- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसम्पादकीयउपलब्धिलाई स्थिर राख

उपलब्धिलाई स्थिर राख

- Advertisement -spot_img

दाङमा हात्तीपाईले रोगविरूद्धको अभियान सञ्चालन गरेको १० वर्षपछि केही उपलब्धिमूलक अवस्था देखिएको छ । ६ वर्षमा पूरा हुने अभियान ९ वर्षसम्म पनि औषधी खुवाई रहदा पनि पूरा नभएपछि यो वर्ष पनि औषधीको अभियान सञ्चालन गरिएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा यसवर्ष सञ्चालन भएको औषधी अभियान भने गतवर्ष भन्दा उपलब्धि भएको सार्वजनिक भएको छ ।
गत वर्ष ५६ प्रतिशत भएको औषधी सेवनको प्रगति यसवर्ष ७० प्रतिशत नागरिकले औषधी सेवन गर्नुले लक्ष्य भेट्टाउने देखिन्छ ।
तर यसको स्थायीत्व र तथ्यता आवश्यक छ । विगतमा आउने हचुवाको भरको तथ्यांक यो वर्ष छैनन् भन्ने त आधार देखिदैन तर विगतभन्दा ब्यवस्थित भने पक्कै हुनुपर्छ ।
राष्ट्रिय अभियानका रूपमा सञ्चालन हुने विभिन्न गतिविधिहरूले यसवर्ष पनि स्थान पाएकै छन् । पहिले हात्तीपाईले रोगविरूद्धको औषधि अभियान सञ्चालन भयो, अहिले दादुरा र रूबेलाको अभियान चलिरहेको छ ।
राज्यले पटक–पटक स्वास्थ्य शिक्षामा विभिन्न अभियानहरू सञ्चालन गर्दै आएको छ । त्यही अन्तर्गतका अभियानहरूको उपलब्धिलाई संस्थागत गर्न आवश्यक छ । तर त्यो हुन सकेको छैन ।
अभियानहरू तथ्यांकमा मात्रै प्रभावकारी देखिने र उपलब्धि नहुने अवस्था छ । त्यसको अन्त्य गर्नुपर्छ भने स्वास्थ्य सुधार गर्दै जोखिम अन्त्यका लागि राष्ट्रिय अभियान हरेक वर्षजसो चल्दै आएका छन् ।
रोगका विरूद्धमा हुन वा सचेतना फैलाउनका लागि हुन कुनै न कुनै प्रकारले वर्षमा स्वास्थ्यसम्बन्धी ४/५ राष्ट्रिय अभियान सञ्चालन हुन्छन् । सबै पूर्ण प्रभावकारी हुन जरूरी छ ।
अभियानबाट जुन अपेक्षा र आशा राखिएको हुन्छ त्यो पूरा भएको देखिदैनन् । स्वास्थ्य अभियानको निश्चित समय हुन्छ । त्यो समयमा अभियानले सार्थकता पाउनुपर्छ । दाङमा ६ वर्षसम्ममा मात्रै खानुपर्ने हात्तीपाईले रोगविरूद्धको औषधी दश वर्षसम्म खुवाउनुले सार्थकता देखिएको छैन ।
२०७३ सालमा सर्भे गर्दा दाङमा १२ प्रतिशतमा हात्तीपाईले रोगको जीवाणु भएको तथ्यांक सार्वजनिक गरिएको थियो । २०७४ सालमा ६ प्रतिशतमा झारेको विवरण देखाइयो ७६ मा आउँदा ३ प्रतिशत प्रभावित रहेको भनिएको छ ।
अभियानका नाममा बर्षेनी करोडौं रूपैयाँ खर्च हुने तर त्यसको उपलब्धि नदेखिनु राम्रो हैन । बर्षेनी देखिने उपलब्धिलाई संस्थागत रूपमा विकास गर्नसकेमा त्यसले दीर्घकालिन उपलब्धि देखिन्छ ।
त्यो उपलब्धि संस्थागत गर्नतर्फ लागौं । यसवर्ष देखिएको जागरूकता बढाउन र दाङलाई हात्तीपाईले रोग निर्मूल पार्ने योजनामा जानुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here