- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरट्राफिक सचेतना बोर्ड

ट्राफिक सचेतना बोर्ड

- Advertisement -spot_img

ईन्द्र बहादुर बुढाथोकी
सल्यान, २५ फागुन ।

बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सल्यानका विभिन्न स्थानमा ट्राफिक सचेता बोर्डहरू राखिएको छ । दुर्घटनाको जोखिम बढ्दै गएपछि जिल्लाको सल्लीबजारका विभिन्न स्थानहरूमा सूचना बोर्डहरू राखिएको छ ।

बनगाड कुपिण्डे नगरपालिकाले करिब ७० हजारको लागतमा सूचना बोर्ड निर्माण गरेको हो । जिल्लामा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएको भन्दै १४ वडा सचेतनामूलक बोर्डहरू निर्माण गरी ईलाका प्रहरी कार्यालय सल्लीबजार र अस्थायी ट्राफिक प्रहरी पोष्टलाई बोर्ड हस्तान्तरण प्रदान गरेको नगर प्रमुख गोविन्द कुमार पुनले जानकारी दिए ।

ट्राफिक नियम पालनाका गर्न एक सभ्य नागरिकको परिचय भएको उनले बताए । दुर्घटनाको जोखिमलाई कम गर्नका लागि सबैले सहयोग गर्न आवश्यक रहेको औँल्याए ।

बोर्डमा तिब्र गतिमा सवारी साधन नचलाउन, बजार क्षेत्रभित्र जथाभावी फोहर नफाल्न, मादकपदार्थ सेवन सवारी साधन नचलाउन, ट्राफिक नियमको पालना गर्न सबैलाई अनुरोध गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here