- Advertisement -spot_img
Saturday, June 19, 2021
Homeफिचर‘तालिम वर्षको रुपमा विकास गर्दैछौं’

‘तालिम वर्षको रुपमा विकास गर्दैछौं’

- Advertisement -spot_img

दाङमा नेसनल प्याब्सनअन्तर्गत ७९ विद्यालय छन् । शिक्षाको गुणस्तरियताका लागि ती विद्यालयले विभिन्न किसिमले आफ्ना क्रियाकलाप सञ्चालन गरिरहेका छन् ।
शिक्षामा सरकारलाई निजी विद्यालयले सहयोग गरेपनि सरकारले सहयोग नगरेको निजी विद्यालय सञ्चालक बताउने गरेका छन् ।
सरकारले निजी विद्यालयलाई साँघुरो घेराभित्र राखेर समस्यामा पार्ने गरेको निजी विद्यालय सञ्चालकको गुनासो छ । नेसनल प्याब्सन दाङले आफ्नो सदस्य विद्यालयको हकहितका लागि काम गरिरहेको छ ।
अहिले एन प्याब्सनमा नयँँ नेतृत्व चयन भएको छ । नेसनल प्याब्सन दाङका अध्यक्ष विमल गौतमसँग आजको अंकमा कुराकानी गरेका छौं ।


एन प्याब्सनको नयाँ नेतृत्वमा आउनु भएको छ, कार्ययोजना के छन् ?

नेशनल प्याब्सन दाङले बिगत पाँच वर्षदेखि नै शैक्षिक क्रियाकलापमा निरन्तर सक्रिय छ । हामीले विशेषगरी शिक्षासँगै अतिरिक्त क्रियाकलापका कार्यक्रम पनि गर्ने गरेका छौँ ।
विद्यार्थीलाई कितावी कुराको मात्रै नभई बाहिरी ज्ञानको विकास गराउन विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने गरेका छौँ । एन प्याब्सन दाङको पाँचौँ अधिवेशनले मलाई जिम्मेवारी सुम्पिसकेपछि मैले गर्नुपर्ने थुप्रै काम छन् ।
शिक्षाको गुणस्तरियतासँगै विद्यार्थीलाई बाहिरी क्रियाकलापमा आवद्ध गराउने कामलाई निरन्तरता दिनेछौँ । केही नयाँ कार्यक्रम पनि अघि सारेका छौँ ।

नयाँ कार्यक्रम के छन् ?

निजी विद्यालयले शैक्षिक गुणस्तरमा अहिले पनि महत्वपूर्ण भूमिका खेलेका छन् । यसको साखलाई बचाई राख्नका लागि हामीले पहिलो वर्षलाई तालिम वर्षको रूपमा नै घोषणा गरिसकेका छौँ ।
तालिम वर्ष भनेको नेसनल प्याब्सन अन्तर्गत रहेका निजी विद्यालयहरूका शिक्षकशिक्षिकालाई तालिम प्रदान गरी शिक्षामा नयाँ आयाम थप्ने अपेक्षा लिएका छौँ । निजी विद्यालयप्रति अभिभावक तथा विद्यार्थीमा बढ्दै गएको विश्वासलाई हामीले थप बलियो बनाउने छौँ ।
कार्यकालको पहिलो वर्षभरी जिल्लाका तुलसीपुर, घोराही र लमहीलगायतका स्थानका शिक्षक, शिक्षिकालाई तालिम प्रदान गर्ने योजना बनाएका छौँ । बाँकी दुई वर्षमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिनुका साथै अरू आवश्यकता अनुसार थप गर्दै लैजाने योजना बनाएका छौँ ।

निजी विद्यालय र सरकारबीचमा तारतम्य किन मिल्न नसकेको हो ?

शिक्षाको गुणस्तरियताका लागि निजी विद्यालय सामुदायिक विद्यालयको तुलनामा निकै अब्बल छन् । सरकारलाई हामीले सहयोग गरिरहेका छौँ,
के अर्थमा भने सरकार आफैले लगानी गरेको विद्यालयले जनशक्ति राम्रो दिन नसकिरहेको अवस्थामा हामीले त दक्ष जनशक्ति उत्पादन गरेका छौँ नि, तर सरकारले निजी विद्यालयप्रति गर्ने व्यवहार परिवर्तन हुन सकिरहेको छैन् ।
अहिले पनि सरकारले नयाँ नीतिमा निजी विद्यालयको दायरा साँघुरो बनाएको छ । सरकारी छात्रवृत्ति पाउनका लागि सरकारी विद्यालयमा ६ देखि नै पढेको हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ, यसले पनि निजी विद्यालयमा ठूलो कक्षामा पढाउनु हुँदैन् भन्ने साेंचको विकास भएको छ ।

सरकारले के गर्नुपर्छ त ?

निजी विद्यालय अहिले पनि सेवामुखी हिसावले काम गरिराखेको अवस्थामा निकै समस्या र चुनौती छन्  । समस्या र चुनौतीको बीचमै निजी विद्यालय सञ्चालनमा छन् ।
हामीभन्दा पनि दूरदराजका निजी विद्यालयले सेवा प्रदान गरिरहेका छन् । हामी के चाहन्छौँ भने कम्तिमा पनि सरकारले निजी विद्यालयलाई सहुलियतमा ऋण उपलब्ध गराउन सक्यो भने पनि ति विद्यालय सञ्चालन हुनसक्थे हाम्रो बुझाई हो ।
तर सरकारले उल्टै हामीलाई नै बन्द गर्ने भनेर विभिन्न समयमा अभिव्यक्ति दिने गरेको सुनेका छौँ । स्पष्टरूपमा हामीले सरकारलाई कर तिरेर नीति र विधिमा रहेर विद्यालय सञ्चालन गर्दा पनि सरकारले निजी विद्यालयप्रति गर्ने व्यवहारमा परिवर्तन हुन पाएको छैन् ।
संस्थागत विद्यालयमा कम्तिमा पनि १० प्रतिशत विद्यार्थीले छात्रवृत्तिमा पढ्न पाउनुपर्ने नीति कार्यान्वयनमा छ ?
छ, निजी विद्यालयले १० प्रतिशत छात्रवृत्ति कार्यान्वयन गरेनन् भनेर गुनासो विगतका वर्षमा आउने गर्दथ्यो ।
तर हामीले १० प्रतिशत छात्रवृत्तिभन्दा बढी कार्यान्वयन गरेका छौँ । गत वर्ष पनि केही विद्याथी संघसंगठनले हामीमाझ कुरा राखेका थिए । हामीले कार्यान्वयन गरेको कुरा उहाँहरूलाई दिएपछि फर्किनुभएको थियो ।
उपमहानगरपालिकाले छात्रवृत्ति कागज नमागेकाले पनि हामीले त्यस्तो कागज उपलब्ध गराएका थिएनौँ । अहिले हामीले निजी विद्यालयमा १० प्रतिशतभन्दा धेरै गरिब, विपन्न तथा जेहेन्दार छात्रालाई छात्रवृत्तिमा पढाउने गरेका छौँ । मेरै विद्यालयमा पनि ४५ भन्दा बढी विद्यार्थीले छात्रवृत्तिमा गर्ने गरेका छन् ।

बालमैत्री शिक्षालाई कसरी जोड दिनुभएको छ ?

हाम्रा सदस्य विद्यालय अधिकांशले बालमैत्री शिक्षा प्रदान गरिरहेका छन् । विद्यार्थीले स्वतन्त्र रूपमा पढन, लेख्न पाउनुपर्छ भन्ने उद्देश्यका साथ विद्यालयले बालमैत्री शिक्षामा जोड दिएका छन् ।
अवस्था बिगतको जस्तो छैन् । अब शिक्षामा गुणस्तरियता ल्याउनका लागि घोकन्ते शिक्षामा होइन्, सिर्जनात्मक रूपमा बालबालिकालाई अध्ययन अध्यापन गराउन विद्यालयहरू अग्रसर देखिएका छन् । अहिलेसम्म हाम्रो सदस्य विद्यालयले पनि यस्तै कुरालाई जोड दिदैँ शिक्षा प्रदान गरिरहेका छन् ।

गुणस्तरीय शिक्षाका लागि विद्यालयको भौतिक संरचनाले कत्तिको प्रभाव पार्ला ?

विद्यालयको भौतिक संरचनाले शिक्षामा प्रभाव पार्ने कुरा त हुँदैन्, तर सकेसम्म विद्यालयको भौतिक संरचना आफैमा राम्रो हुन चाहिँ पर्छ । यसका लागि सम्बन्धित विद्यालयले नै बढी ध्यान दिनुपर्छ ।
ग्रामीण ईलाकामा अहिले पनि भौतिक संरचनाको विभिन्न समस्या छन् । कतिपय विद्यालयको बाध्यता पनि होला तर सकेसम्म विद्यालयको भौतिक संरचनालाई पनि राम्रो र चिटिक्क बनाउन सक्यो भने शैक्षिक गुणस्तरमा आशा गर्न सकिन्छ ।

जिल्ला बाहिर विद्यार्थी जानुमा दाङमा राम्रो विद्यालय छैनन् भन्ने हो ?

त्यसो त होइन होला, तर पनि यो विषयमा पनि अलि गम्भीर छौँ । जिल्ला बाहिर अहिले पनि धेरै विद्यार्थी अध्ययनका लागि जाने गरेका छन् । दाङमा शिक्षाको गुणस्तरिता राम्रो छ भने जिल्ला बाहिरबाट दाङमा विद्यार्थी आइरहेका पनि छन् ।
केही विषय पढ्न दाङमा सम्भव छैन होला । तर अधिकांश किसिमको शिक्षा यतै नै हासिल गर्न सकिन्छ । अहिले जिल्लामा सुविधा सम्पन्न विद्यालयको खोजी हो की भन्ने चासो र चिन्तन पनि बढेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here