- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरबालश्रम र बालविवाहको तथ्यांक संकलन गरिने

बालश्रम र बालविवाहको तथ्यांक संकलन गरिने

- Advertisement -spot_img

तुलसीपुर, २२ फागुन । बालमैत्री तुलसीपुरका बनाउन लागि तुलसीपुर उपमहानगरपालिकाका–१८ वडामा बालविवाह र बालश्रमको तथ्याङ्क संकलन गरिने भएको छ ।
उपमहानगरपालिकालाई बालमैत्री नगर बनाउन बालश्रम र बालविवाह विरुद्धको कार्यायोजना बनाउन तथ्यांक संकलन गरिने भएको हो ।
उपमहानगरको वडा नम्बर ६ बाहेक सबै वडामा तथ्यांक संकलन गरिने तुलसीपुर उपमहानगरपालिकाको महिला, बालबालिका तथा सामाजिक विकास शाखा अधिकृत माया श्रेष्ठले जानकारी दिइन् ।
‘नगरलाई बालमैत्री नगर बनाउन अहिले नगरभित्रका बालश्रम र बालविवाहको तथ्यांक लिने तयारी गरेका छौँ’ उनले भनिन्– ‘तथ्यांक संकलन भएपछि बालविवाह र बालश्रमविरुद्धको कार्ययोजना निर्माणमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।’
तथ्यांक संकलनका लागि स्वयंसेवक, जनसंख्या अध्ययन गर्ने विद्यार्थी, टोल विकास संस्था परिचालन गरिएको उनको भनाइ छ ।
वडा नम्बर यसअघि नै बालश्रममुक्त वडा घोषणा भइसकेकाले वडाभित्र बालश्रमको अवस्था र बालविवाहको अवस्थालाई जानकारी लिने कामलाई निरन्तरता दिने उनले बताईन् ।
बालमैत्री नगरका लागि बालविवाह र बालश्रममुक्त हुनुपर्ने भन्दै अब संकलन गरिने तथ्यांकले बालश्रम र बालविवाह विरुद्धको काम सहजता बनाउने उनको भनाइ छ ।
नगरलाई बालविवाह र बालश्रममुक्त बनाउनका लागि सचेतना प्रदान गर्न उपमहानगरको वडा नम्बर ६ बाहेक सबै वडामा बालविवाह र बालश्रमविरुद्धको कचहरी नाटक प्रस्तुत गरेको उनले बताईन् ।
‘बालविवाहले व्यक्ति, परिवार र समाजमा पार्ने असर र प्रभाव, बालश्रम लगाउन नहुने कुराको कचहरी नाटक देखाएका छौँ, उनले भनिन्– ‘विद्यालयस्तरमै बालबालिकालाई सचेतना दिन प्रस्तुत गरिएको नाटकले महत्वपूर्ण भूमिका खेल्नेछ ।’
तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना तथा युनिसेफ नेपालको आर्थिक सहयोगमा कचहरी नाटक तुलसीपुरका–१८ वटा सामुदायिक विद्यालयमा प्रस्तुत गरिएको थियो ।
अभिभावकको कम निगरानी र अभिभाव नै बालविवाहबारे ज्ञानको अभाव हुँदा पनि बालविवाहका घटना कमि आउन नसकेको अवस्थामा नाटक प्रस्तुत गरिएको अधिकृत श्रेष्ठले बताइन् ।
‘हामीले बालविवाह र बालश्रमको नाटक प्रस्तुत गरेपछि धेरै सचेतना आएको छ’ उनले भनिन्– ‘नाटक कम्तिमा पनि दुई हजारजनाले अवलोकन गरेका छन् ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here