- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeसम्पादकीयसडक सुरक्षा अपनाऔं

सडक सुरक्षा अपनाऔं

- Advertisement -spot_img

सम्पादकीय

दैनिकजसो व्यस्त बन्दै गएको तुलसीपुर बजारमा जेब्रा क्रसिङ निर्माण गरेसँगै चिटिक्क बनेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को सहयोगमा ट्राफिक प्रहरी कार्यालयले बजारका १९ ठाउँमा जेब्रा क्रसिङ निर्माण गरेपछि यात्रुलाई सडक वारपार गर्न सहज भएको छ । बजारका मुख्य–मुख्य चोकमा जेब्रा क्रसिङ निर्माण भएपछि बजारको सुन्दरता पनि बढेको छ । जेब्रा क्रसिङले दुर्घटनाको न्यूनीकरण गर्ने अपेक्षा मुख्य उद्देश्य हो । बजारमा सवारी साधनको चाप बढेपछि यात्रुलाई बाटो वारपार गर्न सहजताका लागि निर्माण गरिएको जेब्रा क्रसिङ बजारको सुन्दर गहना पनि हो । जेब्रा क्रसिङ वडा कार्यालय र ट्राफिक प्रहरीको सहकार्यमा विरेन्द्र चोक, विपी चोक, बाहिनी चोक, घोराही रोड, जेसिज चोक, सितलपुर चोक लगायत विभिन्न स्थानहरूमा निर्माण गरिएपछि नागरिकलाई बाटो वारपार गर्न सहज भएको छ । स्थानीय सरकार गठन भएपछि तुलसीपुर बजारमा हर्न निषेधदेखि जेब्रा क्रसिङका यि उदाहरणीय काम भएका छन् ।
दुर्घटनाको जोखिम न्यूनीकरणका लागि बनाएको जेब्रा क्रसिङ बजारको पहिचान पनि हो तर कतिपय नागरिकले जेब्रा क्रसिङबारे सचेतना नपाउँदा जहाँ पायो त्यहीबाट बाटो वारपार गर्ने प्रचलन कायमै देखिन्छ । पैदल यात्रुमा सचेतना नहुँदा जेब्रा क्रसिङको महत्व झल्किन नसकेको देखिन्छ । सुटबुट र टाइसुटमा सजिएका भद्र भलाद्मी देखिने मानिसहरूले पनि जहाँ पायो त्यहिबाट बाटो क्रस गरेको पाइन्छ । चोक–चोकमा सडक बाटो पार गर्नका लागि बनाइएका जेब्रा क्रसिङको महत्व त्यतिबेला हुन्छ, जतिबेला आम नागरिकले जेब्रा क्रसिङबारे सचेतना पाउँछन् । सचेतनाको अभावका कारण जेब्रा क्रसिङको महत्व झल्किन सकेको छैन् । जेब्रा क्रसिङबारे नागरिकलाई ज्ञान नहुँदा दुर्घटनाको जोखिम पनि उत्तिकै छ । संरचना बनेपनि प्रयोगमा ध्यान पुगेन भने विकासको अर्थ पनि रहदैन् ।
बजारका व्यस्त सडकमा बनाइएका जेब्रा क्रसिङबाटै बाटो वारपार गर्नुपर्ने सन्देशका लागि स्थानीय सरकारदेखि ट्राफिक प्रहरीले सचेनाका कार्यक्रमलाई अगाडी सार्नुपर्छ । जेब्रा क्रसिङभन्दा अन्य ठाउँबाट सडक वारपार नगरौं भन्ने सूचना प्रवाहलाई व्यापक बनाउनुपर्छ । ट्राफिक प्रहरीले नै अन्य ठाउँबाट बाटो वारपार गर्ने नागरिकलाई सम्झाई बुझाई नगर्ने गरेको पाइएको छ । सकेसम्म सम्झाई बुझाईका साथै जरिवानाको चेतावनी दिनुपर्छ । बिगतको वर्षको तुलनामा केही सुधार देखिए पनि उल्लेखनीय सुधार हुन सकिरहेको छैन् । सुधारका लागि कहिलेकाहीँको कार्यक्रमले प्रभावकारी हुँदैन् । ठाउँको ठाउँ सुधार अभियानलाई ट्राफिक प्रहरीले प्रभावकारी बनाएर लैजानुपर्छ । स्थानीय सरकारले पनि विकास भौतिक संरचना मात्रै होइन्, नागरिक सचेतना पनि विकास हो भन्ने सोचका साथ केही प्रतिशत लगानी पैदलयात्रु सचेतनामा पनि गर्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here