- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरलैङ्गिक समानतामा चुनौती

लैङ्गिक समानतामा चुनौती

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, २५ फागुन ।

लैङ्गिक समानताका लागि सामाजिक सचेतिकरण र कानुन कार्यान्वयन नै प्रमुख विषय भएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् ।

घोराही उपमहानगरपालिका कानुनी मामिला शाखाले शनिबार लैङ्गिक हिंसा न्यूनीकरण र कानुन कार्यान्वयनसम्बन्धी राजनीतिक दल पत्रकार तथा सरोकारवालाबीच गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले सचेतिकरण र कानुन कार्यान्वयमा जोड दिएका हुन् ।

पीडितहरू न्यायका लागि कानुनी निकायसम्म पुग्ने गरेको भएपनि कानुन कार्यान्वयनमा अझै सुधार आउन नसकेको उनीहरूको भनाई छ ।

लैङ्गिक समाताका लागि भएका नीति कार्यान्वयनमा सरोकारवाला निकाय सबै लागि परेपनि हिंसा न्यूनीकरण हुन नसकेको सहभागीको जोड छ ।

इन्सेकका प्रतिनिधि जेएन सागरले चालु वर्षमा विभिन्नखाले ६२ वटा महिला हिंसामा घटनाहरू भएको जानकारी दिए । प्रतिवेदन अनुसार घोराही उपमहनगर–पालिकामा बलात्कार २५, कुटपिट तथा अवहेलना २७, भ्रूण हत्या २, बालविवाह २, आत्महत्या दुरूत्सान २ वटा घटनाहरू रहेको छ । घटनाहरू बाहिर आउनेक्रम रहेपनि घटनाहरू कानुनी निकायसम्म पुग्दा पीडितहरू विभिन्न प्रलोभन तथा डरमा परि घटनाहरू हराउने गरेको उनले बताए ।

उनले विभिन्न पक्षबाट पीडितलाई आर्थिक प्रलोभनमा पार्ने र पीडितले बयान फेर्दा कानुन नै निष्कृय हुने अवस्था आउने गरेको बताए  ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भएका नीति कार्यान्वयन नहँुदा महिलामाथि हुने हिंसाका घटनामा कमी आउन नसकेको बताए ।

उनले नीति कार्यान्वयनसँगै सचेतकीरणलाई बढाउनुपर्ने बताए । जिल्ला प्रहरी कार्यालय दाङका, प्रहरी प्रमुख जनक भट्टराईले लैङ्गिक समानता कायम घरबाटै सुरूवात गर्नुपर्ने बताए ।

घोराही उपमहनगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख मोतीकुमारी विश्वकर्माले २०२२ सम्ममा घोराही उपमहानगर–पालिकालाई लैङ्गिक हिंसा नियन्त्रित उपमहनगर बनाउने उद्देश्यका साथ काम भइरहेको बताईन् ।

त्यसैगरी, सक्षम महिला समूहका अध्यक्ष रचना सुवेदीले न्याय महंगो र पक्षपाती देखिएको गुनासो गरिन् ।

पीडितहरू आर्थिक अवस्थामा कमजोर रहने र निवेदन लेखाउन नै निकै धेरै रकम लाग्ने हुँदा समस्यामा पर्ने गरेको बताइन् । उनले महिलाहरूको आर्थिक अवस्था बलियो बनाउन राज्यले रोजगारी सिर्जना गर्नुपर्ने बताईन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेतृ मेनका पोख्रेल, नेपाली काँग्रेसका सावित्रा राना, महिला अधिकारकर्मी हुमा डिसी, इन्सेका विनोद केसी, ओरेकका जिल्ला संयोजक ईश्वरी थापा लगायकाले न्यायमा निष्पक्षता र प्रभावकारी हुनुपर्ने भन्दै कानुन कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

घोराही उपमहनगर–पालिकाका न्यायीक समिति संयोजक सीता सिग्देल न्यौपानेले नगरले महिलाहरूका लागि विभिन्न कार्यक्रम अघि सारेको बताइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here