- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरचैत ५ भित्रै परीक्षा गराउः शिक्षा मन्त्रालय

चैत ५ भित्रै परीक्षा गराउः शिक्षा मन्त्रालय

- Advertisement -spot_img

काठमाडौँ, २१ फागुन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण विद्यालयलाई सतर्कता अपनाउन निर्देशन दिएको छ । मन्त्रालयले आगामी चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन निर्देशन दिएको छ ।
सामूहिक भेला, सेमिनार, गोष्ठीलगायत कार्यक्रम नगर्न पनि भनेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले मंगलबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र नेसनल प्याब्सनको प्रतिनिधि तथा सरोकार पक्षलाई बोलाएर निर्देशन जारी गरेका हुन् ।
आगामी चैत ६ गतेबाट १५ गतेसम्म विद्यालय शिक्षा परीक्षा (एसईई) हुने निर्धारित तालिका रहेको र परीक्षा केन्द्रीय सरकार मातहत सञ्चालन हुनेछ ।
त्यसैगरी स्थानीय सरकार (पालिका) मातहतमा कक्षा ८ को जिल्लास्तरीय परीक्षा सञ्चालन हुने गर्दछ । उक्त परीक्षामा पालिकाले निर्माण गरेको प्रश्नपत्रको आधारमा लिइन्छ । त्यस निम्ति परीक्षा केन्द्र निर्धारण नगरी आ–आफ्नो विद्यालयमा लिने व्यवस्था गर्नसमेत भनिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here