- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsसडक पक्की, भाडा कच्चीको

सडक पक्की, भाडा कच्चीको

- Advertisement -spot_img

देउखुरी, २३ फागुन। लमही–गढवा सडक पक्की हँुदा पनि सार्वजनिक यातायातमा कच्ची सडकका भाडा लिइने गरेको छ। पक्की हुँदासमेत व्यवसायीहरूले यातायताको भाडादर समायोजन गर्न मानेका छैनन्। सडक पक्की भएपनि यातायात व्यवसायीले कच्ची सडककै भाडा असुल्दै आएका छन्।
पक्की सडक भएपनि भाडादर समायोजन नहुँदा यात्रुहरू मर्कामा परेका छन्। सडक पक्की भएको लामो समय भयो भाडा नघट्दा मर्कामा परेको यात्रुहरूको गुनासो हुने गरेको छ। लमहीदेखि गढवासम्मको दुरी ७ किलोमीटर छ।
त्यसमा प्रतिव्यक्ति भाडा ३५ रूपैयाँ लिइदै आइएको छ। उक्त भाडादर कच्ची सडक हुँदाको हो । कच्चीकै भाडा पक्की सडक हुँदा पनि तिरिरहनु परेको यात्रु रामराय यादवले बताए। मापदण्डअनुसार पक्की सडकमा प्रतिकिलोमीटर २ रूपैयाँ ९० पैसाका दरले भाडादर कायम गरिएको छ। अहिले व्यवसायीले प्रतिकिलोमीटर ५ रूपैँया असुल्दै आएका छन्।
स्थानीयले तत्काल भाडा घटाउन माग गरेका छन्। भाडा घटाएर २० रूपैयाँ कायम गर्नुपर्ने स्थानीयको माग छ। ‘पहिले बाटो कच्ची थियो, कच्चीमा गाडी मारमा पर्छ भनेर ३५ रूपैयाँ भाडादर कायम गरियो, त्यो भाडा तिर्न हामी राजी पनि भयौँ’ गढवाका हिमा अधिकारीले भनिन्– ‘तर बाटो पिच भईसकेपछि त भाडादरमा हेरफेर गर्नुपर्छ नि ?’
नियम विपरीत यातायात समितिले भाडा असुल गर्दा पनि यसतर्फ कसैले ध्यान नदिएको यात्रुको आरोप छ। गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भाडा घटाउनको लागि यातायात ब्यवसायी समितिलाई तत्काल आग्रह गर्ने बताए।
नियम विपरीत यात्रुबाट चर्को शुल्क उठाउन नपाइने अध्यक्ष यादवले बताए। त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालि लमही शाखाका प्रमुख विनोदबहादुर वलीले भाडा घटाउने विषयमा बैठकमा प्रस्ताव लैजाने बताए।
भर्खर समितिको अधिवेशन भएका कारण प्रस्तावका लागि ढिला भएको उनले बताए। ‘पदभार ग्रहणको समयमा सबै शाखाको छलफल हुन्छ, त्यही छलफलमा मैले भाडा घटाउने प्रस्ताव गर्छु’ उनले भने– ‘नियम अनुसार नै भाडादर कायम हुन्छ।’
प्रालिका अध्यक्ष सुरेश हमालले समायोजनको प्रक्रियामा छिट्टै जाने तयारी भएको बताए। केही दिन अगाडी १४ वटा रूटको भाडा समायोजन जिल्ला प्रशासनबाट गरिएको र लमही गढवा पनि केही दिनमै गरिने बताए।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here