । महिला श्रमिकले लामो समयदेखि भाग्दै आएको समस्या समाधानमा सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने महिला अधिकारकर्मी शुष्मा गिरीले बताइन् ।

‘समान कामको समान ज्याला नहुनु नै लैंङ्गिक विभेद हो’ उनले भनिन्– ‘महिला श्रमिकको कारण धेरै विकास निर्माणका काम अघि बढेका छन्, तर उनीहरूको ज्यालामा सम्बन्धित व्यक्ति, सरकार जिम्मेवार बन्न सकिरहेका छैनन् ।’

नेपालमा २०६८ को राष्ट्रिय जनगणा अनुसार महिलाको संख्या ५१.५५ प्रतिशत छ भने पुरूषको संख्या ४८.५५ रहेको छ ।

जनगणनालाई आधार मानेर हेर्दा आधाभन्दा बढी संख्यामा महिलाको संख्या रहेको छ । विद्यमान अवस्थामा नेपालको श्रम बजारमा केवल २५ प्रतिशत मात्र महिला श्रमिक रहेको कुरा तथ्याङ्कबाट देखिन्छ ।

पुराना पुस्ताका पुराना सोंच र नयाँ पुस्ताले अवलम्बन गर्न नसकेको परिवर्तनका कारण महिलाहरूलाई समाजले हेर्ने दृष्टिकोणमा अझै परिवर्तन नआएको महिला नेतृ गोमा रावत बताउँछिन् ।

‘श्रम बजारमा महिला श्रमिकका समस्या र चुनौतीहरू विद्यमान रहेको पाइन्छ’ उनले भनिन् ‘विभिन्न संघसंस्था तथा ट्रेड युनियनहरूबाट भैरहेको अथक प्रयासका बाबजुद पनि कतिपय कार्य क्षेत्रमा महिला र पुरूष श्रमिकबीच धेरै कुराहरूमा असमानता रहेको छ, त्यसमा पनि असंगठित क्षेत्रका महिला श्रमिक बढी प्रताडित हुने गरेका छन् ।’

बढ्दो निजीकरण र उदारीकरणको कारण कार्य क्षेत्रमा महिला श्रमिकहरूलाई काम गर्न अत्यन्तै जटिल र चुनौतीपूर्ण वातावरण कायमै रहेको उनको भनाई छ । स्वास्थ्य, शिक्षा, पानीजस्ता अत्यावश्यक क्षेत्रमा निजीकरण भैदिँदा कामदारहरू बढी मर्कामा पर्ने गरेका छन् ।

लामो समयदेखिको अथक प्रयास, बदलिदो परिवेश र वर्तमान परिस्थितिमा नेपालको संविधान, श्रम ऐन,

सामाजिक सुरक्षा ऐनहरूमा महिलाका निम्ति धेरै अधिकारहरू सुनिश्चित गरेको भएता पनि कार्यस्थलमा हुने श्रमिक महिलाहरूको समस्या पूर्णरूपले समाधान हुन नसकेको नेकपा नेतृ मिना गुरूङले बताइन् ।

‘महिलाको अधिकार सुनिश्चिताका लागि राज्य गम्भीर बन्नुपर्छ’ उनले भनिन्–‘स्वयम् महिला पनि संगठित भएर अघि बढ्न जरूरी छ ।’

महिला श्रमिकले विभिन्न समस्याको सामना गर्नुपरिरहेको छ । समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसक्नु, घरको कामको मूल्य नहुनु, घरको काम र बाहिरको कामको जिम्मेवारी हुनु,

युनियनभित्र पनि पुरूष पदाधिकारी र महिलाबीच असमानता हुनु, नेतृत्व विकासका लागि भएका प्रयासहरू अपर्याप्त, संगठित हुन नसक्नु, ज्यालामा विभेद, ज्याला समयमा नदिनु लगायतका समस्या महिलाले भोग्नुपरिरहेको छ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here