- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeसाहित्यकविता ...

कविता …

- Advertisement -spot_img

सन्दीप आचार्य
‘सासन’

खै कस्तो निष्ठा अनि
निश्चय हो यो ढुङ्गे मन्दिर
दिन रात पूजापाठ अनि
धुप दियो अगरबत्ती उस्तै मगमग मन्दिर
मन्त्र जप भजन किर्तनको गुन्जयमान ध्वनि
लामो घुइँचो ताँती उस्तै मनिसको ढुङ्गे मन्दिर
तल्लो जात छुवाछुत जात धर्म अनि
जात धर्म परिभाषित
अनि तल्लो जात उद्घाटन गर्ने ढुङ्गे मन्दिर
विवशता बाध्यता अनि बिड्म्वना यही नै छ यहाँ
उही पुरानो रिति तल्लो जात नै अफहेलित छ मन्दिर
हे पत्थरमा सीमित सालिक झैं उभिने देवी देवता
आशा अनि भरोसा के कुरामा गर्नु र खोइ ढुङ्गे मन्दिर
धुप दियो दिप प्रज्वलनको के नै मूल्यांकन अनि महत्व यहाँ
चुपचाप स्थिर भई दुनिया रमिता हेर्ने मन्दिर
छुवाछुत अनि तल्लो जातबीचको पर्खाल लगाउने
खै कस्तो निष्ठा अनि निश्चिय हो यो ढुङ्गे मन्दिर
तुलसीपुर–४ हलवार, दाङ

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here