- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरविद्यालयमा कोरोना सचेतना

विद्यालयमा कोरोना सचेतना

- Advertisement -spot_img

तुलसीपुर । विश्वभरी फैलिएको कोरनाका त्रासबाट सचेत गराउने उद्देश्यले यहाँको एक निजी विद्यालयले सचेतना अभियान सञ्चालन गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका–६ मा रहेका राप्ती बाल एकाडेमीले विद्यार्थी, अभिभावक, शिक्षक र विद्यालयसँग सरोकारराख्नेहरूलाई विद्यालयमा सचेतना दिइएको छ । विशेषज्ञ चिकित्सकको टोलीले कोरोनाबाट बच्ने उपायसमेत सचेतना दिएका हुन् ।

विद्यालयका प्रिन्सिपल ठाकुर प्रसाद डाँगीको अध्यक्षतामा तथा नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद क्याम्पसका प्राध्यापक डा मनोज अधिकारीको प्रमख आतिथ्यतामा कार्यक्रम भएको हो । सचेतना कार्यक्रममा डा अधिकारीले कोरोनाको वर्तमान अवस्था यसका कारण र सर्ने तरिका र बच्ने उपायसँगै घरेलु तथा आयुर्वेदिक उपचारको बारेमा समेत जानकारी गराएका थिए ।

अभिभावक, विद्यार्थी, शिक्षकले यस विषयमा जिज्ञासासमेत राखेका थिए । कोरोनाको बारेमा सचेतना दिने उद्देश्य र यसबाट सबै सजक हुनुपर्छ भन्ने देखाउन सचेतना कार्यक्रमको आयोजना गरेको प्रिन्सिपल डाँगीले बताए ।
कार्यक्रममा नेसंविका सहायक प्रशासक विरेन्द्र चन्द, प्रदेश टुडेका सम्पादक गोपाल शर्मा भट्टराई, अभिभावक प्रकाश सुवेदी लगायतले बोलेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here