- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsदंगीशरणको सभा सम्मेलनमा रोक

दंगीशरणको सभा सम्मेलनमा रोक

- Advertisement -spot_img

प्रदेश टुडे
दंगीशरण, २५ फागुन ।

दंगीशरण गाउँपालिकाले कोरोना भाईरस संक्रमण हुनबाट बच्नका लागि धेरै मानिस सहभागी हुने, जमघट हुनेजस्ता कार्यक्रम, सभा, सम्मेलन नगर्ने भएको छ ।

शुक्रबार गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा बसेको बैठकले दंगीशरण गाउँबासी आम जनसमुदायलाई सचेत रहन भेला भोजभतेरजस्ता कार्यमा सहभागी नहुन आग्रह गरेको छ ।

साथै आफनो परिवार, समाजमा सरसफाईमा ध्यान दिनसमेत आग्रह गरिएको छ । साथै यस रोगको संक्रमणबाट बच्नका लागि जनचेतनामूलक कार्यक्रम अगाडि बढाउन स्वास्थ्यकर्मीहरूलाई आग्रह गरिएको छ ।

यसैबीच दंगीशरण गाउँपालिका शिक्षा शाखाले २०७६ को वार्षिक परीक्षा चैत ५ गतेभित्रमा सक्ने गरी निर्णय गरेको छ ।

दंगीशरण गाउँपालिका शिक्षा शाखा र गाउँपालिकाभित्रका सामुदायीक विद्यालयहरूको प्रधानाध्यापकहरू बीच शुक्रबार बसेको छलफलले ५ गतेसम्ममा सम्पन्न गर्ने निर्णय गरेको हो ।

कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षालाई समयमै सञ्चालन गरेर विद्यालय बन्द गरिने निर्णय गरेको शिक्षा शाखाका प्रमुख विनोद अधिकारीले जानकारी दिए ।

साथै छलफलले कक्षा ८ को परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । समय तालिकाअनुसार विद्यार्थीहरूले फागुन २८ गते अंग्रेजी विषयको परीक्षा दिनेछन् 

। यसैगरी २९ गते नेपाली, ३० गते गणित, चैत १ गते विज्ञान तथा वातावरण, २ गते सामाजिक अध्ययन र जनसंख्या शिक्षा, ३ गते पेशा व्यवसाय र प्रविधि शिक्षा, ४ गते स्वास्थ्य तथा शारीरीक शिक्षा र नैतिक शिक्षा,

५ गते ऐच्छिक/स्थानीय/कम्प्युटर/गणित विषयको परीक्षा दिनेछन् । विभिन्न देशहरूमा फैलिएको कोरोना भाईसरबाट सजक हुनका लागि वार्षिक परीक्षापछि विद्यालय बन्द गरिने शिक्षा शाखा प्रमुख अधिकारीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here