- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचररूकुममेली समाज जापानको अध्यक्षमा पुन

रूकुममेली समाज जापानको अध्यक्षमा पुन

- Advertisement -spot_img

रूकुम, २० फागुन । रूकुमबाट विभिन्न पेशा, व्यवसाय र अध्ययनका सिलसिलामा जापानमा रहेका रूकुमेलीहरूको साझा संस्था रूकुमेली समाज जापानको दोस्रो अधिवेशन सम्पन्न भएको छ । टोकियोमा भएको अधिवेशनबाट प्रिन्स पुन मगरको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।
अधिवेशनले समाजको बरिष्ठ उपाध्यक्षमा लोकेन्द्र बाठा मगर, उपाध्यक्ष दीपेन्द्र केसी, महासचिव रामकृष्ण केसी, सचिव लिला राना मगर, कोषाध्यक्ष समि रामजाली मगर, सहकोषाध्यक्ष हरिस वलीलाई गरिएको हो ।
त्यस्तै सदस्यहरूमा टेकबहादुर घर्ती मगर, नवराज पुन मगर, मोहन केसी, धिरेन्द्र राना, दलजीत खड्का, सागर बाठा मगर, उमा अधिकारी, असमिना बोहरा, धनबहादुर मगर, गोपाल बोहरा, लक्ष्मण दाहाल चयन भएका छन् ।
अधिवेशन समाजका सागर पुन मगरको अध्यक्षतामा, राप्ती समाज जापानको अध्यक्ष युवराज रेग्मीको प्रमुख आतिथ्यता भएको थियो ।
त्यस्तै अधिवेशनमा नेपाल पत्रकार महासंघ जापानको सचिव शान्त पहरी, नेपाल तामाङ समाज जापानका कोषाध्यक्ष गिरबहादुर तामाङको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन समाजका महासचिव लोकेन्द्र बाठा मगरले गरेका थिए । समाजले जापानमा रहेको नेपालीहरूको पक्षमा विभिन्न विषयमा वकालत गर्ने अध्यक्ष पुन मगरले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here