- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरश्रीमान चालक, श्रीमती सहचालक

श्रीमान चालक, श्रीमती सहचालक

- Advertisement -spot_img

तुलसीपुर, २४ फागुन । ‘श्रीमान चालक, श्रीमती यात्रुलाई सिटमा बसाल्दै, गन्तव्य स्थानमा रोक्दै ओराल्दै यस्तै दृश्य घोराही–तुलसीपुर रूटमा चल्ने एउटा हाइस बसमा देख्न पाइन्छ ।
दृश्य देख्दा सबै अचम्मित हुन्छन्, किनभने महिला सहचालक अथवा चालक भएका दृश्य कमै मात्रामा दाङमा देख्न पाइन्छ । ठूला सहरहरूमा महिलाको यो कर्म देखिए पनि दाङमा यो दृश्य नयाँ र अनौठो हो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का श्रीराम चौधरी लामो समयदेखि चालक पेशा गरिरहेका छन् ।
अर्कैको गाडी चलाउने गरेका श्रीरामले करिब आठ वर्षअघि आफ्नै गाडी किने । चालकसँगै गाडी मालिक बनेका श्रीरामले करिब एक वर्षसम्म आफ्नो गाडीमा सहचालक अरूलाई राखे ।
एक वर्षसम्म गरेर सहचालकले छोडेपछि उनलाई समस्या आइप¥यो । गाडीमा आफू चालकको भूमिकामा निर्वाह गरिरहेका उनले सहचालक नराखेर पनि सम्भव थिएन ।

सहचालक राख्ने पनि आफूले भनेजस्तो काम नगरिदिने भएपछि उनलाई आफ्नै धर्मपत्नीले साथ दिइन् । श्रीमती सानो छोरी साथमा लिएर करिब ७ वर्ष अघिदेखि सहचालकको भूमिकामा काम गर्न थालिन् ।
‘गाडीमा अरूलाई राख्दा आफूले भनेजस्तो काम पनि नगरिदिने, आफु बेरोजगार बस्नुपर्ने स्थिति, अनि आफै सानो नानी साथमै लिएर ७ वर्षअघि श्रीमानसँगै गाडीमा हिड्न थालेको उनकी श्रीमती बिना चौधरीले बताईन् ।
‘गाडीमा आफै हिड्न थालेपछि सहचालकलाई दिनुपर्ने रकमको पनि बचत भएको छ’ उनले भनिन्– ‘आफूले भनेकै समयमा गन्तव्यमा हिड्न सकियो, अरूलाई राख्दाखेरी कहिले केही बहाना, कहिले केही बहाना गरेर टार्ने गर्दथे ।’
उमेरले करिब चार दशक बढी भइसकेकी बिनाले शुरू–शुरूमा त निकै हैरानी खेप्नुपरको बताउँछिन् । ‘शुरू–शुरूमा त निकै सास्ती भयो, कसैले केही भन्छ की भन्ने डर लागिरहन्थ्यो,
तर आफ्नै काम गरेर खानु पनि के लाज भनेर निरन्तर लागिरहेँ’ उनले भनिन्– ‘छोरी साथमै बोकेर भएपनि शुरूमा गरेको थियो, अहिले त छोरी पनि ठूलो भइसक्यो ।’
यातायात क्षेत्रमा महिलाहरू लागेको कमैमात्रामा देख्न पाइन्छ । पुरूषले गर्ने काम हो महिलाले गर्न हुन्न भन्ने सोच हुँदा यातायात क्षेत्रमा महिलाहरू कमैमात्रामा लाग्ने गरेको बिनाले बताईन् । ‘महिला पुरूष समान अधिकारका कुरा गर्ने तर काम चाँही छुट्याउने परम्परा राम्रो होइन्’ उनले भनिन्–
‘ म त श्रीमानसंगै स्वरोजगारी गर्न पाउँदा नि खुशि छु ।’ चौधरी दम्पत्तिले घोराही–तुलसीपुर रोडमा रा १ ख १०३८ नम्बरको हाइस गाडी चलाउँदै दैनिक ४ हजार बढी आम्दानी गरिरहेका छन् । ‘भत्तासत्ता जोड्दा दैनिक २ जनाले ४ हजार जति आम्दानी गर्ने गरेका छौँ, श्रीरामले भने–
‘आफ्नै श्रीमतीले आफूलाई सघाउँदा निकै खुशी छु, घरको पैसो अन्त जान पाएको छैन् ।’ गाडीमा महिला सहचालक भएपछि यात्रुले पनि राम्रो व्यवहार गर्ने गरेको उनीहरू बताउँछन् ।
‘सबैले राम्रो काम भन्ने गर्छन्, महिला दिदीबहिनी, बृद्धबृद्धालाई पनि सहयोग गर्न पाउँदा खुशी लाग्ने गरेको छ’ बिनाले भन्छिन्– ‘भाडामा पनि कसैले बार्केनिङ गर्ने गर्नुहुन्न,
यात्रुबाट सम्मानित व्यवहार पाउने गरेको छु । उनले काम सानो ठूलो नहुने भन्दै फरक काम गरेकै कारण आफूले विभिन्न ठाउँमा सम्मानित भएको बताइन् ।
‘तपाईहरू जस्तैसँग ६÷७ जनासँग अन्तरर्वार्ता दिइसकेँ’ उनले भनिन्– ‘विभिन्न संघ संस्थाबाट पनि सम्मानित भएको छु, कोही महिला दिदीबहिनी बेरोजगार बस्नुभएको छ भने बेरोजगार नबस्नुस्, साहस लिनुस्, गन्तव्यमा पुग्नलाई पाइला त चाल्नुप¥यो नि हैन र ?’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here