- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरविद्यालयस्तरबाट दाईजो प्रथा अन्त्यको पहल

विद्यालयस्तरबाट दाईजो प्रथा अन्त्यको पहल

- Advertisement -spot_img

तुलसीपुर, २० फागुन । विद्यालयस्तरबाट दाइजो प्रथा अन्त्य गर्नका सकिने एक कार्यक्रमका सहभागीले बताएका छन् । हाम्रो पहँच सेकेन्डरी स्कुलले दाइजो प्रथा सम्बन्धी आयोजना वक्तृत्वकला प्रतियोगिताका सहभागीले कुसंस्कारको रुपमा समाजमा रहेको दाईजो प्रथालाई अन्त्यका लागि विद्यालयबाटै सन्देश दिन सकिने बताएका हुन् ।
प्रतियोगितामा विद्यार्थीले दाइजो प्रथा परिवार र समाजका लागि नराम्रो भएको बताए । दाईजो प्रथाले सभ्य समाज निर्माण गर्न नसकिने विद्यार्थीले आफ्ना अभिभावकलाई सन्देश दिएका छन् ।
दाईजो प्रथाको अन्त्य गरी असल समाजको निर्माण गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् । विद्यालयमा कक्षा ९ मा अध्ययनरत सम्झना भण्डारीको अध्यक्षता एवं कक्षा ७ का छात्र गोविन्द पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
प्रतियोगितामा कक्षा ७ का ज्योती पुन प्रथम, युगिन खनाल द्वितीय र रीदम भण्डारी तृतीय भएको विद्यालयका कल्याणकारीणी अधिकृत तिलकराम कालाथोकीले जानकारी दिए ।
युगिन खनालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सज्जन भण्डारीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here