- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsयोगध्यान तथा संस्कारवान पिढी प्रशिक्षण शिविर

योगध्यान तथा संस्कारवान पिढी प्रशिक्षण शिविर

- Advertisement -spot_img

तुलसीपुर २१ फागुन । तुलसीपुरमा योग ध्यान तथा संस्कारवान पिढी प्रशिक्षण शिविर मंगलबादेखि शुरू भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ श्रीगैँमा आयोजना गरिएको शिविरको मंगलबार उद्घाटन गरिएको हो ।
योगध्यान तथा संस्कारवान पिढी प्रशिक्षण शिविरको संविधानसभा सदस्य बुद्धिराम भण्डारीले उद्घाटन गरेका हुन् ।
सदस्य भण्डारीले शिविरको उद्घाटन गर्दै व्यक्तिको जीवन स्वस्थ हुनको लागि योग ध्यान अनिवार्य रहेको बताए ।
उनले आध्यात्मबिना समृद्ध समाज नहुने बताउँदै संस्कार सिकाउने कार्यक्रमले समाजलाई असल बाटोमा डोहो¥याउने भन्दै आयोजकप्रति धन्यवाद तथा शुभकामना दिए ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ को आयोजना तथा गायत्री परिवार श्रीगैँको सहयोजनामा सञ्चालन भएको शिविर उद्घाटन कार्यक्रममा शरीरलाई चलाएमान बनाउन योग नितान्त आवश्यक रहेको बताए ।
उनले योगध्यानलाई हरेक टोल, बस्ती नगर तथा गाउँ–गाउँमा सञ्चालन गर्नसके हरेक व्यक्ति स्वस्थ्य र सवल हुने कुरामा जोड दिए । समाज परिवर्तनका लागि संस्कारवान नयाँ पिढी गर्भाेत्सव कार्यक्रम योग, ध्यान प्रणायाम तथा पञ्चकुण्डीय गायत्री महायज्ञ तथा प्रशिक्षण कार्यक्रमको बारेमा वडाका अध्यक्ष टोपबहादुर केसीले प्रकाश पारेका थिए ।
शिविरमा गायत्री परिवार शान्तिकुञ्ज हरिद्वारबाट आएका कर्मकाण्ड प्रशिक्षक प्राध्यापक सोमदेव पटैयाले गायत्री परिवारका संस्थापक पण्डित श्रीराम शर्मा आचार्यको कर्मकाण्डको माध्यमबाट स्वावलम्वी, नैतिकवान, स्वाभिमानी,
व्यक्ति निर्माण, परिवार निर्माण र विश्व निर्माणको लक्ष्य र उद्देश्य अनुसार तुलसीपुर वडा नम्बर ७ अगाडि बढेकोमा धन्यवाद ज्ञापन गरे । उनले शिविरमा सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्न सहभागीलाई आग्रहसमेत गरे ।
त्यस्तै डाक्टर विष्णु अर्यालले समाजमा विभिन्न अपराध निराशावादी, हत्या, हिंसा, बलात्कार, भ्रष्टाचारमा न्यूनीकरण गर्दै सभ्य सुसंस्कारित नैतिकवान नागरिक बनाउन गायत्री परिवार नेपालको भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा पतञ्जली योग गायत्री परिवार दाङका रूद्र बस्यालले गायत्री महामन्त्र वैज्ञानिक तथ्यमा आधारित भएकाले यसको व्यवहारिक प्रयोग प्रत्येक जाति, समुदाय, वंश र लिंगले प्रयोग गर्नुपर्ने बताए ।
यस्तैखाले अभियान जिल्लाभरी सञ्चालन रहने गायत्री परिवार दाङका कोषाध्यक्ष श्रीराम दहितले बताए । वडा सदस्य रामबहादुर जिसीको स्वागत मन्तब्यबाट सुरू भएको उद्घाटन कार्यक्रमको सहजीकरण वडाका कर्मचारी सन्तोष केसीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here