- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरतुलसीपुरका सडकमा जेब्रा क्रसिङ

तुलसीपुरका सडकमा जेब्रा क्रसिङ

- Advertisement -spot_img

तुलसीपुर, २३ फागुन। तुलसीपुर बजारका विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको छ। बढ्दो सवारी दुर्घटना कम गर्ने उद्देश्यले बजार क्षेत्रभित्रका १९ वटा स्थानमा जेब्रा क्रसिङ निर्माण गरेको हो। तुलसीपुर उपमहानगरपालिका वडा नं ५ ले ट्राफिक प्रहरी कार्यालय तुलसीपुरसँग समन्वय गरी जेब्रा क्रसिङ निर्माण गरेको हो।
तुलसीपुर बजार क्षेत्रभित्रका विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको छ। ५ नं वडा कार्यालयले ट्राफिक सचेतना तथा सवारी दुर्घटना न्यूनीकरणका लागि विनियोजन गरेको २ लाख २५ बजार बजेटबाट जेब्रा क्रसिङ निर्माण गरिएको हो।
जेब्रा क्रसिङ वडा कार्यालय र ट्राफिक प्रहरीको सहकार्यमा विरेन्द्र चोक, विपी चोक, वाहिनी चोक, घोराही रोड, जेसिज चोक, सितलपुर चोकलगायत विभिन्न स्थानहरूमा निर्माण गरिएको छ।
पैदल यात्रुले जथाभावी सडक वारपार गर्दा सवारी दुर्घटना बढ्ने सम्भावना धेरै भएकाले ट्राफिक प्रहरीको समन्वयमा वडाले जेब्रा क्रसिङ निर्माण गरेको वडा नं ५ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहले बताए।
बजार क्षेत्रको केही स्थानबाहेक सबै ५ नं. वडामा पर्ने भएकाले वडाले बजेट बिनियोजन गरी जेब्रा क्रसिङ निर्माण गरेको हो। हाम्रो वडा बजार क्षेत्रसँग जोडिएको छ’ उनले भने ‘योसँगै हामीले ट्राफिक सचेतनासम्बन्धी फ्लेक्स बोर्ड, स्टिकर टाँस्ने तयारी समेत गरेका छौँ, अबको केही दिनमा त्यो पनि पूरा हुनेछ।’
बजार क्षेत्रभित्रका सडकहरूमा जेब्रा क्रसिङ निर्माण गर्ने जिम्मा सडक विभागको भएपनि वडा आफैले निर्माण गरेको उनको भनाइ छ। लामो समयदेखि विभागले आश्वासन मात्र दिँदै आएको उनले बताए।
सडकको अवस्था नाजुक बन्दै जाँदा सवारी दुर्घटना बढ्न सक्ने भन्दै समयै स्थानीय बजारमा उपलब्ध रङको प्रयोग गरिएको उनले बताए। सरकारले गुणस्तरीय रङको प्रयोग गर्दछ, उनले भने ‘थोरै बजेटले धेरै काम गर्नुपर्ने भएकाले बजारमा उपलब्ध रङको प्रयोग गरेका छौँ।’
वडाले विनियोजन गरेको बजेटबाट मुख्य सडक तथा चोकहरूमा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी पर्चा टाँस्ने, सडक नाटक प्रस्तुत गर्ने, विद्यालय तथा समुदायसँग सहकार्य गरी सचेतना फैलाउने काम भएको वडा सदस्य सुरेश श्रेष्ठले बताए।
ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख मनपरी ढंगले सडक वारपार गर्दा वा सवारी चलाउँदा दुर्घटना बढ्दै जान थालेपछि उपलब्ध श्रोत साधनको प्रयोग जेब्रा क्रसिङ बनाईएको बताए।
पछिल्लो समय सडक सुरक्षा सबैका लागि चुनौतीको विषय बन्दै गएको उनको भनाइ छ। जेब्रा क्रसिङ आधुनिक किसिमको हुने गर्दछ तर हामीले बजारमा पाईने रोड मार्करको प्रयोग गरेका छौँ, उनले भने ‘सडक विभागले प्रयोग गर्ने रङ नभएपनि सडक सफा गरी रङ लगाएकाले एक वर्षसम्म टिक्न सक्ने अनुमान छ।’
प्रभावकारी रूपमा यसलाई प्रयोगमा ल्याई सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि चोक–चोकमा ट्राफिक प्रहरीहरू खटिएको उनी बताउँछन्। जथाभावी बाटो काट्ने बालक, बृद्ध तथा जानकार विहिन व्यक्तिहरूलाई टूाफिक प्रहरीले सचेत गराउँने काम गर्दै आएको उनको भनाई छ।
बनाईएका पूर्वाधारहरूलाई आम नागरिकले महत्व दिएर प्रयोग गर्नका लागि उनीहरूले आम नागरिकहरूलाई आग्रहसमेत गरेका छन्। सानो लापरवाहीका कारण ठुलो र्दुघटना हुन सक्ने भन्दै संवदेशील भएर सडक सुरक्षा अपनाउनुपर्ने बताए।
यस्तै बाटो कहाँ र कसरी वारपार गर्नुपर्छ ? भन्ने विषयमा जानकारी लिन र दिनका लागि उनीहरूले सबैमा अनुरोध समेत गरेका छन्।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here