- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरविकास र सेवा प्रभावकारितामा जोड

विकास र सेवा प्रभावकारितामा जोड

- Advertisement -spot_img

प्रदेश टुडे
गढवा गापाको सार्वजनिक सुुनुुवाई…
गढवा २५ फागुन ।

गढवा गाउँपालिकाले चालु आर्थिक वर्षमा गरेका विकास निर्माणका कार्यहरू तथा सेवा प्रवाहको प्रभावकारिताका विषयमा शुक्रबार सार्वजनिक सुनुवाई गरेको छ ।

कार्यक्रममा सहभागी सरोकारवालाले विकास निर्माणका गतिविधि र सेवा प्रवाहमा थप प्रभावकारिता दिन सुझाव दिएका छन् ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालबहादुुर योगीले गाउँपालिकामा भएका कामहरूको गतिविधि र सेवा प्रवाहका बारेमा जानकारी गराए ।

उनले गढवा गाउँपालिकामा वडास्तरका विकास योजनाहरूको ९० प्रतिशत प्राविधिक स्टिमेट भइसकेको र ३० प्रतिशतको हाराहारीमा योजना भएको बताए ।

पालिकास्तरका विकास योजनाहरूमध्ये ९० प्रतिशत प्राविधिक स्टिमेट भई १५ प्रतिशत कार्यसम्पन्न भएका र बाँकी योजनाहरूका काम तदारूकताका साथ कार्यान्वयको चरणमा रहेको उनले बताए ।

नदीजन्य पदार्थको आठवटाको टेण्डर भएकोमा चारवटाको टेण्डर स्विकृती भएको, उठैया खजरौटा हँुदै कक्रहवा जोड्ने सडकमा प्रदेश सरकारको एक करोड बजेटबाट काम भैरहेको, जुुरौनी चिसापानी धानखोला सडक र बुुद्धज्योतिको बनकट्टी चोकदेखि थानदेउखुुरी आटीपाकर धर्मपुुर हँुदै राप्ती नदी जोड्ने सडक प्रदेश सरकारको बहुबर्षिय कार्यक्रम अन्तर्गत काम सुुरू भएको जानकारी गराइएको थियो ।

मावि पचहियाको आठकोठे भवन ६४ लाखको लागतमा निर्माण कार्य सुुरू भएको, चार करोड ७५ लाखको लागतमा गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको, विपद ब्यवस्थापनअन्तर्गत गाउँपालिकाले दमकल खरिद गरेको,

एक करोडको लागतमा गढवामा सर्पदंश उपचार केन्द्र र सुरक्षा निकाय बस्ने ट्रष्ट निर्माण भैरहेको, गढवा स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टर र ल्याव व्यवस्थापन गरिएको उनले बताए ।

त्यसैगरी मुुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमबाट पञ्चेबाजा खरिद तथा बजाउने तालिम, लोकसेवा आयोगको निःशुुल्क तयारी कक्षा सञ्चालन गरिएको, कोइलाबासमा आँखा अस्पताल र भ्यूटावर निर्माण गर्न टेण्डर प्रकृया भई काम अगाडि बढेको,

डम्पिङ साइटमा फोहर व्यवस्थापनमा नियमितता दिइएको, गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरणका लागि गणकहरू खटाइएको र रोजगार सूचना केन्द्रमार्फत सूचिकृत बेरोजगारहरूलाई वास योजना तयार गर्न वडाहरूमा गणकको रूपमा परिचालन गरिएको उनले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाको सेवाप्रवाह र विकास निर्माणका गतिविधिलाई थप प्रभावकारी बनाउन नियमन र अनुुगमनको पाटोलाई व्यवस्थित गर्नुपर्ने,

लमही कोइलाबास सडकको भाडादर घटाउन पहल गर्नुपर्ने, गढवा बजारका भौतिक संरचना हटाएर बजार कुुरूप हुुनबाट बचाउनुुपर्ने, स्वास्थ्य चौकीमा औषधी अभाव पूरा गर्नुपर्ने, छाडा पशु चौपायाको समस्या हल गर्न गौशालालाई थप ब्यवस्थापन गर्नुपर्ने, ऐलानी तथा सार्वजनिक जग्गा संरक्षणमा ध्यान दिनुपर्ने सरोकारवालाले सुझाव दिए ।

उनीहरूले किसानहरूलाई बजार मूल्यभन्दा सस्तोमा बीउबिजनहरू उपलब्ध गराइनुुपर्ने, वन वातावरण र जलीय जैविक विविधता संरक्षण एवं भाषा साहित्य र कला, संस्कृतिको संरक्षणका कार्यक्रमलाई बजेट विनियोजन गरिनुपर्ने र सेवा प्रवाहलाई प्रभावकारी बनाउन गाउँपालिकामा हेल्पडेस्क राख्नुुपर्ने जस्ता सुुझावहरू दिएका छन् ।

गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरीको स्वागत मन्तब्यबाट सुरू भएको सार्वजनिक सुनुवाईको कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाह, प्रदेश ५ का पार्षद शिवराज पन्थी र रेडियो साझा आवाजका स्टेशन म्यानेजर दुुखहरण यादवले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here