- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-news७० प्रतिशतले खाए औषधी

७० प्रतिशतले खाए औषधी

- Advertisement -spot_img

हात्तीपाईलेको औषधी खाने बढे …
तुलसीपुर, २१ फागुन । दाङमा हात्तीपाईले रोगविरूद्धको औषधी सेवन गर्नेहरू यस वर्ष बढेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यस वर्ष दाङमा ७० प्रतिशत नागरिकले हात्तीपाईले विरूद्धको औषधी सेवन गरेका छन् ।
हात्तीपाईले रोग निवारणका लागि सञ्चालन गरिएको यो अभियान विगतको तुलनामा प्रभावकारी देखिएको छ । यस वर्ष ८० प्रतिशत पु¥याउने लक्ष्य लिइएको भए पनि विविध कारणले अभियानमा ७० प्रतिशत सहभागी भएको पाइएको छ । गत वर्ष ५६ प्रतिशत नागरिक मात्रै अभियानमा सहभागी बनेका थिए ।
स्वास्थ्य कार्यालयका अनुसार हात्तीपाईले औषधी सेवन अभियान विगतको तुलनामा प्रभावकारी देखिएको छ । गत बर्ष सञ्चालन गरिएको अभियानमा ५६ प्रतिशतले मात्रै औषधी सेवन गरेका थए ।
आधाभन्दा बढी नागरिकहरूले औषधी सेवन नगर्दा अभियान फेल भएको अवस्था विगतमा रहेको भएपनि यस वर्ष लक्ष्यको नजिक पुग्न सफल भएको जनस्वास्थ्य कार्यालय प्रमुख सुनिता पौडेलले बताईन् ।
‘गएका वर्षहरूमा औषधी सेवन गर्न लगाउदा डराउने, नकारात्मक असर देखिन्छ भन्ने बुझाई थियो’ उनले भनिन्– ‘तर यस वर्ष सम्झाई बुझाई गर्दा सबैले सजिलै औषधी सेवन गर्नुभयो, करकाप लगाउनुपर्र्ने अवस्था छैन ।’
जिल्लामा विगत नौ वर्षदेखि अभियान सुरू भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले निःशुल्क रूपमा हात्तीपाईले विरूद्धको औषधी वितरण गर्दै आएको छ ।
चार बर्षअघि नै दाङमा हात्तीपाईले रोगविरूद्धको औषधी सेवन कार्यक्रम रोक्नुपर्ने थियो । तर सबै नागरिकहरूले औषधी सेवन नगर्दा अभियानलाई लम्बाउनु परेको उनले बताईन् ।
अभियानमा करिब ६५ प्रतिशत सहभागितालाई सकारात्मक मानिने मापदण्ड छ । दाङ हात्तीपाईले रोगको जोखिम जिल्ला भएकाले अभियान लम्बिएको छ ।
औषधी सेवनले स्वास्थ्यमा कुनै नकारात्मक असर नपुग्ने उनको भनाइ छ । औषधी सेवने मानिसको स्वास्थ्यलाई कुनै असर नपु¥याउने भएकाले पनि यसवर्ष कुनैपनि अप्रिय घटनाहरू नघटेको उनले बताईन् ।
अभियानमा दुई वर्ष मुनिका बालबालिका, बृद्धबृद्धा, गर्भवती तथा सुत्केरी महिला, बिरामी तथा अशक्त व्यक्तिहरूलाई सहभागी नगराईएको भएपनि लक्ष्यको नजिक पुग्न सफल भएको उनले बताइन् ।
विगतमा सरकारी कर्मचारीले औषधी सेवन नगर्ने गरेको भए पनि यसपटक सबै कर्माचारी यो अभियानमा सहभागी भएको तथ्यांकले देखाएको उनले बताइन् ।

प्रभावकारी बन्दै खोप अभियान

यसैबीच जिल्लामा सञ्चालन भएको रूबेला तथा दादुरा खोप अभियान प्रभावकारी बन्दै गएको छ । पहिलो चरण अन्तर्गत फागुन १६ देखि २४ गतेसम्मका लागि पाँच पालिकाहरूमा अभियान सञ्चालन भईरहेको छ । खोपसँगै बालबालिकाहरूलाई पोलियो खुवाउने काम भईरहेको छ । बच्चालाई अपाङ्ग र कुपोषणबाट बचाउनका राष्ट्रिय अभियानका रूबेला खोप अभियान सञ्चालन भईरहेको छ ।
बालमृत्युको कारणहरू दादुरा र रूबेला मुख्य कारण भएकाले अभियान सञ्चालन गरिएको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक विमल केसीले बताए ।
मंगलबारसम्म तुलसीपुर उपमहानगर–पालिकाभित्र करिब ६० प्रतिशत बालबालिकाहरूमा दादुरा र रूबेला खोप लगाउने र पोलियो खुवाउने काम सम्पन्न भएको छ ।
यस्तै शान्तिनगर गाउँपालिकामा ५५ प्रतिशत बालबालिकाहरूले पोलियोसँगै दादुरा र रूबेला खोप लगाएका छन् । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि पुनका अनुसार बच्चालाई मृत्यु, अपाङ्ग, कुपोषणबाट बचाउनका लागि खोप अनिवार्य छ ।
दादुरा र रूबेला सबैभन्दा छिटो सर्ने संक्रामक रोग भएकाले बालबालिकाहरूलाई अनिवार्य रूपमा खोप लगाउनुपर्ने उनले बताए । गत वर्ष जिल्लाका ४६ जनामा दादुरा तथा रूबेला रोग देखिएको थियो ।
‘जिल्ला दादुरा र रूबेलाबाट जोखिमयुक्त छ’ उनले भने– ‘यसर्थ खोप लगाउन र पोलियो खान छुटेकाहरूलाई पनि हामीले खोजेरै अभियानमा सहभागी बनाउँदै आएका छौँ, फागुन २४ गतेसम्म हामीले गाउँपालिकाका सबै बालबालिकाहरूलाई खोप र पोलियो दिईसक्ने छौँ ।’
दादुराको संक्रमणबाट बालबालिकाहरूमा अन्धोपना हुने, पखाला लाग्ने, कानको संक्रमण, निमोनिया, मस्तिष्कमा कडाखालको संक्रमण हुने गर्दछ । यस्तै रूबेला रोगका कारण हाडजोर्नीहरू सुन्निने वा दुख्ने गर्दछ ।
त्यस्तै मस्तिष्कमा कडा खालको संक्रमण हुनुका साथै गर्भपतन हुने वा मृत शिशु जन्मने, बच्चा अपाङ्ग जन्मने, मुटु समस्या देखिने र उच्च रक्तस्राव भई मृत्यु हुनसक्ने भएकाले खोप अनिवार्य रहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले मंगलबारसम्म ५५ प्रतिशत बालबालिकाहरू खोप अभियानमा सहभागी भएका छन् । स्वास्थ्य कार्यालयले यसवर्ष करिब ८८ प्रतिशत बालबालिकाहरूमा खोप लगाउने लक्ष्य लिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here