Saturday, April 20, 2024
Homeमुख्य खबरअक्षयकोष स्थापना

अक्षयकोष स्थापना

- Advertisement -spot_img

रूकुम (पश्चिम), २१ फागुन । पश्चिम रूकुमको वीरेन्द्र माध्यमिक विद्यालयमा दुई लाख बराबरको अक्षयकोष स्थापना गरिएको छ जिल्लाको बाफिकोट गाउँपालिका वडा नं. ४ मा रहेको विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले अक्षयकोषको स्थापना गरिएको हो ।
वडा नं. ३ का वडा अध्यक्ष चित्रबहादुर केसीले बुवा जोखु खत्री र स्वर्गीय आमा मंगली खत्रीको स्मृतिमा अक्षयकोष स्थापना गरेका हुन् । वडा अध्यक्ष केसीले राज्यबाट पाउने दुई लाख रूपैयाँबाट अक्षकोष स्थापना गरेका हुन् । विद्यालयले स्थापना गरेको आमाबुवा स्मृति छात्रवृत्ति प्रतिष्ठानका लागि थप सहयोग पुग्ने बताए ।
विद्यालयले अभिभावकविहीन एवं आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाहरूका लागि प्रतिष्ठानको स्थापना गरेको हो । उक्त प्रतिष्ठानमा देश विदेशमा रहेका विभिन्न ब्यक्तिबाट करिब २३ लाख ५७ हजार ५ सय ६५ संकलन भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here