- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरअन्तर्राष्ट्रिय महिला दिवस

अन्तर्राष्ट्रिय महिला दिवस

- Advertisement -spot_img

नेपालमा मनाइने हरेक दिवस दिवसमा मात्रै सीमित छन् । दिवसको अवसरमा ठूला भाषण गर्नेहरूले पनि दिवस सकिएपछि आफैले बोलेका कुराहरू बिर्सने गर्दछन् ।

अन्तर्राष्ट्रिय महिला दिवसले पनि तिनै कुरा सम्झाउँछ । अझै पनि दिनँहुजसो पत्रपत्रिका, टिभी या रेडियोका समाचारहरूमा महिलामाथिको हिंसाका खबरहरू तारन्तार आउने गर्दछ । फलाना ठाउँमा दाइजो नल्याएको झोँकमा यसो भयो रे ? बोक्सीको आरोपमा यसो गरियो रे अनि बालिकामाथि जबरजस्ती यसो गरियो भन्ने समाचारहरूले मुटु चिर्दछ ।

नेपालमात्र नभई संसारका धेरै विकसित देशहरूमा पनि महिला हिंसा र असमानताका ध्वनीहरू सुनिन्छ । महिला विरूद्धको हिंसा नितान्त रूपमा मानव अधिकारको हनन् हो, हामी सबै यसप्रति सजग रहन जरूरी छ ।

महिलाविरूद्धको हिंसा लैङ्गिक असमानताको उपज पनि हो र यसका विरूद्धमा कानुनहरूले सम्वोधन पनि नगरेका होइनन् तथापि यो विकसित संसारमा अझैपनि कुनै न कुनै अवयवका रूपमा महिला हिंसा र लैङ्गिक असमानता कायमै छ ।

आजको दिनले महिलाविरूद्धको हिंसाका विरूद्ध समग्र विश्व समुदाय भेला भएर ऐक्यवद्धता जनाउने गर्दछ । इतिहास साक्षी छ कि जुन समुदायमा महिला र पुरूषका बीचमा समान व्यवहार छ र मिलेर घर व्यवहारमा हातेमालो गरिएको छ भने त्यो परिवार,

त्यो समुदाय विकासका पूर्वाधार र जागरणका अभ्यासहरूमा सदैव अगाडि रहने गर्दछ । एउटी आमालाई शिक्षा दिनु सम्पूर्ण परिवारलाई नै शिक्षा दिनु हो भनेर महिला शिक्षा,

प्रौढ शिक्षा अनि विभिन्न अनौपचारिक शिक्षामार्फत् महिलाहरूलाई साक्षर र जागरूक बनाइने कार्यक्रमहरू जनस्तरमा सरकारी र गैरसरकारी माध्यमबाट चलायमान छन् । शान्ति, सुरक्षा र सम्भावनाका लागि लैङ्गिक समानता अपरिहार्य छ ।

वैदिक सनातन हिन्दू अनि हाम्रो वैदिक परम्पराको व्यवहारिक नियममा हाम्रो समाज, अझ भनौ सिन्धु नदीको तटमा भएको यो शालिन सभ्यताले महिला पुरूष दुबैलाई समानता र आदर दिएको ईतिहासका पानाहरू साक्षी छन् । पूजिने देवीहरू,

लक्ष्मीको पर्यायकारूपमा छोरी अनि बुहारीलाई मान्ने चलन, हरेक पूजा या यज्ञहरूमा आवश्यक पर्ने पञ्चकन्याहरू अनि कुमारी अर्थात् जीवित देवीको चलन, यी सबै महिलाप्रतिको सम्मान र आदरका संस्कारहरू हुन् ।

हाम्रो समाजमा पनि छोरा र छोरीका बीचमा धेरै भेदभाव गरिन्छ, यो छोराले गर्ने काम, छोरा भनेको आँटी हुनपर्छ अनि छोरी पराईको घर जाने जात, छोरी भएर पनि बोल्ने बानी नराम्रो आदिजस्ता हाम्रो आफ्नै व्यवहार अनि भनाइहरू नै महिलाविरूद्धको हिंसाको प्रारम्भ हुने कारण हो, जुन हाम्रो मस्तिष्कमा जरा गाडेर बसेको छ ।

छोरी होस् या छोरा समाज, परिवार अनि राष्ट्रले समान ब्यवहार नगरेसम्म महिला हिंसाविरूद्धको अभियान सफल हुनेवाला छैन । महिला हिंसाका कथाहरू अनि ब्यथाहरू धेरैजसो गुपचुप अनि अभिब्यक्त नै नभएर हराउँदछन् ।

खासगरी नेपाल सरकारले महिला पुरूष कानुनतः समान र सक्षम छन्, तपाईमाथि कुनैपनि प्रकारका हिंसा भएका छन् भने सम्बन्धित निकायमा खबर गरेर न्याय पाउन सक्नुहुनेछ ।

हिंसालाई सहनु अथवा भोगेर केहि नबोल्नु भनेको हिसालाई प्रश्रय दिनु नै हो जुन राम्रो कदापी हुन सक्दैन । महिला हिंसा भन्ने वित्तिकै हामी हिंसक पुरूषलाई देख्छौँ तर महिला हिंसामा महिलाहरूकै भूमीका पनि उत्तिकै रहन्छ,

बुहारी तहलाउने सासुदेखि भाउजु तहलाउने नन्दसम्म, छोरी तहलाउने आमादेखि छात्रा तहलाउने शिक्षिकासम्म अझै हाम्रो समाजमा छ्यापछ्याप्ती पाईन्छन् । महिलाहरू स्वयम् पनि महिला हिंसाविरूद्ध सजग रहन जरूरी छ है ।

नेपालमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदा योगमाया न्यौपानेलाई सम्झनै पर्ने हुन्छ । योगमायाले सुरू गरेको महिला अधिकारवादी संघर्ष अहिले पनि अन्त्य भएको छैन ।

योगमायाको जन्म विक्रम सम्वत् १९१७ सालमा भोजपुरको दिङ्लामा भएको थियो । नेपालको इतिहासमा समाज सुधारक, शान्ति र अहिंसाकी प्रतिमूर्ति योगमायाले सुशासन र सत्यका पक्षमा आवाज उठाएर गरेको सामाजिक रूपान्तरणको उच्च मूल्याङ्कन गर्नैपर्ने हुन्छ ।

नेपालमा महिला अधिकारका बारेमा आवाज उठाउने उहाँनै पहिलो महिला हुनुहुन्छ । योगमायाले बालविवाह, बहुविवाह र सति प्रथाको अन्त्य, विधवा विवाहलाई मान्यता दिएर प्रोत्साहन र महिलाहरूमा शोषणको अन्त्यका लागि सामाजिक सुधारका पक्षमा विद्रोह गरेकी थिइन ।

राणा शासनको समय त्यसबेलाको त्यो सत्य घटना आज एकादेशको दन्त्य कथाजस्तो लाग्न सक्छ । समाजको कठोर शासनप्रति बिद्रोहको चरम स्वर निकाल्ने क्रममा उनले विक्रम सम्वत् १९९८ असार २२ गते हरिशयनि एकादशीको दिन ६८ जना भक्तहरूका साथ अरूण नदीमा जलसमाधि लिएकी थिइन् ।

महिलाहरूले लामो समयदेखि परिवर्तनको लागि राजनीतिक संघर्ष गरेका छन् । तर पनि आजसम्म नेपालमा महिला उत्पीडिन भयावह अवस्थामै रहेको छ । महिला र पुरूष बराबरी भनिए पनि धेरै प्रकारका भेद्भाव र असमानताहरू कायमै छन् ।

महिलालाई घर, टोल, समाज हुँदै राज्यतहमै महिलालाई दोस्रो दर्जाको रूपमा हेर्ने काम भइरहेको छ । उनीहरू बलात्कार र घरेलु हिंसाका सिकार भइरहेका छन् ।

घाँस, दाउरा र चुल्हो–चौकामा सीमित गरिनुका साथै महिलाहरू अपमानित ढंगले थिचोमिचो गरिएको गुनासो हटेको छैन । महिलाहरूमाथि असमानता मात्र होइन, सामाजिक असुरक्षा पनि उस्तै छ ।

आज पनि महिलाहरूमाथि बलात्कारका घट्नाहरू दिनप्रतिदिन बढिरहेका छन् । महिलालाई बोक्सीको आरोमा दुब्र्यवहार गर्ने कामहरू पनि भइ नै रहेका छन् ।

अहिलेसम्म बनेका ऐन कानुनको प्रभावकारी कार्यान्वयन भएको छैन । जुन कारणले विभेद अन्त्य हुन सकेको छैन । महिलाको काम तथा श्रमको कदर नगर्ने परम्परागत सोच र अभ्यासकै कारण घरभित्र, सार्वजनिक क्षेत्र र वैदेशिक रोजगारको क्रममा विभिन्न प्रकारका शोषण र भेदभाव खेप्नुपरेको छ ।

श्रम, स्रोत साधन र भूमिमाथि महिलाको पहुँच र नियन्त्रण हुन सकेको छैन । विशेषगरी भूमिहीन किसान, सुकुम्बासी तथा विपन्न र सीमान्तकृत समुदायका महिलाको भूमिमाथि अधिकारको सुनिश्चितता भएको छैन ।

नेपाली समाजमा महिलामाथि हुने विभेद हिंसा नयाँ कुरा होइन । यस्ता घटना पहिले पनि नघटेका होइनन् तर अहिले सञ्चार क्षेत्रको विकास, महिलामा बढेको चेतना, राजनीतिक परिर्वतन र भूमण्डलीकरण आदि कारणले यस्ता घटना सार्वजनिक भइरहेका छन् ।

यसको कारण महिलामाथि हुने हिंसा हाम्रो नेपाली समाजको धर्म, संस्कृति र परम्पराबीचको सम्बन्ध रहेको पाइन्छ ।

महिला हिंसाका घटनामा वृद्धि हुनुका पछाडि नग्नता र अश्लीलताका कारण पनि हाल भइरहेको जघन्य खालका महिला हिंसाका घटना घटिरहेका छन् । इन्टरनेट, साइबर, फेसबुकको विकास र त्यसप्रति बढ्दै गइरहेको नेपाली समाजको पहुँच पनि महिला हिंसा बलात्कारका लागि जिम्मेवार रहेका छन् ।

नेपाली महिला त्यसमा पनि विशेषगरी युवा पुस्ताको लवाइमा बढदै गएको उच्छृङ्खलता, उत्ताउलोपन, नग्नता र अंग प्रदर्शन गर्ने प्रतिस्पर्धाका कारण पनि महिलामाथि हुने हिंसा र यौन दुव्र्यवहार बढ्दै गएको मानिन्छ ।


 

कम्लहरी, देवकी, छाउपडी, बहुविवाह, दाइजो प्रथा, छोराछोरीबीचको भेदभाव, कुमारी प्रथा, बोक्सीलगायत अन्य अन्धविश्वास, कुरीति र कुसंस्कारको आधार धर्म, संस्कृति र परम्परा नै हो 

। यसकारण हाम्रो समाजको परम्परागत धर्म, संस्कृति, मूल्यमान्यता, सोंच र चिन्तनमा आमूल परिर्वतन नभएसम्म महिलाविरूद्धमा हुने सबैखाले विभेद र हिंसाको अन्त्य हुन सक्दैन ।

महिलामाथि हुने विभेद र हिंसाका पछाडि प्रायः स्वयं महिला नै रहने गरेका छन् । दाइजो नल्याएको अथवा छोरा नजन्माएको निहुँमा बुहारीलाई मानसिक यातना दिने, कुटपिट गर्ने, घर निकाला गर्ने र जलाउनेसम्मका घटनामा सासूकै अहं भूमिका रहने गरेको पाइन्छ ।

अर्कोतर्फ महिला हिंसाका घटनामा वृद्धि हुनका पछाडि देशको राजनीतिक अस्थिरता, अन्योल, कमजोर निरीह, भ्रष्ट र विदेश परस्त सरकार पनि हो ।

यसका साथै डलरको खेती गर्ने र मानवअधिकारप्रति गफ र ओठे प्रतिवद्धता देखाउने तथा यो वा त्यो राजनीतिक दलको पिछलग्गु बन्ने नागरिक समाज र मानवअधिकारवादी सघंसंस्थाका कारणले पनि महिला हिंसा अन्त्य हुनसकेको छैन ।

गैरसरकारी संस्थाहरूले समस्या समाधान गर्नेभन्दा समस्यालाई देखाएर मागी खाने भाँडोको रूपमा प्रयोग गरिरहेका छन् ।

यसैले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सक्रिय रहेको देखिए तापनि सडक बालबालिका, महिला हिंसा तथा मानव बेचबिखनजस्ता समस्या घटनुको सट्टा झन् विकराल हुँदै गइरहेको छ ।

महिला हिंसाका घटनामा वृद्धि हुनुका पछाडि नग्नता र अश्लीलताका कारण पनि हाल भइरहेको जघन्य खालका महिला हिंसाका घटना घटिरहेका छन् ।

इन्टरनेट, साइबर, फेसबुकको विकास र त्यसप्रति बढ्दै गइरहेको नेपाली समाजको पहँुच पनि महिला हिंसा बलात्कारका लागि जिम्मेवार रहेका छन् ।

नेपाली महिला त्यसमा पनि विशेषगरी युवा पुस्ताको लवाइमा बढदै गएको उच्छृङ्खलता, उत्ताउलोपन, नग्नता र अंग प्रदर्शन गर्ने प्रतिस्पर्धाका कारण पनि महिलामाथि हुने हिंसा र यौन दुव्र्यवहार बढ्दै गएको मानिन्छ ।

समाजमा व्याप्त जुवातास र मदिरा सेवनजस्ता सामाजिक विकृति पनि महिलामाथि हुने हिंसाका लागि जिम्मेवार छन् ।

जघन्यखालका महिला हिंसा र बलात्कारका घटना मदिरा सेवनकै कारण भएका छन् । समाज क्रमशः हिंसात्मक बन्दै गइरहेको र नैतिकताको ह्रास हुँदै गइरहेको कारण पनि यस्ता आपराधिक घटना घटने गर्छन् ।

माथि उल्लेखित तमाम कारणले गर्दा महिलाविरूद्ध हुने विभेद सबै खालका हिंसा अन्त्य गर्नका लागि यी सबै पक्षलाई विचार गर्नु आवश्यक छ ।

नेपाली समाजको परम्परागत सोंच, चिन्तन, संस्कार र जीवन र जगत्लाई हेर्ने दृष्टिकोणमा परिवर्तन र राज्यका सबै संरचनामा आमूल परिवर्तन नआएसम्म महिला हिंसाको अन्त्य हुनसक्दैन ।

महिला भएकै आधारबाट मानवअधिकारको उपभोगमा गरिने विभेद, शारीरिक तथा मानसिक रूपबाट दिइने पीडा, प्रतिबन्धलगायत जुनसुकै तरिकाबाट महिलाको आत्मसम्मानमा पु¥याइने सबै किसिमको आघातलाई महिला हिंसाका रूपमा हुन् । समाजमा महिला हिंसाको स्थिति कायम रहन विभिन्न तत्वले भूमिका निर्वाह गरिरहेका हुन्छन् ।

नेपालको सन्दर्भमा कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरू अहिलेसम्म पनि विभेद, असमानता, अन्याय तथा विभिन्नखालका हिंसाको सिकार भैरहेका छन् ।

देशमा धेरै ठूला राजनीतिक परिवर्तन भएका छन् तर ती परिवर्तनलाई निर्णायक बिन्दुमा पु¥याउन आफ्ना तर्फबाट भूमिका निर्वाह गर्ने नेपाली महिलाहरूको जीवन र मर्यादामा भने उल्लेखनीय परिवर्तन आउन सकेको छैन ।

समाजमा व्याप्त पितृसत्तात्मक सोच, अन्धविश्वास, पुरातन संस्कार एवं परम्परा, विभेदपूर्ण कानुन, लैंङ्गिक असमानता, आर्थिक परनिर्भरता, अशिक्षा, गरिबी, नीति निर्माणको तहमा महिला प्रतिनिधित्वको न्यूनताजस्ता विषय प्रमुख कारणका रूपमा देखिएका छन् ।

पितृसत्तात्मक नेपाली समाजमा महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा गरिने व्यवहार अहिले पनि जारी छ ।

अधिकांश महिला आफ्नै घर परिवेशभित्र श्रीमान् तथा परिवारका अन्य सदस्यबाट पीडित छन् । जसलाई घरेलु हिंसा भन्ने गरिएको छ ।

दाइजो नल्याएको, छोरा पाउन नसकेको, चरित्र राम्रो नभएको जस्ता आरोप लगाउँदै श्रीमान् तथा उनका परिवारका सदस्यहरूले पत्नी र बुहारीप्रति गर्ने व्यवहार अति नै अमानवीय रहँदै आएको पाइन्छ ।

श्रीमानले बहुविवाह गरेर अघिल्ली श्रीमती तथा सन्तानप्रतिको जिम्मेवारी पूरा नगर्ने र कतिपय अवस्थामा घरबाट निकालिदिने अवस्थाका साथै महिलाहरू वैवाहिक बलात्कारबाट पनि उत्तिकै सताइएका छन् ।

त्यस्तै सामाजिक तहमा हुने विभिन्नखालका हिंसाबाट पनि महिलाहरू उत्तिकै पीडित हुने गरेका छन् । कामकाजमा रहेका महिलाविरूद्ध विभिन्न किसिमका टिप्पणी गरेर गरिने चरित्र हत्या, सार्वजनिक स्थल तथा सवारी साधनहरूमा दुव्र्यवहार एवं अपशब्दहरूको प्रयोग,

काम गर्ने ठाउँमा हुने हिंसाजन्य व्यवहार व्यापक रूपमा हुने भए पनि सामाजिक तहमा भने यस्ता घटनालाई सामान्य ढंगले मात्र हेर्ने गरिएको छ ।

पछिल्लो समयमा महिला तथा बालिकामाथि हुने बलात्कारका घटना असामान्य ढंगबाट वृद्धि भैरहेका छन् । कतिपय बलात्कारका घटनामा बलात्कारपछि पीडित हत्यासमेत हुने गरेको छ ।

बोक्सीको आरोपमा असहाय महिलाहरू मारिनेदेखि लिएर हदैसम्मको निकृष्ट व्यवहार सहन बाध्य छन । त्यस्तै प्रथा र परम्पराका नाममा व्यक्तिगत स्वतन्त्रता एवं अधिकारबाट वञ्चित हुँदै अझै पनि महिलाहरू देउकी र झुमाको जिन्दगी जिइरहेका छन् भने नेपालको पश्चिमी भेगमा कायम छाउपडी प्रथाका कारण महिलाहरू अहिलेसम्म पनि कुन तहको जीवन बाँचिरहेका छन् भन्ने प्रश्न खडा भएको छ ।

राज्य सञ्चालनमा महिलाहरूको अधिकार सुनिश्चित गर्ने क्रममा देशमा विधमान वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद अन्त्य गरी आर्थिक समानता,

समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागीतामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्न अहिले संविधानमा नै महिलाहरूको लागि ३३ प्रतिशत सिट कायम गरिएको छ ।

संविधानअनुसार संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाको कुल ३ सय ३४ सिटको ३३ प्रतिशत अर्थात् ११० सदस्य महिला भएका छन् ।

संविधानको धारा ३८ (४) ले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक प्रदान गरेको छ ।

महिलाका लागि विशेष व्यवस्था समावेश गरी अस्तित्वमा आएको संविधानले परिवर्तनका मुद्दाहरू अब संस्थागत गराउन आवश्यक छ । संविधान राम्रो बन्नु मात्र सबैथोक होइन, कार्यान्वयनमा नै संविधानको सफलता निर्भर रहन्छ ।

तसर्थ संविधानलाई व्यवहारमा उतार्नु अपरिहार्य छ । जसले गर्दा महिलाको अधिकार सुनिश्चित हुन सकोस् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here