- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsथरूहटको बन्दले जनजीवन प्रभावित

थरूहटको बन्दले जनजीवन प्रभावित

- Advertisement -spot_img

दाङ, २१ फागुन । थरूहट थारूवान राष्ट्रिय मोर्चाले गरेको दुईदिने बन्दले जनजीवन प्रभावित बनेको छ । मोर्चाले आफ्ना मागलाई पूरा गर्न गरेको बन्दका कारण मंगलबार दाङसहित बाँके, बर्दिया,
कैलाली, कञ्चनपुरलगायतका जिल्लामा दिनभरी सवारी साधन ठप्प भयो भने बन्दका कारण गन्तव्यमा हिडेका यात्रुहरू अलपत्र परेका छन् ।
मोर्चाले गरेको बन्दले शैक्षिक संस्था ठप्प हुँदा बालबालिका विद्यालय जानबाट बञ्चित भएका छन् । बन्दका कारण दाङबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधनदेखि शैक्षिक संस्था, कलकारखाना, बजार सबै ठप्प हुँदा जनजीवन प्रभावित भएको छ । गन्तव्यमा हिडेका यात्रु बन्दका कारण बीच बाटोमै रोकिन बाध्य भएका छन् ।
सवारी साधन सञ्चालनमा नआउँदा आफूहरू बीच बाटोमा अलपत्र परेको काठमाडौँ हिडेका सल्यानका वीरबहादुर बुढाथोकीले बताए ।
‘काठमाडौँ जान भनेर हिडेको थिए, बन्दले तुलसीपुरमै रोकिएको छ, उनले भने– ‘दुई दिन बन्द हुँदा झनै समस्या भयो ।’ दाङमा मंगलबार बिहान काठमाडौँबाट आएका बसलाई स्कटिङ गरेर गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिए ।
बन्दमा हुन सक्ने विभिन्न घटनालाई मध्यनजर गरी जिल्लामा सुरक्षा ठाउँ–ठाउँमा सुरक्षा परिचालन गरिएको प्रवक्ता खड्काले बताए ।
गन्तव्यमा हिडेको यात्रु अलपत्र पर्ने अवस्थामा आउन नदिएको उनले दाबी गरे । प्रहरीले स्कटिङ गरेर यात्रुलाई गन्तव्यमा पु¥याउने उनले बताए । मोर्चाले विभिन्न १४ बुँदे माग राख्दै सरकारको ध्यानाकर्षण गर्न दुईदिने बन्दको आह्वान गरेको हो ।
मोर्चाले टीकापुर घटनासँग जोडिएको विषयलाई प्रमुख बनाई विभिन्न अभियोगमा थरूहट आन्दोलनमा भएका मुद्दालाई राजनीतिक घटनाको रूपमा लिन सरकारसँग माग गरेको छ ।
मोर्चाका महासचिव तुलसी थारूले जारी गरेको प्रेस विज्ञप्तिमा सरकारले आफूहरूको मागको सुनुवाई नगरेको भन्दै आन्दोलनलाई सशक्त बनाउने चेतावनी दिएको छ । मंगलबारको बन्द शान्तिपूर्ण भएको मोर्चाले जनाएको छ ।
बन्दको अवज्ञा गर्ने केहीलाई सम्झाई बुझाई गरेको छाडेको थरूहट थारूवान राष्ट्रिय मोर्चाका जिल्ला संयोजक जनकुलाल चौधरीले बताए ।
‘दुई दिने बन्दमा मंगलबार त्यस्तो कुनै अप्रिय घटना हुन पाएन्, हामीहरू संयम भएका कारण पनि केही घटना हुन पाएन्’ उनले भने–‘बुधबार पनि शान्तिपूर्ण रहनेछ भन्ने विश्वास गरेका छौँ ।’ उनका अनुसार बुधबार ५ बजेपछि बन्द खुल्ने छ ।

सरकारी कार्यालय न्युन सेवाग्राही

थरूहट थारूवान राष्ट्रिय मोर्चाले गरेको बन्दका कारण मंगलबार सरकारी कार्यालय दिनभर खुल्लै रहेका थिए । तर सेवाग्राहीको संख्या शून्यजस्तै थियो ।
सरकारी कार्यालय खुल्ला भएपनि सेवाग्राहीको अत्यन्त न्यून संख्या रहेको थियो । सेवाग्राहीको अत्याधिक चाप हुने मालपोत कार्यालय, जिल्ला प्रशासनका कार्यालय, नापी कार्यालय, पालिकाका कार्यालयमा मंगलबार थोरै संख्यामा सेवाग्राहीले सेवा लिएका छन् ।
बन्दका कारण टाढाको सेवाग्राही आउन नसक्दा सरकारी कार्यालयमा सेवाग्राहीको चाप न्यून रहेको कार्यालयका कर्मचारीले बताए ।
‘बन्दले सेवाग्राही नै छैनन्, दिनभरी नै घाम तापेर बस्नुप¥यो, तुलसीपुर उपमहानगरपालिकाका एक कर्मचारीले भने– ‘कतिपय सेवाग्राहीलाई सरकारी कार्यालय पनि बन्द हुन्छ कि भनेर होला, मंगलबार न्यून संख्यामा चाप रह्यो ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here