- Advertisement -spot_img
Friday, June 18, 2021
Homeसम्पादकीयदलभित्रको किचलो

दलभित्रको किचलो

- Advertisement -spot_img

बहुदलीय व्यवस्था भएपछि देशमा राजनीतिक दलहरूको पनि लामै सूचि छ । २०४६ सालपछि त यति धेरै पार्टी दर्ता भए केही अस्तित्वमा समेत आए । अहिले पनि त्यो अवस्था देखिन्छ । एउटै पार्टी पटक–पटक फुटने र नयाँ पार्टी स्थापना हुने क्रम बढी नै भयो ।
तराई केन्द्रित पार्टी र कम्युनिष्ट पार्टीहरू सबैभन्दा बढी चिरा परेको देखिन्छ । काँग्रेस पनि फुट्नेमा कम देखिएन । शान्ति प्रक्रियाको सुरूवात भएपछि दोस्रो संविधानसभाको निर्वाचन ताकासम्म पार्टी विभाजन र नयाँ पार्टी दर्ताको ठूलै चहलपहल भयो ।
सत्ता समिकरणदेखि पदका लागि मात्रै पनि धेरै पटक धेरै पार्टी फुटेको इतिहास नेपालमा छ । २०५५ सालमा ठूलो दल रहेको एमाले फुटेर माले, एमाले भयो । त्यतिबेला राजनीतिक वृत्तमा ठूलै चर्चा भयो ।
बामदेवले माले गठन गरेका थिए । पछि काँग्रेस पनि फुट्यो जहाँ काँग्रेस र काँग्रेस प्रजातान्त्रिक बन्यो । देउवाले काँग्रेस प्रजातान्त्रिक बनाए । त्यसपछि पनि पार्टीहरू थुपै्र टुक्रा परेर मिले । राजनीतिक किचलो यथावत नै रह्यो ।
अहिले अस्तित्वमा रहेका ठूला दलहरूको आन्तरिक किचलो बाहिरसम्म छताछुल्ल भएको छ । एमाले र माओवादी मिलेर बनेको नेकपा अहिले सबैभन्दा ठूलो राजनीतिक दल हो । काँग्रेस संसदमा खुम्चिएको छ ।
समाजवादी, जनता दल पनि अस्तित्वमा नै छन् । तर यी सबै राजनीतिक दलमा आन्तरिक किचलो दुई फरक धारका पार्टीभन्दा पनि बढी भइरहेको छ । सबै पार्टीमा गुटगत राजनीतिक बढ्दा किचलो पनि बढी छ ।
नेकपाभित्र विभिन्न काण्डले गर्दा किचलो बढेको बढेकै छ । कति एक व्यक्ति र पार्टीभित्रको अधिनायकवादी चरित्रले पनि किचलो बढेको सार्वजनिक भइरहेको छ । भने दोस्रो दल काँग्रेसको झन कुरै गर्न भएन पार्टी,
पार्टी नीति, नेतृत्वभन्दा पनि पार्टीभित्रको गुट बढी हावी भएको देखिन्छ । पार्टीगत भन्दा पनि गुटगत गतिविधि बढ्दा पटक–पटक किचलो सतहसम्म नै पुगिरहेको छ । अन्य राजनीतिक दलहरूमा पनि यही अवस्था देखिन्छ ।
यसमा राजनीतिक दलहरू सचेत भएर गुटगत स्वार्थभन्दा राष्ट्रिय स्वार्थमा लाग्नु नै देशका लागि प्रभावकारी बन्छ ।
देश सुध्रिनलाई राजनीति सुध्रिनुपर्छ । राजनीति सुधार्नका लागि पार्टी र शासन सत्ता नमुना बन्न सक्नुपर्छ । त्यो बाटोतर्फ राजनीतिक दलहरू जान सक्नुपर्छ ।
जबसम्म राजनीतिक दलले व्यक्तिगत स्वार्थ त्याग्न सक्दैन तबसम्म राजनीति राम्रो बन्दैन । देशमा सुशासन कायम गर्न सक्ने राजनीतिक नेतृत्व स्थापित हुन सकेमा पनि हित नै हुन्छ ।
स्वार्थमा अडिएको नेतृत्वले देश मात्रै हैन पार्टी र घर पनि बिगार्न पछि पर्दैनन् । तसर्थ किचलो हैन एक भएर राजनीति सुधार्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here