- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरदाङमा मास्क अभाव कालोबजारी बढ्यो

दाङमा मास्क अभाव कालोबजारी बढ्यो

- Advertisement -spot_img

घोराही, २२ फागुन। दाङमा मास्कको अभाव देखाइएको छ। मास्कको सहज उपलब्धता नभएको उपभोक्ताहरूको गुनासो गरेका छन्। कोरोना भाईरसको बारेमा चर्चा हुन थालेपछि मास्कको माग पनि बढ्दै गएको छ। माग बढेपछि अभाव देखिएको हो।
सामान्य रूघाखोकी लागेको बिरामीहरूदेखि सुरक्षित अपनाउन चाहनेहरूले मास्कको माग बढ्दै गएको छ। दुई महिनादेखि दाङका मास्क डिस्ट्रीव्यूटर्सहरूमा मास्क आउन छाडेको छ भने स्टकमा रहेको मास्क पनि सकिएको छ।
केही भएका मास्कहरूमा कालोबजारी भएको उपभोक्ताहरूले गुनासो गरेका छन्। घोराहीकी मनिषा पुनलाई सामान्य रूखा लागेको छ। उनले प्राय मास्क प्रयोग गर्थिन्। उनले पहिले जस्तो सहजरूपमा मास्क पाईनन्।
धेरै मेडिकलमा मास्क खोज्दा नपाएपछि उनले एउटा मेडिकलमा २० रूपैयाँमा किनिन्। ‘प्राय मैले यो मास्क १० रूपैयाँमा किन्ने गर्थे, अहिले अभावका नाममा १० रूपैयाँ बढाएछन्’ पुनले भनिन्। घोराहीका प्रकाश शर्माले सोमबार घोराहीका मेडिकलभर मास्क खोज्दा पनि पाएनन्। ‘कोरोना भाईरसको चर्चासँगै सुरक्षित हुनको लागि मास्क किन्न मेडिकलमा गए तर कतै पाएन्’
उनले भने। ‘मलाई सहज लाग्ने मेडिकल मास्क हो, त्यो बजारमा अभाव रहेछ’ उनले भने ‘अब कतै पाईएन भने कपडाको मास्क भएपनि लगाउन पर्ला। दाङमा मास्क आउन छाडेको दुई महिना भईसकेको छ।
काठमाडाँैमा पनि कोरोना भाईरसका बिरामी फेला परेको खबर सार्वजनिक भएपछि दाङबाट पनि मास्कहरू पठाइएको मास्क डिस्ट्रीव्यूटरहरूले बताएका छन्।
मास्क बनाउन कच्चापदार्थ चाईनाबाट आउने हँुदा र चाइनामा नै कोरोना भाईरसको महामारीको रूप लिएपछि उद्योग नै बन्द भएपछि काठमाडौँबाट मास्क पठाइएको थियो। चाईनाबाट काठमाडौँ र काठमाडौँ हुँदै दाङमा मास्क आउने गथ्र्यो।
अहिले मास्क आउने सम्भावना एकदमै न्यून छ भने कुनै–कुनै पसलहरूमा स्टकमा रहेका मास्कहरू पनि महंगो पैसामा बेच्ने गरेका छन्।
कालिका मेडिकलमा भने १५÷२० वटा पिस मात्रै मास्क बचाएका छन्।
‘जताततै मास्कको अभाव छ, हामीले जथाभावी मास्क बेच्ने गरेका छैनौ’ कालिका मेडिकलका प्रोप्राईटर बद्रिकुमार खड्काले भने ‘रूघाखोकी लागेका र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी हेरेर दिने गरेका छौँ।’ मास्कको अभाव रहेकाले व्यक्तिभन्दा पनि बिरामीको अवस्था हेरेर बिक्री गर्ने गरेको उनले बताए।
तुलसीपुर–५ ‘ग’ लाईनमा रहेको पाल्पाली पोलिक्लिनिक प्रालिमा मास्क नै छैन्। ‘हामीले हिजोसम्म मास्क बेच्यौँ, अहिले स्टकमा एउटा मास्क पनि छैन’ पाल्पाली पोलिक्लिनिकका सञ्चालक सुरज ज्ञवालीले प्रदेश टुडेसँग भने ‘मास्क चाहियो भनेर धेरै ग्राहकहरू आउनुहुन्छ, खाली फर्काउनु परेको छ।’
नेपालमा कोरोना भाईरसको चर्चा चलेपछि काठमाडौँबाट अभाव देखाउँदै मास्क नआएको उनले बताए। स्टकको रूपमा रहेका केही मास्कहरू मंगलबारसम्म बिक्री गरेर सकिएको उनले बताए। ‘अभावको कारण देखाउँदै केही मास्क डिस्ट्रिव्यूटर्सहरूले महंगो पैसामा डिल गरे’ उनले भने ‘हामीले लिएनाँै।’
मास्कको सप्लाई गर्दै आएका युनाईटेड साईन्टीफक एण्ड सर्जिकल हाउस प्रालिका बालकुमारी घर्तीले दुई महिनादेखि नै मास्क आउन छाडेको बताए। ‘हामीले काठमाडाँैबाट नै मास्क लिने गर्छौ’ उनले भने ‘काठमाडौँमा नै मास्कको अभाव, हामीलाई कसरी पठाओस्।’
स्टककमा रहेको मास्क पनि मेडिकल, अस्पतालहरूलाई बेचिसकेको उनले बताए। मेडिकल मास्क र कपडा मास्क वितरण गर्दै आएको बताए। मेडिकल मास्कको धेरै माग हुने गरेको बताए।
भारतले पनि मास्क पठाउन बन्द गरेको आयुस सर्जिकल हाउसका सञ्चालक वेगम चन्दले बताए। ‘हामीले चाईना र भारतबाट मास्क ल्याउन गथ्र्यो’ उनले भने ‘चाईना आफै महामारीमा परेको बेला कसरी पठाओस, भारतले पनि अभाव देखाउँदै पठाउन बन्द ग¥यो।’
दुई महिनाभन्दा बढी मास्क आउन छोडिसकेकाले स्टकमा रहेको मास्क पनि सकिन थालेको उनले बताए। अब एक सयवटा मात्र पिस रहेको उनले जानकारी गराए। बजारमा मास्कको माग बढ्न थालेपछि थोक भाउमा २ रूपैयाँ ५० पैसामा पाइने मास्क पसलेहरूले २० रूपैयाँसम्म बेच्ने गरेका छन्।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here