- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरपशु पोषणसम्बन्धी गोष्ठी

पशु पोषणसम्बन्धी गोष्ठी

- Advertisement -spot_img

शान्तिनगर, २० फागुन । शान्तिनगर गाउँपालिकामा पशु पोषणसम्बन्धी एकदिने गोष्ठी सम्पन्न भएको छ । वडा नं. ५ को आयोजना तथा गाउँपालिकाको पशु सेवा शाखाको प्राविधिक सहयोगमा सोमबार गोष्ठी भएको हो ।
वडा नं. ५ का वडा अध्यक्ष गिरिराज बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पशुका लागि आवश्यक पर्ने स्याहार, आहार र पोषणका बारेमा प्रशिक्षण दिइएको थियो ।
पशु स्वास्थ्य प्राविधिक अमर वली र पशु प्राविधिक कृष्ण चौधरीले पशु आहाराको सैद्धान्तिक अवधारणा, आहाराको वर्गीकरण, पशु आहाराको पोषणतत्वको महत्व तथा सावधानीका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा वडा अध्यक्ष बस्नेतले आफूले सिकेका कुराहरूलाई व्यवहारमा प्रयोग गरी सफल व्यवसायी बन्न आग्रहसमेत गरेका छन् ।
वडाले चालु आर्थिक वर्ष ०७६/७७ को वार्षिक कार्यक्रम अनुसार वडामा रहेका पशुपालक किसानहरूका लागि गोष्ठीको आयोजना गरिएको जानकारी दिए ।
वडाका करिब ४० जना पशुपालक किसानहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन पशु शाखाका प्राविधिक चित्र केसीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here