- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरफर्म खाली, बाख्रा घर–घरमा

फर्म खाली, बाख्रा घर–घरमा

- Advertisement -spot_img

रूकुम (पश्चिम), २३ फागुन। रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ६, ७, ८ मा रहेका तीनवटा बाख्रा फर्म खाली भएका छन्। गाउँपालिकाको वडा नम्बर ६ मा रहेको सितल गुफा बाख्रा फर्म, वडा नम्बर ७ मा रहेको दलित बहुउद्देश्यीय बाख्रा फर्म, वडा नम्बर ८ मा रहेको संयुक्त दलित बहुउद्देश्यीय बाख्रा फर्म चार महिनादेखि खाली भएका हुन्।
फर्ममा रहेका बाख्राहरू फर्म सञ्चालकले घरतिर लगेपछि फर्म खाली भएका हुन्। फर्ममा बाख्रा मर्न थालेपछि बाख्रा घरतिर लगेको फर्म सञ्चालकले बताएका छन्।
दलित नमुना बस्ती बनाउने उद्देश्यले गाउँपालिकाको वडा नम्बर ६, ७, ८, मा कर्णाली प्रदेश सरकारको ३६ लाखको लगानीमा सञ्चालनमा आएको बाख्रा फर्म भदौको पहिलो साताबाट शुरू भएको हो।
तीनवटा बाख्रा फर्मले दाङबाट सय÷सय बाख्रा किनेर फर्म सञ्चालन गरेको र दुई महिनापछि बाख्रा मर्न थालेको र चिसोबाट बचाउनको निम्ति फर्म सञ्चालन गरेको दुई किलोमीटर टाढा अर्थात् वडा नम्बर ६ र ८ का बाख्रा फर्म सञ्चालकहरूले बाख्रा घरमै ल्याएर पालेको सितल गुफा बाख्रा फर्मका अध्यक्ष रतिलाल सार्कीले बताए।
वडा नम्बर ७ मा रहेको दलित उद्देश्य बाख्रा फर्मका ६० वटा बाख्राहरू मरेपछि शेयर सदस्यहरूले प्रतिगोटा २ का दरले बाँडेर पाल्न सुरू गरेको बाख्रा फर्मका सल्लाहकार तथा कार्यपालिका सदस्य सेरू विकले बताए।
फर्ममा सामूहिक बाख्रा पाल्ने उद्देश्यले ल्याएका बाख्राहरू घरमा लिनुपर्ने केही बदमासी भएको हुन् सक्ने स्थानीयहरूले आरोपसमेत लगाएका छन्। संयुक्त दलित बहुउद्देश्यीय फर्मका अध्यक्ष विकले बाख्रा फर्ममा काम गर्नको लागि राखिएका कर्मचारीले पनि वास्ता नगरेको बताए।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here