- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsटमाटर गाउँ ‘मसिना’

टमाटर गाउँ ‘मसिना’

- Advertisement -spot_img

घोराही, १९ फागुन । प्राय भारतबाट दाङमा भित्रिने टमाटर । पछिल्लो समयमा जिल्ला बाहिर निर्यात हुने गरेको छ । टमाटर गाउँ भनेर चिनिने घोराही उपमहानगर–पालिका वडा नंं १८ को मसिना गाउँमा उत्पादन भएका टमाटर जिल्ला बाहिर निर्यात हुने गरेको छ ।
मसिनामा उत्पादन भएका टमाटर पोखरा, झापा, बुटवल, काठमाडौँका ठूला सहरमा निर्यात हुने गरेको त्यहाँका कृषकहरूले बताएका छन् ।
ठूला सहरका ठूला होटलहरूमा टमाटरको माग हुने गरेको बताएका छन् । व्यवसायीक रूपमा टमाटर खेती हुन लागेको एक दशकभन्दा बढी भइसकेको छ ।
शुरूको समयमा दाङमै खपत गराउन समस्या हुने, भने जस्तो टमाटरको मूल्य नपाएका कृषकहरू हिजोआज घोराही धाउनु पर्दैन् ।
बारीमा फलेका लटरम्म टमाटर दिनहुँ ट्रकका ट्रक जिल्ला बाहिर जानेका गरेका छन् । मसिनाबाट दैनिक ६ देखि ८ मेट्रिक टन टमाटर जिल्ला बाहिर जानेको गरेको पानस कृषक समूहका सचिव अञ्जन कुमार पौडेलले बताए ।
‘शुरूको समयमा बजार मूल्य पाएनौँ, टमाटर राख्ने कोल्ड स्टोर नहुँदा समस्या भएको थियो’ सचिव पौडेलले भने ‘अब त्यो समस्या छैन्, बारीबाट नै टमाटर ट्रकका ट्रक जिल्ला बाहिर जान्छ ।’ यहाँका किसानहरूले होटलमा सलादको रूपमा प्रयोग गरिने टमाटर उत्पादन गर्ने हुँदा माग बढ्दै गएको उनले बताए ।
‘विशेषगरी होटलहरूमा सलादको रूपमा प्रयोग हुने टमाटर यहाँ उत्पादन हुने गर्छ’ उनले भने ‘पछिल्लो समयमा माग पनि बढेको छ, मूुल्य पनि पाएका छाँै ।’
सिंचाई पनि राम्रो भएकाले बाह्रैमास टमाटर उत्पादन हुने गरेको उनले बताए । गर्मी समयमा सिंचाईको समस्या पर्ने भएकाले प्रत्येक किसानहरूले थोपा सिंचाई गर्ने गरेको उनले जानकारी गराए । सलादको रूपमा प्रयोग गरिने गौरव ५५५ जातिको टमाटर खेती गरिएको उनले बताए ।
‘टमाटर खेती गज्जब छ, मलाई त एकदम राम्रो लागिरहेको छ’ सधै उचित मूल्य पाएनाँै भनेर गुनासो गरिरहने किसानहरूमध्ये हुन मसिनाका मधुसुदन अर्याल पछिल्लो समय सन्तुष्ट भएको बताउँछन् ।
२०४८ सालदेखि मसिनामै टमाटर खेती गर्दै आईरहेका अर्याल शुरूको समयमा राम्रो उत्पादन भएन् । कहिले सिंचाईको समस्या, कहिले प्रकोपको समस्या त बजारीकरण समस्या झेल्दै आएका अर्यालले टमाटर खेती गज्जब भएको बताउँछन् ।
‘पछिल्लो समय बजार मूल्य पनि राम्रो छ, तरकारी व्यापारीहरू आफै आएर तरकारीको मोल गरेर लैजान्छन्’ अर्यालले खुशी व्यक्त गर्दै भने ‘वार्षिक घरमै बसी–बसी ८ देखि १० लाखसम्म आम्दानी हुन्छ ।’ टमाटर खेतीबाट सन्तुष्ट भएको बताउँछन् ।
जिल्ला बाहिर टमार निर्यात गर्न पाउँदा खुशी लागेको उनी बताउछन् । ‘तरकारी व्यापारीहरू आफै टमाटर खोज्दै गाउँमा आएर ठेक्कामा नै बारीबाट लैजान्छन्, टमाटर कुहिएला भन्ने डर हुँदैन्’ उनले खुशी व्यक्त गर्दै भने ‘दिनहुँ ट्रकहरू आएर टमाटर लैजान्छन्, देख्दा नै आनन्द लाग्छ ।’
‘पहिला गाउँमा सबैले टमाटर खेती गर्दा बजार मूल्य हँुदैनथ्यो, खपत हुँदैनथ्यो’ मसिनाका कृषक खेम भण्डारीले भने ‘अहिले जिल्ला बाहिर निर्यात हुँदा खुशी छौँ, तर हामीले माग अनुसार पु¥याउन सकेका छैनाँै ।’
सलाद र तरकारी दुबैको प्रयोगको लागि भनेर टमाटरको माग बढी हुने गरेको उनले बताए । उनले उत्पादन गरेको टमाटर बुटवल, काठमाडाँै, पोखरा, झापा जाने गरेको उनले बताए । केही टमाटर भारत जाने र घोराहीका सब्जीमण्डीमा पनि जाने गरेको उनले बताए ।
उनले पनि वार्षिक १० लाखसम्म आम्दानी हुने गरेको बताए । एक पटक टमाटरको विरूवा लगाएपछि तीन÷चार लट राम्रो आम्दानी हुने गरेको उनको भनाइ छ ।
त्यसकारण पनि सबैको रोजाई टमाटर खेती बन्दै गरेको छ । मसिना गाउँमा जग्गा हुनेले पनि टमाटर खेती गरिरहेका छन् भने जग्गा नहुने पनि जग्गा लिजमा लिएर भएपनि टमाटर खेती गरिरहेका छन् ।
पछिल्लो समयमा मसिना गाउँ टमाटरै टमाटरको गाउँ भनेर चिनिदै गएको छ भने टमाटर खेती नगरेको सायदै कम होलान् । टमाटर खेतीबाट राम्रो आम्दानी भएको बताउदै खुशी व्यक्त गर्छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here