- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरवडाको ताला खुल्यो

वडाको ताला खुल्यो

- Advertisement -spot_img

प्रदेश टुडे

तुलसीपुर, २५ फागुन ।

वडा स्थानान्तरणको विषयलाई लिएर तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ मा स्थानीयले लगाएको ताला खोलिएको छ । आइतबारदेखि लागेको ताला आन्दोलनरत पक्ष र उपमहानगरपालिकाबीच सहमति भएपछि खुलेको हो । कार्यवाहक नगरप्रमुख सूर्यबहादुर डाँगीले ताला खोलेको हुन् ।

उनले सबै वडाबासीलाई पायक पर्ने गरी वडा कार्यालय कहाँ राख्ने भन्ने बारेमा अध्ययन गरिने पनि बताए । ‘हामीले कार्यदल बनाएका छौं यसले सबै कुराको अध्ययन गरेर नगरसभामा प्रतिवेदन पेश गर्नेछ’ डाँगीले भने ।

वडा कार्यालय सार्ने कुरा नगरसभाको दुई तिहाई बहुमतले मात्रै निर्णय गर्न सक्ने भन्दै उनले कानुनी प्रक्रिया पूरा गरेर मात्रै सम्भव हुने बताए । ‘वडाले एकलौटी निर्णय गरेर मात्रै यो सम्भव हुँदैन’ डाँगीले भने ।

यसैबीच ताला खोल्नु अगाडि उपमहानगरपालिकामा वडाबासीसँग छलफलसमेत गरिएको थियो । छलफलमा दुबैतर्फका वडाबासीहरूको सहभागिता रहेको थियो । छलफलले दुईबुँदे सहमति गरेपछि ताला खोल्ने प्रक्रिया अगाडि वढेको हो ।

वडा नम्वर ४ को केन्द्र स्थानान्तरणका लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम प्रक्रिया अगाडि बढाउनका लागि राय र सुझाव संकलन गर्न परामर्श समिति बनाउने सहमति भएको छ ।

आगामी असार १५ गते नगरसभामा पेश गर्नका लागि सुशासन समिति संयोजक सूर्यबहादुर डाँगीको संयोजकत्वमा वडा नम्वर ४ का क्रियाशील सबै राजनीतिक दलका प्रतिनिधि, ढुण्डीराज खनाल र गणेश गिरी सदस्य रहने गरी कार्यदल गठन गरिने भएको छ ।

जसको सदस्य सचिवमा वडा सचिव लोकमणि पोख्रेल रहेका छन् । त्यसैगरी कार्यदलको प्रतिवेदन प्राप्त नहुँदासम्म विभिन्न समितिले वडा स्थानान्तरणका सन्दर्भमा पेश गरेका निवेदनमाथि कुनै कारवाही प्रक्रिया अगाडि नबढाउने सहमति भएको छ ।

ताला खुलेपछि वडा अध्यक्ष बालकृष्ण रानाले जनतालाई मान्य हुने गरी वडा स्थानान्तरणको प्रक्रिया अगाडि बढाउने प्रतिक्रिया दिएका छन् ।

उनले कार्यदललाई जनप्रतिनिधिको हिसावले सघाउने समेत प्रतिवद्धता जनाएका छन् । वडा समितिले सबैलाई पायक पर्ने भन्दै वडा बनहरीमा वडा कार्यालय सार्ने निर्णय गरेपछि हाल वडा कार्यालय रहेको गणेशपुर र मजुवाका जनताले तालाबन्दी गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here