- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरवडा कार्यालयमा तालाबन्दी

वडा कार्यालयमा तालाबन्दी

- Advertisement -spot_img

तुलसीपुर, २१ फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नं.४ को लागेको तालाबन्दी चार दिनसम्म पनि खुल्न सकेको छैन् । वडा कार्यालय सार्न लागेको विरोधमा स्थानीयहरूले शनिबार ताला लगाएर आन्दोलनलाई निरन्तरता दिएका छन् ।
वडा कार्यालय सार्ने निर्णय फिर्ता नभएसम्म तालाबन्दी जारी राख्ने संघर्ष समितिका संयोजक ढुण्डीराज खनालले बताए ।
मंगलबार भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता सुरेन्द्रबहादुर खड्काले वडाले वडा कार्यालय सार्ने निर्णय हाललाई फिर्ता लिनुपर्ने बताए ।
उनले वडाका प्रतिनिधिहरूले तत्काल यो निर्णय फिर्ता लिई यसको विषयमा छलफल गरी समस्याको समाधान गर्नुपर्ने बताए । त्यस्तै नेकपाकी नेतृ मनसरा वलीले वडा कार्यालय सार्ने निर्णय फिता लिई समस्याको समाधान गर्न आग्रह गरिन् ।
स्थानीय समाजसेवी शिवराज सिंह ठकुरीले यो निर्णय फिर्ता नहुँदासम्म तालाबन्दी जारी राख्ने बताए । वडा कार्यालयको फागुन १५ गते बसेको बैठकले हाल रहेको रक्षाचौरस्थित वडा कार्यालयलाई बनहरीमा सार्ने निर्णय गरेपछि स्थानीयहरूले त्यसको विरोधमा तालाबन्दी गरेका थिए ।
वडामा दुई दिनसम्म तालाबन्दी गरेपनि यस विषयमा सम्बन्धित वडाका अधिकारी तथा उपमहानगरपालिकाले कुनै चासो दिएको छैन् ।
यसैबीच तुलसीपुर–४ रक्षाचौर निवासी मनिकला भण्डारीले वडा कार्यालय अन्यत्र लैजान लागेको निर्णयप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् ।
वडा कार्यालय स्थापनाका लागि जग्गादान गरेकी वृद्ध मनिकला भण्डारीले वडा कार्यालय सार्ने निर्णयप्रति दुःख व्यक्त गदै आफूहरूलार्ई सो निर्णय कदापि मान्ने नहुने बताइन् ।
‘हामीहरूले वडा कार्यालयलाई भनेर जग्गादान गरेको हो अहिले वडा सार्ने भनेपछि हामीहरूको अपमान भएको महसुस भएको छ’ उनले भनिन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here