- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरकक्षा ५ को परीक्षा नगरस्तरीय

कक्षा ५ को परीक्षा नगरस्तरीय

- Advertisement -spot_img

दाङ, २० फागुन । घोराही उपमहानगरपालिकाले यस वर्षदेखि कक्षा ५ को परीक्षालाई नगरस्तरीय परीक्षा बनाएको छ । बालबालिकाहरूको शैक्षिक अवस्था मापनका लागि उपमहानगरले यस वर्षदेखि ५ कक्षाको परीक्षालाई नगरस्तरीय बनाएको हो ।
उपमहानगरपालिकाले कक्षा ५ पढाइ हुने विषयमध्ये केही विषयको परीक्षालाई नगरस्तरीय बनाएको उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख विनोद गौतमले जानकारी दिए ।
गौतमले गणित र विज्ञान तथा जनसंख्या वातावरण विषयको परिक्षालाई यस वर्ष नगरस्तरीय बनाएको बताए । पाठ्यपुस्तकमा हुने विविधताका कारण विद्यार्थीहरूको पठनपाठनमा आउने समस्या र उनीहरूको शैक्षिक अवस्थाको बारेमा जानकारी लिनका लागि परीक्षालाई नगरस्तरीय बनाईएको गौतमले बताए ।
‘पाठ्यक्रम एउटै भएपनि विद्यालय अनुसार पाठ्यपुस्तक फरक छन्’ उनले भने– ‘विद्यार्थीहरूको अवस्था के रहेछ भनेर हामीले यस वर्षदेखि दुई विषयलाई भएपनि नगरस्तरीय बनाएका हौं ।’
व्यवस्थापन र प्राविधिक समस्या भएका कारण सबै विषयको परीक्षालाई नगरस्तरीय बनाउन नसकिएको उनले बताए । उपमहानगरभित्रका सबै संस्थागत र सामुदायिक विद्यालयहरूमा कक्षा ५ को दुई विषयको परीक्षा नगरले सञ्चालन गर्न लागेको छ ।
यसका लागि नगरले आवश्यक तयारीसमेत पूरा गरिसकेको छ । आगामी वर्षदेखि भने सम्पूर्ण विषयको परीक्षा नगरस्तरीय हुनेछन् ।
यसैबीच तुलसीपुर उपमहानगरपालिकाले भने बजेट अभावका कारण कक्षा ५ को परीक्षालाई नगरस्तरीय बनाउन नसकिएको बताएको छ ।
उपमहानगरका प्राविधिक सहायक मदन देवकोटाकाले परीक्षा सञ्चालनका लागि आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिकाका लागि आवश्यक बजेट र प्राविधिक व्यवस्थापनमा समस्या भएका कारण परीक्षा नगरस्तरीय बनाउन नसकिएको बताए ।

आधारभूत तहको परीक्षा तयारी तिव्र

जिल्लामा आधारभूत तहको परीक्षा तयारी तिव्र पारिएको छ । स्थानीय तहले लिने कक्षा ८ को परीक्षाको सबै तयारी पूरा भएको हो । आगामी चैत १ गतेदेखि सुरू हुन लागेको नगरस्तरीय कक्षा ८ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको तुलसीपुर उपमहानगरपालिकाले जानकारी दिएको छ ।
परीक्षा सञ्चालनका लागि आवश्यक पर्ने शैक्षिक सामाग्री, केन्द्र व्यवस्थापन, सुरक्षा व्यवस्थापन, परिवेक्षक व्यवस्थापनलगायतको सम्पूर्ण तयारी पूरा भईसकेको उपमहानगरका प्राविधिक सहायक मदन देवकोटाले बताए ।
उनका अनुसार उपमहानगरभित्रका १६ वटा सामुदायिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । कक्षा ८ को नगरस्तरीय परीक्षामा सामुदायिक र संस्थागत गरी ८८ वटा विद्यालयका ४ हजार २ सय ४३ जना विद्यार्थीहरू सहभागी हुनेछन् ।
यस्तै घोराही उपहानगर–पालिकाले पनि नगरस्तरीय परीक्षाको तयारी पूरा गरेको छ । आगामी चैत ६ गतेदेखि उपमहानगरपालिकाले परीक्षा सञ्चालन गर्न लागेको हो । उपमहानगरभित्रका ३१ वटा विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । परीक्षामा ४ हजार २ सय विद्यार्थीहरू सहभागी हुनेछन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here