- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeसाहित्य‘अन्तरङ्ग जीवनको यात्रा’को लोकार्पण

‘अन्तरङ्ग जीवनको यात्रा’को लोकार्पण

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, २५ फागुन ।

दाङको घोराहीमा ‘अन्तरङ्ग जीवनको यात्रा’ नामक पुस्तकको लोर्कापण गरिएको छ । शनिबार लेखक संघ दाङको आयोजना साहित्यकार गोपाल भुसाल अभिलाषीद्वारा लिखित उक्त पुस्तकको लोकार्पण गरिएको हो ।

लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षता एवं संघका सल्लाहकार उत्तमकृष्ण मजगैयाँको प्रमुख आतिथ्यतामा पुस्तकको लोकार्पण गरिएको हो ।

कार्यक्रममा सहभागी राप्ती साहित्य परिषद जिल्ला शाखा दाङका अध्यक्ष कमलमणि देवकोटा, राप्ती साहित्य परिषद केन्द्रका अध्यक्ष पुरूषोत्तम खनाललगायतले साहित्य र समाजबीचको सम्बन्ध घनिष्ट रहेको बताए ।

उनीहरूले साहित्य समाजकै एक अंग रहेको भन्दै समाजको समृद्धिका लागि यसले महत्वपूर्ण भूमका खेलेको बताए ।

लेखक संघ दाङका उपाध्यक्ष गोविन्द पौडेलको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण संघका सचिव हुमबहादुर डिसीले गरेका थिए ।

लोकार्पित पुस्तकको समीक्षा साहित्यकार हिमलाल पन्थी र पदमप्रसाद शर्माले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here