- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरउद्योगहरूको सर्वेक्षण हुने

उद्योगहरूको सर्वेक्षण हुने

- Advertisement -spot_img

घोराही, २१ फागुन । दाङका साना तथा ठूला उद्योगहरूको सर्वेक्षण हुने भएको छ । तथ्यांक कार्यालय दाङले मंगलबार राष्ट्रिय औद्योगीक सर्वेक्षण २०७६ विषयमा छलफल कार्यक्रमको आयोजना गरेर जानकारी गराएको हो । दाङ जिल्लामा १३५ वटा उद्योगहरूको गणना गरिदैछ । ८२ वटा उद्योगहरूको स्याम्पलको रूपमा सर्वेक्षण हुने तथ्यांक कार्यालय दाङले जनाएको छ ।
तथ्यांक कार्यालयमा २ सय १७ वटा उद्योगहरूको सूचि प्राप्त भईसकेको छ । दाङ र सल्यानमा उद्योगहरूको गणनासहित ७७औँ जिल्लाको औद्योगिक सर्वेक्षण गरिने भएको छ ।
छलफलमा राष्ट्रिय तथ्यांक कार्यालय दाङका तथ्यांक अधिकृत तुलसीराम पोख्रेलले सरकारले देशभर ११औँ औद्योगीक सर्वेक्षण कार्य सुरू गरेको जानकारी गराएका थिए । साना तथा ठूला उद्योगहरूको सर्वेक्षण गरिने उनले बताए ।
फागुन १५ गतेदेखि सुरू भएको र यो कार्य २०७७ बैशाख १५ गतेसम्म जारी रहने पनि उनले जानकारी गराए । उद्योगहरूको दश÷दश वर्षमा सर्वेक्षण गरिने र अहिलेको सर्वेक्षण ११औँ रहेको उनको भनाइ थियो ।
सर्वेक्षणको लागि दुईजना कर्मचारीहरूलाई तथ्यांक संकलनका लागि खटाईएको छ । दुई महिनामा तथ्यांक लिई सक्ने कार्यक्रममा जानकारी गराईएको थियो ।
तथ्यांक कार्यालय दाङका प्रमुख पोख्रेलले राष्ट्रिय औद्योगीक सर्वेक्षणको बारेमा जानकारी गराउँदै सही तथ्यांक संकलनका लागि सहयोग गरिदिन सबैमा आग्रह गरेका थिए ।
औद्योगीक प्रतिष्ठानहरूमा रहेका उद्योगहरूको सर्वेक्षणले देशको अर्थतन्त्रमा अझै टेवा पुग्ने भएकाले सबैले सहयोग गरिदिन अनुरोध गरे ।
‘सर्वेक्षणले उद्योगहरू कहाँ कसरी खोल्ने ? त्यसको व्यवस्थापन तथा अर्थनीतिमा समेत टेवा पुग्नेछ’ छलफलमा उनले भने ‘आ–आफ्नो ठाउँमा तथ्यांक संकलन गर्न आएका गणकहरूलाई सही सूचना दिएर सहयोग गरिदिनुहोला ।’
दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालको अध्यक्षतामा भएको छलफलमा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले यथार्थपरक तथ्यांकले सरकारलाई औद्योगिक नीति निर्माण र निर्णय गर्न सहज पुग्ने बताएका थिए । गलत तथ्यांकले सही विश्लेषण हुन नसक्ने भएकाले तथ्यांक यथार्थपरक र वस्तुपरक हुनुपर्ने बताएका थिए ।
सर्वेक्षणले औद्योगीक क्षेत्रहरूको चिनारी हुनेसमेत जानकारी गराए । साना ठूला सबै उद्योगहरूको सर्वेक्षण एकैपटक हुने भएकाले यथार्थपरक तथ्यांक निकाल्न सुझाव दिएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here