- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsफागुन २८ देखि वार्षिक परीक्षा

फागुन २८ देखि वार्षिक परीक्षा

- Advertisement -spot_img

शिक्षा मन्त्रालयको निर्देशन पछि …
दाङ, २२ फागुन । दाङका विद्यालयहरूले फागुन २८ गतेदेखि वार्षिक परीक्षा सञ्चालन गर्ने भएका छन् । चैत पहिलो सातादेखि तोकिएको वार्षिक परीक्षा शिक्षा मन्त्रालयको निर्देशन र विश्वमा फैलिएको कोरोना भाइरसको त्रासका कारण फाुगन २८ देखि नै वार्षिक परीक्षा गर्न लागिएको स्थानीय सरकारले बताएका छन् ।
जिल्लामा रहेका प्राय सबै स्थानीय तहका शिक्षा शाखा तथा प्रमुख प्रशासकीय अधिकृतले सार्वजनिक रूपमा नै सूचना जारी गरी यस्तो निर्णय गरिएको बताएका छन् ।
आगामी चैत्र ५ गतेसम्म परीक्षा लिईसक्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण विद्यालयहरूलाई उच्च सर्तकता उपनाउन निर्देशन दिदै चैत्र ५ गतेसम्ममा कक्षा १ देखि कक्षा ९ सम्मको परीक्षा सञ्चालन गरिसक्न निर्देशन दिएको थियो ।
सोही निर्णयलाई कार्यान्वयन गर्दे सबै स्थानीय तह, सबै विद्यालयहरू कार्यान्वयनतर्फ लागेका हुन् । मन्त्रालयले आगामी चैत्र ५ गतेभित्र परीक्षा लिईसक्नुपर्ने निर्देशन दिएसँगै जिल्लाका सबै तहले परीक्षाको तयारी तिव्र पारिएको छ ।
पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले उच्च सर्तकता अपनाउन सरकारले दिएको निर्देशन सकारात्मक भएकाले परीक्षा फागुन २८ गतेदेखि सञ्चालन गर्ने गरी तयारी थालिएको तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख भाष्कर गौतमले बताए ।
शिक्षा महाशाखाले नगरक्षेत्रभित्रका निजी तथा सामुदायिक विद्यालयको परीक्षा चैत पहिलो सातामै सम्पन्न गरिसक्ने गरी प्रश्नपत्र र उत्तरपुस्तिका व्यवस्थापन कार्य तिव्र बनाएको उनले बताए ।
पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले उच्च सर्तकता अपनाउन सरकारले दिएको निर्देशन सकारात्मक भएको उनको भनाइ छ । सरकारको निर्देशन अनुसार चैत ५ गतेभित्र परीक्षा लिईसक्ने गरी सबै विद्यालयहरूले तयारी रहेको उनले बताए ।
‘हामीले समयभित्र परीक्षा सञ्चालन गरिसक्ने छौँ, उनले भने– ‘एक दिनमा दुईवटा विषयको परीक्षा लिएर भएपनि पहिलो सातामै परीक्षा सकिन्छ ।’
घोराही उपमहानगरपालिकाले पनि आगामी फागुन २८ गतेदेखि सबै विद्यालयहरूमा परीक्षा सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिएको छ ।
आफ्नो उपमहानगरभित्र रहेका सामुदायिक तथा निजी विद्यालयहरूलाई चैत ५ गतेभित्र परीक्षा लिईसक्ने गरी निर्देशन दिएको घोराही उपमहानगरपालिका शिक्षा शाखा प्रमुख विनोद गौतमले बताए ।
आकस्मीक रूपमा आएको शिक्षा मन्त्रालयको निर्देशनले सबै विद्यालयलाई अन्यौल पारेको छ । पूर्वतयारीका लागि समय कम भएपनि समयभित्र परीक्षा लिईसक्ने गरी परीक्षा सामाग्रीको व्यवस्थापनमा सबै विद्यालयहरू सक्रिय भएको उनले बताए ।
यस्तै दंगीरशण गाउँपालिका, लमही नगरपालिकालगायत अन्य स्थानीय तहमा पनि फागुन २८ गतेदेखि कक्षा १ देखि कक्षा ९ सम्मको वार्षिक परीक्षा लिने तयारी भईरहेको छ ।
सरकारको जारी गरेको सूचना सबैका लागि संवेनशील भएकाले समय र परिस्थिति अुनसार परीक्षा समयभन्दा अगाडि नै सञ्चालन गर्नुपरेको बताएका छन् । तर प्रश्नपत्र छाप्ने काम पूरा नभईसकेकाले सबै पालिकाहरूमा परीक्षा सञ्चालनमा समस्या देखिएको छ ।
यसैबीच नेसनल प्याब्सन र प्याब्सनले पनि समयमै परीक्षा लिईसक्ने गरी तयारी सुरू गरेको बताएका छन् । सरकारको निर्देशनलाई सकारात्मक तर आकस्मीक भएकाले परीक्षा सञ्चालन गर्न गाह्रो महसुस भएको प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष मधुसुदन केसीले बताए ।
सुरक्षा सावधानी अपनाउनका लागि शिक्षा मन्त्रालयले दिएको निर्देशन एकदमै राम्रो हो, तर काम धेरै समय थोरै भयो, उनले भने– ‘सकेसम्म तोकिएको समयभित्रै परीक्षा सक्ने योजनामा लागेका छाँै । प्रयास २८ गतेदेखिकै छ ।
नेसनल प्याब्सन दाङका अध्यक्ष विमल गौतमले सबै विद्यालयमा तोकिएको समयभन्दा एक÷दुई दिन ढिला हुन सक्ने बताए । ‘परीक्षा सञ्चालनका लागि कम्तिमा एक हप्ताको पूर्वतयारी चाहिन्छ’ उनले भने–
‘प्रश्नपत्र, उत्तरपुस्तिका एवं आवश्यक परीक्षा सामाग्रीहरूको व्यवस्थापन भई नसकेकाले अलि जटिल भएको छ, तर हामी सकेको प्रयास गर्ने छौँ ।’ आकस्मिक रूपमा परीक्षा सञ्चालन गर्दा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूमा अन्यौलता उत्पन्न भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here