- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsविपद् न्यूनीकरणका लागि पूर्वतयारी आवश्यक

विपद् न्यूनीकरणका लागि पूर्वतयारी आवश्यक

- Advertisement -spot_img

तुलसीपुर, २० फागुन । तुलसीपुर उपमहानगरपालिकामा विपद् जोखिम न्यूनीकरणका बारेमा छलफल गरिएको छ । हिमालय कन्जर्भेसन ग्रुप नेपालको आयोजनामा भएको कार्यक्रममा तुलसीपुर पनि विपद्का हिसाबले जोखिमपूर्ण भएको भन्दै समयमै सबै सचेत रहन आवश्यक रहेको कुरामा जोड दिए ।
ग्रुपका अध्यक्ष एवं पूर्व शिक्षामन्त्री गंगालाल तुलाधारले तुलसीपुर बाढी, पहिरो, भूकम्प, चट्याङ, सर्पदंश लगायतका विभिन्न विपद्का हिसावले जोखिमपूर्ण रहेको बताए ।
तुलसीपुरमा रहेको खोला किनारका बस्तीहरू बढी जोखिमपूर्ण भएको भन्दै तुलाधारले त्यसलाई तत्काल हटाउन पनि सम्भव नभएको भन्दै विपदको पूर्वतयारीमा ध्यान दिनुपर्ने कुरामा जोड दिए ।
विपद्को बारेमा पूर्व जानकारी नहुने भन्दै पूर्व सावधानी अपनाउन आवश्यक रहेको कुरामा समेत उनको जोड थियो । नेपालमा विपद्का कारण दैनिक २७ दुर्घटना हुने र सरदर पाँचजनाको मृत्यु हुने गरेको समेत उनले बताए ।
विपद् न्यूनीकरणका लागि वैज्ञानिक कारणको खोजी गरेर नीति बनाउनका ध्यान दिनुपर्ने उनको भनाइ थियो । अव्यवस्थित वस्तिहरू नै विपदको मुल कारण भएको भन्दै त्यसको नियन्त्रणमा सबैले ध्यान दिनुपर्ने कुरामा उनको जोड थियो । सामान्य सावधानीबाट पनि विपद्का बेलामा ठूलो क्षतिबाट जोगिन सक्ने उनको भनाई थियो ।
कार्यक्रममा भूकम्पविद् रञ्जन कुमार दाहालले नसोचेको घटना नै विपद् भएको भन्दै सबैले सजगता अपनाउन आवश्यक रहेको कुरामा जोड दिए ।
बलियो संरचनाले जोखिम हटाउने भन्दै मोटोको गुणस्तर परिक्षणमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो । पश्चिम नेपालको भूकम्पीय जोखिममा रहेको भन्दै संरचना निर्माण गर्दा ध्यान दिएमा यसबाट बच्न सकिने उनको भनाइ थियो ।
विज्ञ दाहालले विपद्का बेला राहतको कार्यक्रममा धेरैले ध्यान दिने गरेको भएपनि रोकथाम र जोखिम न्यूनीकरणका लागि योजना बन्न नसकेको उनको भनाइ थियो ।
‘विपद्बाट जोगिनका लागि हरेका पालिकाले नक्सांकन गर्नु आवश्यक हुन्छ’ उनले भने । हरेक पालिकाले वर्षाको चाप नाप्नका लागि रेनगज स्टेशन स्थापनामा ध्यान दिनुपर्नेमा उनको जोड थियो ।
बालबालिकाहरूलाई विपद्का बारेमा जानकारी दिनका लागि विद्यालय तहबाट नै पाठ्यक्रमको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी गोष्ठीमा बोल्दै कार्यवाहक नगरप्रमुख सूर्यबहादुर डाँगीले विपद्लाई लक्षित गरेर तुलसीपुरले विपद् व्यवस्थापन कोष बनाएको बताए ।
उनले राहतका लागि मात्रै भन्दा पनि पूर्व सचेतनाका लागि कार्यक्रम अगाडि बढाउने बताए । तुलसीपुर बाढीको उच्च जोखिममा रहेको भन्दै स्थानीय सरकार आएपछि राहतको कामलाई प्रभावकारी ढंगले अगाडि बढाएको उनको भनाई थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डाँगीले तुलसीपुरको विपद् जोखिमको नक्सा बनाउने कामलाई अगाडि बढाउने बताए । वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण शाखा अधिकृत भिम खत्रीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here