- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरबंगुरपालक किसानलाई तालिम

बंगुरपालक किसानलाई तालिम

- Advertisement -spot_img

शान्तिनगर, २१ फागुन । शान्तिनगर गाउँपालिका–५ का बंगुरपालक किसानलाई स्वाइन फिवर रोगसम्बन्धी तालिम प्रदान गरिएको छ । बंगुरमा लाग्ने रोग स्वाइन फिवर रोगको बारेमा किसानलाई जानकारी दिन एकदिने तालिम प्रदान गरिएको हो ।
वडा कार्यालयको आयोजना एवं शान्तिनगर गाउँपालिका पशु सेवा शाखा चिराघाटको प्राविधिक सहयोगमा एकदिन तालिमको आयोजना गरिएको हो ।
बैंसामा भएको तालिममा वडाका ४० जना बंगुरपालक किसानलाई रोग र उपचार पद्धतिको बारेमा जानकारी प्रदान गरिएको छ ।
वडा नम्बर ५ का वडा अध्यक्ष गिरिराज बस्नेतको अध्यक्षता तथा शान्तिनगर गाउँपालिकाका उपाध्यक्ष मिथिला शाहको प्रमुख आतिथ्यतामा तालिम भएको हो ।
त्यस अवसरमा कार्यपालिका सदस्य लक्ष्मणप्यारी चौधरी, सरीता घर्ती र गुरूकृष्ण चौधरीले तालिमले बंगुरपालक किसानलाई सहजता बनाउने बताए ।
शान्तिनगर गाउँपालिका वडा नम्बर ५ को स्वीकृत चालू आर्थिक वर्ष ०७६/७७ को वार्षिक कार्यक्रम अनुसार तालिमको आयोजना गरिएको हो ।
तालिममा बंगुरमा लाग्ने रोग र उपचार विधिका बारेमा पशु शाखा चिराघाटका प्राविधिक चित्र केसी र कृष्ण चौधरीले प्रशिक्षण दिएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here