- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरगणित विषयसम्बन्धी तालिम

गणित विषयसम्बन्धी तालिम

- Advertisement -spot_img

प्रदेश टुडे
रोल्पा, २५ फागुन ।

रोल्पाको त्रिवेणी गाउँपालिमाका गणित विषय सम्बन्धी चारदिने तालिम सञ्चालन भएको छ । तालिम शनिबारदेखि सुरू भएको हो । त्रिवेणी गाउँपालिकाको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा तालिम सञ्चालन भएको हो ।

बालबालिकारूहको शिक्षण सिकाइमा सुधार ल्याउनका लागि तालिमको सञ्चालन गरिएको तालिम प्रशिक्षक दिपेन्द्र भट्टले बताए ।

उनले तालिममार्फत बालबालिकाहरूको आधारभूत गणितीय धारणा र सीप सम्बन्धी प्रशिक्षण दिइने जानकारी दिए । तालिममा २० जना गणित शिक्षकहरूको सहभागिता रहेको छ ।

हिंसारहित अभिभावकत्व कक्षा

यसैबीच गाउँपालिकाको वडा नं. ३ र ६ मा शनिबार हिंसारहित अभिभावकत्व कक्षा सम्पन्न भएको छ । त्रिवेणी गाउँपालिकाको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा मानवअधिकार सचेतना केन्द्र रोल्पाले एकीकृत परियोजना कार्यक्रमअन्तर्गत उक्त कक्षा सञ्चालन गरेको थियो ।
कार्यक्रममा सहभागी अभिभावकहरूले परिवार र समुदायमा बालमैत्री वातावरण गर्न उक्त कक्षाले सहयोग पु¥याएको बताए ।

बालबालिका र अभिभावकहरूमा हिसांरहित चेतना जगाउनका लागि यस्ता कार्यक्रमहरू नियमित सञ्चालन गरिनुपर्ने उनीहरूको माग छ  ।

विभिन्न समयमा सञ्चालन हुने अनुशासन र बालमैत्री कक्षाहरूले बालबालिकाहरूमा असल आचरणको विकास गर्न सहयोग पु¥याएको उनीहरूले बताए ।

कार्यक्रममा तालिम सहजकर्ता आशा पुनले यस्ता कक्षाहरूले बालबालिकाहरूको सर्वोत्तम हितका लागि बालमैत्री वातावरण निर्माणमा मुख्य आधारको भूमिका खेल्ने बताइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here