- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरआरसिसी भिलेजको अध्यक्षमा खत्री

आरसिसी भिलेजको अध्यक्षमा खत्री

- Advertisement -spot_img

तुलसीपुर, २४ फागुन । आरसिसी भिलेज काशीपुरको अध्यक्षमा दोर्णबहादुर खत्री चयन भएका छन् । शान्तिनगर गाउँपालिका वडा नम्बर ५ काशीपुरमा सम्पन्न पद हस्तान्तरण कार्यक्रममा खत्रीलाई सर्वसम्मत चयन गरिएको हो । अध्यक्ष चुडामणि केसीले माइन्युट हस्तान्तरण गरेर खत्रीलाई कार्यभार सुम्पेका हुन् ।
नयाँ कार्यकालको लागि चयन भएको २२ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा दुर्गाबहादुर केसी, सचिव लालबहादुर केसी, कोषाध्यक्ष सियाराम चौधरी र सहसचिवमा खिमलाल वली सर्वसम्मत चयन भएका छन् ।
रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष देव बहादुर केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केसीले काशीपुर भिलेजलाई नमुना भिलेजको रूपमा जिकास गर्नुपर्ने बताए ।
साथै उनले सानो–सानो सामाजिक कार्य गरेर भएपनि समाज सेवामा आरसिसी भिलेज काशीपुरले आफ्नो उपस्तिथि जनाईरहनुपर्ने बताए । कार्यक्रममा क्लवका पूर्वअध्यक्ष तुफानबाबु श्रेष्ठले काशीपुर भिलेजमा शिक्षा, स्वास्थ्य र विकासको पहँुच स्थापित गर्न सबै सदस्यहरू एकजुट भएर लाग्नुपर्ने बताए ।
नवगठित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई क्लवका पूर्वअध्यक्ष विजय केसीले शपथ ग्रहण गराएका थिए । आरसिसी भिलेज काशीपुरका संस्थापक अध्यक्ष मनोहर कुमार शर्माको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण क्लवका सचिव सन्दिपन रिजालले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here