- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsविकासमा राज्य नै गम्भीर छैन

विकासमा राज्य नै गम्भीर छैन

- Advertisement -spot_img

घोराही, २३ फागुन। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले विकास निर्माणका काममा राज्य गम्भीर बन्नुपर्ने बताएका छन्। विकास निर्माणसम्बन्धी नियम ऐनहरू संशोधनमा राज्य गम्भीर हुनुपर्ने बताए। उनले राज्य अहिलेसम्म विकास निर्माणमा गम्भीर नभएको तर्क गरे।
दाङ निर्माण व्यवसायी संघ दाङको २१आँै वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सिंहले निर्माण व्यवसायीहरूलाई मात्र विकास निर्माणमा दोष लगाउने काम भएको बताएका थिए।
‘सबैभन्दा महत्वपूर्ण सार्वजनिक खरिद ऐन पटक–पटक संंशोधन भयो, त्यो पनि सरकारको एकलौटी निर्णयमा’ कार्यक्रममा उनले भने ‘जसले अझसम्म निकास पाएको छैन।’
सरकारको एकलौटी सार्वजनिक खरिद ऐन संशोधन भएका कारण सरकारका अरबौका आयोजनाहरू अलपत्र परेको बताए। ‘सरकारको पक्षमा मात्रै भएर नियम ऐन बन्ने, ति बनेका ऐनले निर्माण व्यवसायीहरूलाई नछुने’ उनले भने ‘मुख्य कारण यही हो ठूला आयोजनाहरू अलपत्र पर्नुको कारण।’
विकास निर्माण सबैको साझा भएका कारण सार्वजनिक खरिद ऐन निर्माण गर्ने क्रममा संवेदनशील हुनुपर्ने बताए। सरकार, निर्माण व्यवसाय, राजनीतिक दलहरू गम्भीर भएमा समृद्ध मुलुक बन्ने बताए।
कार्यक्रममा उनले निर्माण व्यवसायीहरूलाई अस्वस्थ प्रतिस्पर्धा, एक निर्माण व्यवसायीले धेरै ठेक्का लिने काम छोड्नुपर्ने बताए। ‘अस्वस्थ प्रतिस्पर्धामा सस्तो रकम कवुल गरेर धेरै ठेक्का लिने अनि घाटा भयो भने बीचमा काम छोड्नु हुँदैन्’
कार्यक्रममा सहभागी निर्माण व्यवसायीहरूलाई सम्झाउदै भने ‘हामीले यो प्रवृत्ति अन्त्य गर्नुपर्छ, यो प्रवृत्ति सुधार्नुपर्छ।’ धेरै ठेक्काभन्दा गुणस्तरीय सेवा दिनुपर्ने बताए।
नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष निकोलेस पाण्डेयले निर्माण व्यवसायीहरू आफू पनि सुध्रिनुपर्ने र कर्मचारीहरू पनि सुध्रिनुपर्ने बताए। निर्माण व्यवसायी र कर्मचारीबीच देखिएका नकारात्मक प्रवृत्तिहरूको अन्त्य गरिनुपर्ने बताए।
‘निर्माण व्यवसायीले काम गरेन भने सरकारले कालोसूचिमा राख्न सक्छ, तर त्यसो गर्दैन्’ कार्यक्रममा उनले भने ‘निर्माण व्यवसायीले काम गरेन भनेर मात्रै गाली गर्छन्, यि दुवै प्रवृत्ति ठिक होइन्।’ विकास निर्माणका काम गर्ने क्रममा विनास भएपछि नै विकास हुने हुँदा विनास विना नै विकास चाहने साेंच हटाउनु पर्ने बताए।
प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले निर्माण व्यवसायीहरूप्रति राज्य संवेदनशील भएकै कारण ऐन संशोधन भएको बताए। निर्माण व्यवसायीहरूमा भएका धेरै कमिकमजोरीहरू सुधार्नुपर्ने बताए।
‘एउटा निर्माण व्यवसायीहरूले धेरै ठेक्का लिएको, समयकै काम नगरेका धेरै उदहारणहरू छन्’ प्रमुख जिल्ला अधिकारी रिजालले भने ‘निर्माण व्यवसायीहरूले पहिलो यि काम सुधार्नुस्।’ भुक्तानीको समस्या वा अन्य केही समस्या भए त्यस विषयमा खुलेर समस्या राख्नु अनुरोध गरे। जनताको प्रत्यक्ष विकास निर्माणका कामहरूमा संवेदनशील हुन अनुरोध गरेका थिए।
नेपाल निर्माण व्यवसायी महासंघ प्रदेश नं. ५ का अध्यक्ष बलिभद्र रानाले केही निर्माण व्यवसायका कारण सिंगो निर्माण व्यवसायीहरू बदनाम हुने भएकाले यसलाई सुधार्नुपर्ने बताए।
अलपत्र कामहरू पूर्णरूपमा सम्पन्न गर्न सुझाव दिए। ‘काम गर्ने वातावरण छैन वा समयमै भुक्तानी भएको छैन भने हामीलाई भन्नुस्’ कार्यक्रममा उनले भने ‘ति समस्यका समाधान हामी गर्छौ।’
निर्माण व्यवसायी दाङका अध्यक्ष ईश्वर बहादुर पुनको अध्यक्षतामा कार्यक्रम भएको थियो। कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय महासचिव रोशन दाहाल, पूर्व केन्द्रीय उपाध्यक्ष लक्ष्मन राना, घोराही उपमहानगरपालिकाका प्रवक्ता भारत अर्याल, नेपाली काँग्रेस दाङका कोषाध्यक्ष सावित्रा राना, नेकपा दाङका सचिवालय सदस्य विवेक श्रेष्ठ,
त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमाल, राप्ती पोष्ट दैनिकका सम्पादक शरद अधिकारी, दाङ चेम्बर अफ कमर्श दाङका अध्यक्ष श्रीधर महरालगायतले बोलेका थिए। संघका वरिष्ठ उपाध्यक्ष पदम शर्माको स्वागत मन्तब्यबाट सुरूको कार्यक्रमको सहजीकरण सचिव रमेश केसीले गरेका थिए।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here