- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबररोग समाधान भएपछि खुशी

रोग समाधान भएपछि खुशी

- Advertisement -spot_img

घोराही, १९ फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का शेरबहादुर बुढाथोकीलाई रोगल धेरै सतायो । रोग निवारणका लागि धेरै ठाउँमा उपचारका लागि पनि पुगे तर कहि कतै उपाय लागेन ।
तर नजिकको तीर्थ हेला भने जस्तै अन्तिममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले उनको रोगको निवारण गरिदिए पछि बुढाथोकी अत्यन्त खुसी भएका छन् ।
सामान्य पिनासबाट पीडित भएका उनी दाङका मेडिकल, अस्पताल हँुदै नेपालगंजको ठूला अस्पतालमा, काठमाडौँसम्म पुगे । तर डाक्टरहरूले रोग पहिचान नगरेर औषधि मात्रै थपिरहदा झनै रोग बल्झियो ।
‘सामान्य पिनास रहेछ, उपचार गराउन जाँदा कहिले कुन औषधी त कहिले कुन औषधी फेरबदल गरिरहदा झन समस्या बल्झियो’ बुढाथोकीले भने ‘दुई महिनाको अवधिमा साढे चार लाख रूपैयाँ सकियो रोग सञ्चो भएन् । अहिले दाङकै डाक्टरले सञ्चो गराइ दिनुभयो ।’ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गराउन आएर ।
अस्पतालमा भर्ना भएका बुढाथोकी दुई दिनमै क्रमिक सुधार हुन थालेको महसुस भएपछि उनी बल्ल खुशीको सास फेरेको बताए ।
‘सबै अस्पतालहरू पैसा खाने मात्रै हुन्, रोग सञ्चो हुने भएन भनेर अन्तिम विकल्पको रूपमा आएको थिए’ उनले भने ‘पहिलेको मेरो अनुहार देख्दा तपाई पनि अचम्म पर्नुहुन्थ्यो ।’
अहिले आराम मिलेको उनले बताए । एकहप्ता अस्पतालमा बसेर सस्तो शुल्कमा सेवा पाउँदा निकै खुशी लागेको बताए । नाक, कान, घाँटी रोग विशेषज्ञ डा विक्रम बुढाथोकीले उनको समस्याको निराकरण गरेका हुन् ।
‘मैले त प्रतिष्ठानमा पनि श्रीमानको नाकको समस्या समाधान हुन्छ जस्तो लागेको थिएन्’ श्रीमती लक्ष्मी बुढाथोकीले भनिन् ‘पहिले त हामीले धेरै दुःख पायौँ, पैसा पनि धेरै खर्च गरेका थियाँै ।
‘एकहप्ता जाँच गराएपछि बुढाथोकी आइतबार निको भएर डिस्चार्ज भएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाक, कान, घाँटी रोग विशेषज्ञ विक्रम बुढाथोकीले यो समस्या जटिल खालको पिनास भएको बताए ।
समयमा रोगको पहिचान नहँुदा पिनास बिग्रिएर जटिल भएको उनले बताए । ‘रोग पहिचान नगरेर औषधी सेवन गर्दा, गराउन झनै जटिल खालको रोग हुन जान्छ’ डा बुढाथोकीले भने ‘उहाँको केसमा पनि त्यहि भएको हो ।
उपचार गर्नुभन्दा पहिला रोग पहिचान गर्न सक्नु महत्वपूर्ण कुरा भएको उनले बताए । आफ्नो रोगप्रति आशा मारेका बिरामीहरूको सेवा गर्न पाउँदा खुशी व्यक्त गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here