- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरसिसी मनलाई ऋषि मन नबनाएसम्म

सिसी मनलाई ऋषि मन नबनाएसम्म

- Advertisement -spot_img

हामी सिसी भन्ने बित्तिकै जाँड, रक्सी, अल्कोहल लगायतका नसाजन्य पदार्थ र मद्यपानपानलाई मात्र लिने नगरौं । सिसी मन भनेको त्यस्तो मन हो जुन मनले सकारात्मकभन्दा नकारात्मक बढी सोच्दछ ।
सिसी मनले सकारात्मक कुरालाई जित्न सक्दैन र नकारात्मक कुरालाई हार्न सक्दैन । भनिन्छ ९त्जष्लप उयककष्तष्खभ, द्यभ उयककष्तष्खभ बलम म्य उयककष्तष्खभ० अर्थात् सकारात्मक सोंच, सकारात्मक बन र सकारात्मक गर ।
संसार जित्ने नै सकारात्मक सोंच र विचारले हो । हिजो ज्ञानी, महामानव, योगी, ऋषि, तपस्वी, ऋषिमुनी पनि सकारात्मक विचार र भावनाले नै सिद्ध र प्रसिद्ध भएका हुन् ।
आज हामीमा यो सकारात्मक सोंच, विचार नै सिद्ध र प्रसिद्ध भएका हुन् । आज हामीमा यो सकारात्मक सोंच, विचार र भावना हराउँदै गएको छ । कसैले राम्रो काम गरेपनि त्यसको उर्जा, बल, नासिने गरी हामी त्यसलाई नकारात्मक कोणबाट बुझ्न र बुझाउन थाल्दछौं ।
कसैले नराम्रो काम गरेपनि त्यसको अछितोकादन शुरू गछौं । कोही राम्रो काम गरेर दुःख पाएको छ भने हामी आफू राम्रो काम गर्न डराउँछौं । कसैले नराम्रो काम गडरेर सुख पाएको छ भने हामी आफूले पनि नराम्रै काम गर्ने चेष्टा गर्दछौं ।
राम्रो सदाका लागि राम्रो हुन्छ र नराम्रो सदाका लागि नराम्रो हुन्छ भन्ने हामीमा ख्याल हुँदैन र ख्याल भएपनि त्यसको प्रयोग व्यवहारमा देखिदैन । जसले जे गरेर कमाएको छ र रमाएको छ, त्यसैमा हाम्रो तन जान्छ, मन जान्छ,
ध्यान जान्छ, सोंच जान्छ र विचार जान्छ । सुखी जति नराम्रा कामले भएका हुन् र दुःखी जति राम्रा कामले भएका हुन् भन्ने सोंचको हावी भइसकेको छ ।
नराम्रो कामको जग बसाल्नको लागि र नकारात्मक सोंचको हालीमुहाली गराउनको लागि यो समयका मानिसले भनौं या हामीले भनौं आफ्नो नारा वा मूलमन्त्र बनाई सकेका छौं र भन्दैछौं ‘जसले गर्छ धर्म, उसको फुट्छ कर्म ।’ सम्मान पनि धर्मकै छ ।
त्यस्तै जसले गर्छ पाप, उसको हुन्छ फलिफाप, त्यसले सम्मान पनि पापकै छ । धर्म भनेको पनि सकारात्मक सोंच हो, जसलाई ऋषि मन भनिन्छ । पाप भनेको नै नकारात्मक सोंच हो, जसलाई सिसी मन भनिन्छ ।
धर्म र पापका कुरा गर्दा पछिल्लो समयमा पापकै वर्चश्व र जित छ । किनभने पापकै कारण सबैका लागि राम्रो भएको सन्देश प्रवाह गरिदै छ । कुनै पनि व्यक्ति, शक्ति, संगठन, मोर्चा आदि सबै पाप कर्ममा नै उद्यत छन् ।
सबैलाई नकारात्मक सोंच्न कैयौं समय छ तर सकारात्मक सोंच्नका लागि कसैलाई पनि सेकेण्डको समय छैन । कसैले आफूमाथि भलो चिताए पनि त्यसको अर्थ कुभलो नै छ ।
मानिसले मानिसको मन जित्न सकारात्मक भन्दा नकारात्मक बढी हुनुपर्ने बेला भएको छ । सकारात्मक कुरा बढी गरियो भने त्यसको प्रतिकार गर्ने क्षमता नै कम हुने गर्दछ ।
सकारात्मक विचारले मानव मस्तिष्कमा गहिरो छाप बसाल्न नसकिने कुराको पुष्टि हुँदैछ । सकारात्मक चिन्तन र मनन् गर्ने परिपाटीको नै अन्त्य हुँदैछ । हामी सबैकुरा दिगो, दिगो भरपर्दो, विश्वासिलो र पत्यारिलो पनि खोज्दै छौँ र सकारात्मकलाई पनि रोज्दै छौं ।
यसरी नकारात्मक प्रिय बन्दै जाने हो भने कसरी हाम्रा जिज्ञासा पूरा हुन सक्छन् ? एउटा मानवले अर्को मानवलाई चिन्ने, जान्ने, बुझ्ने आधार फरक छन्, पृथक छन, भिन्न छन् र बेग्लै छन् ।
आफूजस्तै नकारात्मक प्रेमीलाई चिन्ने र नजान्ने संस्कृतिको विकास हुँदैछ । मानवले मानवको सूचांकलाई चिन्न नसक्नु र ग्रहण गर्न नसक्नु कस्तो विडम्बना हो ?
एउटा मानवका लागि जसरी यो प्रकृति समान छ, त्यसरी नै सारा मानव प्राणी र सजिव प्राणीका लागि पनि यो प्रकृति समान छ । किनभने प्रकृतिमा समान नियम, कानुन, विधि र संस्कार छ ।
जसले यो सिंगो दृष्टि र सिंगो सृष्टिको मानवलाई यो धर्तीमा अवतरण गरायो त्यस्तो प्रकृतिको नियम, कानुन समान हुने तर जो–जो यो प्रकृतिमा सृष्टि भए ती सबै मानव प्राणी आफ्ना सोंच र विचारका आधारमा पृथक भए । ती सबै मानव प्राणी आफ्ना सोंच र विचारका आधारमा पृथक बन्न खोज्ने जो नीतिभन्दा बाहिरको व्यवहार छ ।
आज त्यसैले मानवलाई सिसी मन बनाइरहेको छ । हामी दिनानुदिन अनुकूलभन्दा प्रतिकूल र सकारात्मकभन्दा नकारात्मक विचारकै आदानप्रदानमा समय गुजारिरहेका छौं ।
सबैका लागि प्रतिकूल सन्देश र समाचार प्यारो लाग्दैछ । किन भने नकारात्मक सोंचको खेती चलिरहेको बेला अनकूलको सन्देश किन मन पथ्र्यो र ?

यदि आज तिमी, हामी सबैमा चलेको मन ऋषि मन हो भने मानव कल्याणका लागि भएको भनेर उदाहरण पेश गर र मनलाई उल्टाई पल्टाई देखाउने अभ्यास गर । यदि आजको समयले चलाएको व्यवस्था र अवस्था साँचो हो भने जनताको ओठको हाँसो वा आँखाको आँसु प्रत्यक्ष छामेर पुष्टि गर ।

देख्ने वा आँखा र सुन्ने कानको दूरी पनि चार अंगुलको फरक छ । देखेको सत्य सुनेजस्तो हुन नसक्छ र सुनेको सत्य देखेजस्तो नहुन पनि सक्छ ? तसर्थ प्रथम आफ्नो मनभित्रको ढुकढुकी रुपी मनलाई छाम, त्यो केबाट सञ्चालित ? त्यो कुरा जान ।


समय विकसित हुने क्रम भएको कुरा सबैलाई अवगत भएको कुरा हो । समय गतिशील भएको कुरा पनि सबैलाई जानकारी भएकै कुरा हो । तर समयले विकास गर्न खोजेको कुरा के हो ? भने युग नयाँ भएपनि चिन्तन सकारात्मक र अनुकूल अर्थात् हिजोको सयमलाई पुरानो युग भनिए पनि हिजोको सोंच,
चिन्तन र विचार आजको जस्तो नकारात्मक र प्रतिकूल थिएन नि ? हिजो सबैले राम्रै राम्रो काम गर्दा कसैलाई पनि न राम्रो काम गर्ने जोश, जाँगर, उत्प्रेरणा, हौसला र उर्जा प्राप्त हुँदैनथ्यो । सबैमा समान भावनाले डेरा जमाएको थियो ।
तर आज त्यस्तो पटक्कै छैन । सबैले नराम्रो काम र नकारात्मक सोचिरहेको बेला कोही कसैलाई राम्रो काम गर्न पनि हिम्मत, जोश, जाँगर, साहस र प्रेरणा नमिल्ने अवस्था सिर्जना भएको छ ।
सबै यस्तै–यस्तै सोंच विचार, भावना, मानसिकता र कर्मले चर्चित र आजित भएका छन् भने किन त्योभन्दा फरक बन्न कोसिस गर्नु ? सबैका लागि समय त यस्तै रहेछ । त्यसैले सबैले नै यस्तै–यस्तै सोंच राखौं । यही विचारको मन्थन र गन्थनले आज सबैको मन ग्रसित छ ।
आज सबैलाई चिन्ता र चासो छ– मेरो छोरो बिग्रियो, मेरी छोरी बिग्रियो, मेरो श्रीमान बिग्रियो, मेरी श्रीमती बिग्रियो, मेरो परिवार बिग्रियो, मेरो छिमेकी बिग्रियो, मेरो समाज बिग्रियो, मेरो देश बिग्रियो, मेरो राष्ट्र बिग्रियो, मेरो मुलुक बिग्रियो, मेरो माटो बिग्रियो,
मेरो शरीर बिग्रियो, मेरो चेतना बिग्रियो, मेरो बुद्धि बिग्रियो, मेरो विचार बिग्रियो, मेरो सोंच बिग्रियो र मेरो मन बिग्रियो । सबै बिग्रिएर लैजानमा मनको नै ठूलो भूमिका हुँदो रहेछ ।
यदि मन नबिग्रिएको भए सायम यति थरिका तह, क्षेत्र र सतह र भू–मण्डल बिग्रिने थिएन होला । मन बिगार्ने के ले हो त ? मन बिग्रदा यति धेरै कुरा बिग्रिने गर्दछन् भने यो मनलाई सपार्ने काममा नलाग्ने किन ?
मनबाट सञ्चालित तन, धन र जन हुन् भने यसको आवेगमा फस्ने किन र बस्ने किन ? सबैले आफ्नो मनलाई ऋषि मन नबनाउने किन ? ऋषि मनले नै महामानव बन्न र भन्न सकिन्छ भने मनलाई शुद्धिकरण गर्दा के आपत्ति ? मानव जगत सञ्चालित हुने त यही मनबाटै नै रहेछ नि ? यदि यो मनलाई चोखो, शुद्ध,
पवित्र र सकारात्मक बनाउने बित्तिकै सबै कुरा सही भएर आउँछ भने त्यतातिर ध्यान किन नदिने । सर्वप्रथम मन हाम्रो बश र काबुका छकि छैन ? यदि यो मनले शरीरलाई काबुमा राखेको छ भने त्यसको कुरा नगरौं ।
यदि यो शरीरले यो मनलाई परिवर्तन गरौं । साँचो अर्थ के हो ? भने मान्छेले गर्न खोजुको हरेक र यावत कुरा मान्छेकै लागि हुन् । यदि एउटा मान्छेले गरेका हरेक गतिविधि क्रियाकलाप अर्को कुनै मान्छेसँग सम्बन्धित राख्दछ भने त्यसको लेखाजोखा किन नगर्ने ?
आज यो धर्तीमा जसले जो कर्म गरेपनि मानवकै लागि त गर्ने हो ? मानवभन्दा पर गएरू कसैलाई सोचिएको पनि छैन र सम्बोधन पनि गरिएको छैन । यदि सबै कर्म र काम मानवकै खातिर हुन् भने हामी कस्तो बन्ने ?
प्रश्न यही हो र यही प्रश्न नै जटिल हो । काम कसका लागि ? मानवका लागि । काम कस्तो ? सपनादेखि जस्तो । यसमा कुनै तालमेल छ ? मान्छे सपनामा बाँच्न सक्छ । मान्छे सपनामा जीउन सक्छ । मान्छे सपना पिउन सक्छ ?
मान्छे सपनामा पिउन सक्छ ? मान्छे सपनामा खान र लगाउन सक्छ ? सपना त एक दृश्य र परिकल्पना मात्र हो । असली देख्ने, भोग्ने, सुन्ने र चुन्ने भनेको त प्रत्यक्ष विपना नै हो । त्यसैले मानवद्वारा निर्मित र मानवद्वारा सिर्जित कर्महरू मानवप्रिय हुने कि नहुने ? हामी सबैले सोचेको कसका लागि हो ?
किनभने यदि मानवभन्दा पर र वर छ भने यसको व्याख्या नगरौं ? यदि साँच्चिकै मानवमैत्री कर्ममा हामी जागेका, लागेका र त्यालेका छौँ भने सर्वप्रथम मनलाई परिवर्तन गर्ने कि ? आजको विकसित मनले असली मानव मैत्री होला कि नहोला ?
गम्भीर मनन् गरौं न ? सबैले मान्छेको मन जितेको दाबी गर्छन् र भन्ने गर्छन् मनै मानवका लागि वैकल्पिक शक्ति र स्रोत हुँ । यो पुष्टि गर्ने कसले र कसरी ? जो वैकल्पिक शक्ति र स्रोत हुँ । यो पुष्टि गर्ने कसले र कसरी ?
जो वैकल्पिक शक्ति हो, उसको मन कस्तो छ ? ऊ केबाट सञ्चालित छ ? ऊ ऋषिबाट सञ्चालित छ वा सिसीबाट सञ्चालित छ ? यसो भन्नुको अर्थ हो, ऊ सकारात्मक भावनाले अभिप्रेरित छ वा नकारात्मक भावनाले त्रसित र ग्रसित छ । यसको छिनोफानो नहुँदासम्म कसरी भन्ने कि ऊ सर्वेसर्वा हो ।
विचारको शक्तिलाई बदल्ने भनेको नै मन हो । विचारको धनी बनाउने पनि मन नै हो । मनबाट सञ्चालित मानव मनलाई नियन्त्रण गर्न सकेन भने कसरी ऊ विजय प्राप्त गर्छ र कसरी ऊ विजय घोषित हुन्छ ?
विचारको शक्तिलाई बदल्न सक्ने क्षमता नहुनेमा कसरी कामप्रतिको विश्वासिलो आधार बन्दछ ? सफलताका नाममा चल्ने, बल्ने, हिड्ने, जाग्ने र जगाउने कैयौँ व्यक्ति, शक्ति, संगठन र मोर्चा छन् ।
तर सफलता प्राप्त गरेका र मानव कोटीबाट महामानवमा गएका र जान सकेका कति छन् ? त्यसको हिसाब गर्ने कि नगर्ने ? यदि आज चलेको मन साँचो हो भने त्यो मनले गरेका यावत कर्महरू जनहित र राष्ट्र हितमा भएको पुष्टि गर ।
यदि आजको समयमा देखेको र देखाएको सपना साँचो हो भने त्यसलाई पनि विपना साकार पार्ने कोसिस गर, जमर्को गर, अभ्यास गर र प्रयास गर ।
यदि आज तिमी, हामी सबैमा चलेको मन ऋषि मन हो भने मानव कल्याणका लागि भएको भनेर उदाहरण पेश गर र मनलाई उल्टाई पल्टाई देखाउने अभ्यास गर ।
यदि आजको समयले चलाएको व्यवस्था र अवस्था साँचो हो भने जनताको ओठको हाँसो वा आँखाको आँसु प्रत्यक्ष छामेर पुष्टि गर । देख्ने वा आँखा र सुन्ने कानको दूरी पनि चार अंगुलको फरक छ ।
देखेको सत्य सुने जस्तो हुन नसक्छ र सुनेको सत्य देखेजस्तो नहुन पनि सक्छ ? तसर्थ प्रथम आफ्नो मनभित्रको ढुकढुकी रूपी मनलाई छाम, त्यो केबाट सञ्चालित ? त्यो कुरा जान ।
यदि सिसी मनबाट सञ्चालित छ भने तुरून्त आफूलाई सुधार । यदि ऋषि मनबाट सञ्चालित छ भने त्यसलाई छोड्ने त्याग्ने, भुल्ने, बिर्सने, टुटाउने, फुटाउने काममा नलाग ।
यो समय जसरी सबैका लागि समान छ त्यसरी नै तिमी हामीभित्रको मन पनि सबैका लागि समान बनाउने अभियानमा लागौं । मनको विनाको तन र तन विनाको धन के अर्थ छ र ? मन नै विश्वको रिमोर्ट कन्ट्रोल हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here