- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसम्पादकीयकोरोना सतर्कता

कोरोना सतर्कता

- Advertisement -spot_img

विश्वभरी अहिले कोरोना भाइरसको सन्त्रास छ। चीनबाट सुरू भएको कोरोना अहिले विश्वभरी त्रसित बनाइरहेको छ। यसले सयौंको मृत्यु भइसकेको छ। त्यसको प्रभाव र त्रास नेपालमा पनि भएको छ। कोरोनाको सर्तकताका लागि नेपालभित्र सर्तकता पनि अपनाउन थालिएको छ।
विश्व स्वास्थ्य संगठनले नेपाल पनि कोरोना भाइरस (कोविड –९) को संक्रमणको उच्च जोखिममा रहेको पुष्टि गरिदिएपछि यहाँ सावधानी अपनाउनुको विकल्पकै देखिदैन।
तत्काल सावधानी र सर्तकता अपनाउन अनिवार्य छ। कतिपय कुरामा राज्यले त्यो सर्तकता अपनाई पनि रहेको देखिन्छ। अहिलेसम्म नेपालमा कोरोना भाइसरको संक्रमण भएको थाहा भएको छैन।
त्यस्ता बिरामी पनि नदेखिदा केही सुरक्षित छ। यसलाई संक्रमितहरू स्वास्थ्य संस्थासम्म पुगेका छैनन् की भनेर सोच्नु पनि आवश्यक छ। आशा छ नेपाल संक्रमणमुक्त नै छ। त्यस अवस्थामा पनि विदेशबाट कोरोना संक्रमित व्यक्ति नेपाल नआऊन् र नेपालमा कसैलाई संक्रमण भएको भेटिए पनि तत्काल सुरक्षित रूपमा उपचार हुने ब्यवस्था हुन सकोस्।
सरकारले कोरोनाको जोखिमलाई मध्यनजगर गर्दै केही महत्वपूर्ण प्रयासहरू त थालेको छ। सरकारको यो प्रयासलाई स्थानीयस्तरसम्ममा पनि पु¥याउने काम भइनै रहेको छ। स्थानीय प्रशासनदेखि स्थानीय सरकारले समेत सार्वजनिक सूचना गरेर सर्तकता अपनाउन आग्रह गरिरहेका छन्। सभा, सम्मेलन, भेलालगायतका कार्य नगर्न समेत आग्रह गरिरहेकै छन्।
यसमै रहेका शैक्षिक सत्रको अन्तिममा हुने वार्षिक परीक्षाको समयसमेत केही छिटो सारेर परीक्षा सञ्चालन गर्ने तयारी गरिनुले पनि सुरक्षा र सर्तकतामा सबै जागरूक भएको देखिन्छ। प्रयास गर्नुमात्रै भन्दा पनि संक्रमण पछिको अवस्थाको आँकलन गरेरसमेत अहिले गतिविधि सञ्चालन हुनेले सकारात्मक सजकता देखाएको छ। यो वर्ष नेपालका लागि भ्रमण वर्ष पनि हो।२०२०लाई नेपाल सरकारले भ्रमण वर्षको रूपमा लिएको छ।
यो अवस्थामा नेपाल अझ सजक र सर्तक बन्नुपर्ने अवस्था छ। यो अवस्थामा विदेशीहरूको आगमन र नेपालीको विदेश यात्र तत्काल रोक्नुपर्छ। यो रोक्न सकेमा पनि नेपाल कोरोना भाइरसबाट बच्न सक्ने आधार हुनसक्छ। अल्पविकसित मुलुकमा यस्ता खाने महामारी भित्रिएमा ठूलो क्षति हुनसक्छ। यसतर्फ पनि सोच्न जरूरी छ।
कोरोनाको प्रभावको सजकताका लागि शिक्षा मन्त्रालयले चैत ५ गतेभित्र वार्षिक परीक्षा सञ्चालन गरी सक्न दिनएको निर्देशन दाङका स्थानीय तहहरूले कार्यान्वयन गर्न थालेका छन्। फागुन २८ गतेदेखि १ कक्षा देखि ९ कक्षासम्मको परीक्षा सक्ने तयारी छ। सर्तकताका लागि त यो ठिक छ तर यसको व्यवस्थापनको बारेमा भने पक्कै सोच्नुपर्छ।
परीक्षाका लागि रहेको विश्वस्नीयता कायम गर्न सक्नुपर्छ। कोरोनाका कारण सबै अस्तव्यस्त बनाउने भन्दा पनि संक्रमणबाट पनि बच्ने उपाय सोचेर प्रभावकारी सजकता आवश्यक नै छ। जहाँ जस्तो जे भए पनि कोरोना सजकता अपनाऊ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here