- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरवातावरणीय सरसफाईका लागि सडक नाटक

वातावरणीय सरसफाईका लागि सडक नाटक

- Advertisement -spot_img

सौडियार, २० फागुन । वातावरणलाई स्वच्छ बनाउन अभिप्रेरित गर्ने उद्देश्यले दाङको सौडियारमा सडक नाटक प्रदर्शन गरिएको छ ।
घोराहीको दिपज्योती टेक्निकल इन्ष्टिच्यूटमा अध्ययनरत विद्यार्थीहरूले सोमबार वडा कार्यालय प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी नाटक प्रदर्शन गरेका हुन् ।
विद्यार्थी कृतिका शर्माको लेखन तथा निर्देशनमा तयार गरिएको नाटकको उद्देश्य समुदायका नागरिकहरूमा वातावरण सरसफाईको जनचेतना अभिवृद्धि गर्ने रहेको छ ।
नाटकमा कृतिका शर्मा, रजनी रोका, पूर्णिमा घर्ती, गीता खड्का, अश्मिता पुन मगर, विद्या जिसी, दीपा घर्ती, नेहा गहतराज, कल्पना घर्ती, आरती विक,
मनिषा पुन, ममता गाहामगर, विन्दु विष्ट, हिमा पुन मगर, अञ्जु वली, विन्दु खड्का, कृष्ण माया नेपाली र राधा घर्तीले अभिनय गरेका थिए ।
ईन्ष्टिच्यूटका शिक्षक निशा शर्माको अध्यक्षतामा भएको नाटक प्रर्दशन कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष खोपीराम चौधरी, मावि सौडियारका प्रधानाध्यापक ज्ञानेन्द्र गौतम,
स्वास्थ्य चौकी सौडियारका अहेव कुमार दुलाल, शिक्षिका सर्गम पौडेललगायतले नाटकले सामाजिक परिवर्तनमा ठूलो सहयोग पुग्ने बताएका थिए । नाटकको सहजीकरण विद्यार्थी कृतिका शर्माले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here