- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsथारूहटको आमहड्ताल घोषणा

थारूहटको आमहड्ताल घोषणा

- Advertisement -spot_img

तुलसीपुर, १९ फागुन । थरूहट थारूवान राष्ट्रिय मोर्चाले दुईदिन आमहड्ताललको घोषणा गरेको छ । मोर्चाको केन्द्रीय समिति महासचिवले आइतबार एक विज्ञप्ति जारी गर्दै फागुन २० र २१ गते आमहड्तालको घोषणा गरेका छन् । दोस्रो चरणअन्तर्गत आमहड्तालको कार्यक्रम गर्नुपरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मोर्चाले राखेका मागहरू सरकारबाट सम्बोधन नभएकोले संघर्षका विभिन्न कार्यक्रमअन्तर्गत आमहड्तालसम्म पुग्नुपरेको तर्क मोर्चाले गरेको छ ।
गत पुस २२ गते १४ बुँदे माग राखी पुस मसान्तसम्म आफ्नो माग सम्बोधन गर्न अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएपनि सरकारले माग र मुद्दाप्रति सकारात्मक नभएको भन्दै नेपाल बन्दको घोषणा गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मोर्चाका केन्द्रीय समितिका महासचिव तुलसी थारूको हस्ताक्षरमा सार्वजनिक भएको विज्ञप्तिमा आमहड्ताल सफल पार्न लागि सबैसँग सहयोगको समेत अपेक्षा गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘कलकारखाना, उद्योग, ब्यापार, शिक्षण संस्था, यातायात, संघ, संगठन, सरकारी तथा निजी कार्यालय लगायत सम्पूर्ण क्षेत्र बन्द गरी आन्दोलनलाई साथ लिन अनुरोध गर्दछौ’ ।
आम हड्तालको समयमा एम्बुलेन्स, शव बहान, प्रेस, प्रशासन कुटनीतिक नियोग, रेडक्रस, मावनअधिकारकर्मी, दूधको गाडी, औषधीजन्य गाडी, पर्यटक लगायतका सवारी साधनहरू निर्वाधरूपमा सञ्चालन हुने जानकारी समेत गराइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here