- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरॐ सहकारीको साधारणसभा

ॐ सहकारीको साधारणसभा

- Advertisement -spot_img

गढवा २१, फागुन । ॐ बचत तथा ऋण सहकारी संस्थाको पाँचौ साधारणसभा गढवा–४ रामनगरमा भएको छ । ओम बचत तथा ऋण सहकारीका अध्यक्ष मनिराम चौधरीको सभापतित्व तथा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा
भएको कार्यक्रममा बोल्ने वक्ताहरूले ॐ बचत तथा ऋण सहकारीको सेवा सुविधा गढवा गाउँपालिकास्थित अन्य सहकारीभन्दा फरक रहेकोले यस सहकारीप्रति जनताको आकर्षण बढेको बताएका थिए ।
कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले सहकार्य गरेर अगाडि बढ्नु सहकारी मूल सिद्धान्त रहेको बताउँदै किसान, युवालाई उत्पादन तथा आयाआर्जनमूलक कार्यक्रममा सहकारी नीति सिद्धान्तअनुसार ऋण प्रवाह गर्नुपर्ने बताए ।
उनले गढवा गाउँपालिकाभित्र रहेका सम्पूर्ण सहकारी नीति अपनाउन आवश्यक रहेको बताउँदै यसबाट सेवा प्रवाहमा सहजता हुने बताए ।
साधारणसभामा संस्थाका व्यवस्थापक ओम प्रकाश चौधरीले ४ करोड ७० लाख १८ हजार ७ सय रूपैयाँ ५१ पैसाको आय–व्यय प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय गढवाका सई तेजबहादुर बुढा, नेपाल रेडक्रस सोसाईटी गढवा शाखाका दयाराम यादव, अभियान सहकारीका कुलराज कुमाल, समानता सहकारीका बेगम गहतराज, साना किसान सहाकारीकी सुशीला चौधरी,
शुष्मा अधिकारी तथा पत्रकार दुखहरण यादव, शिवराज पन्थी लगायतको सहभागिता रहेको थियोे । सहकारीकी उपाध्यक्ष गंगा चौधरीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष अन्जिता चौधरीले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here